प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सबै स्थानीय तहमा संयोजक भर्ना प्रक्रिया सुरु



मुलुकमै ठूलो मात्रामा रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ सरकारले सुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि आज (शुक्रबार) सबै स्थानीय तहमा संयोजक भर्ना प्रक्रिया सुरु हुँदैछ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार देशका ७ सय ५३ वटै स्थानीय तहमा रोजगार संयोजक नियुक्तिका लागि शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरिने भएकाे हाे।

गत पुस ९ गते बसेको मन्त्रिपरिषद् बैठकले रोजगार संयोजक नियुक्तिका लागि दरबन्दी र रोजगार संयोजकको पदपूर्ति र सेवा सुविधा सम्बन्धी मापदण्ड २०७५ स्वीकृत गरिसकेको छ। 

साेही मापदण्डबमोजिम एक वर्षका लागि करारमा रोजगार संयोजक भर्ना गर्ने गरी शुक्रबारदेखि दरखास्त आह्वानको सूचना प्रकाशित गरिने भएको हो।

मन्त्रालयले १० हजार भन्दा कम जनसंख्या भएका ४८ वटा स्थानीय तहमा राजपत्रअंकित प्रथम श्रेणी  (नासु सरह)को र १० हजार भन्दा बढी जनसंख्या भएका बाँकी स्थानीय तहमा शाखा अधिकृत सरहको दरबन्दी सिर्जना गरेको छ।

रोजगार संयोजकको स्वीकृत अस्थायी दरबन्दीमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक वर्षका लागि प्रदेशगत रूपमा खुला प्रतिस्पर्धाद्वारा करारमा पदपूर्ति गरी स्थानीय तहमा खटाउने श्रम मन्त्रालयका सहसचिव एवं प्रधानमन्त्री रोजगार कार्यक्रममा संयोजक प्रकाश दाहालले बताएका छन्।

कार्यक्रम सञ्चालनका लागि महत्वपूर्ण आधार रोजगार व्यवस्थापन सूचना प्रणाली ९एमआइएस० सञ्चालन गर्न सक्ने क्षमता र सीप भएको व्यक्ति रोजगार संयोजकका लागि योग्य हुनेछन्।

रोजगार संयोजकको न्यूनतम् योग्यता लोकसेवा आयोगले तोकेको निजामती कर्मचारी सरहको हुनुपर्नेछ।

राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृतसरह)को रोजगार संयोजकका लागि स्नातक वा सो सरह र राजपत्रअनङ्कीत प्रथम श्रेणी (नासु) को प्रवीणता प्रमाणपत्र वा सो सरह तोकिएको छ।

रोजगार संयोजकको छनोट प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिवको संयोजकत्वमा हुनेछ। रोजगार संयोजकको भर्ना प्रक्रियालाई बढीभन्दा बढी पारदर्शी बनाउन अनलाइन प्रणालीको विकास गरिएको मन्त्रालयले जनाएको छ। रोजगार संयोजकका उम्मेद्वारले अनलाइनमार्फत नै आवेदन दिन सक्ने छन्।

कार्यक्रमको आधिकारिक वेभसाइट डब्लुडब्लुडब्लु डट पिएमपिइ डट जिओभी डट एनपी मार्फत आवेदन गर्न सकिने व्यवस्था मिलाइएको छ।

शुक्रबारदेखि १५ दिनभित्र रोजगार संयोजकका लागि आवेदन गर्न सकिने मन्त्रालयले जनाएकाे छ।

डेढ महिनाभित्र सम्पूर्ण प्रक्रिया शुरु गरेर आगामी चैत १ गतेबाट कार्यारम्भ गर्ने तथा राजपत्राङ्कीत तृतीय श्रेणी (अधिकृत) को रोजगार संयोजकको पदपूर्ति गर्ने तयारी मन्त्रालयको छ। 

अन्तिम सूची प्रकाशित भएको एक साताभित्र प्रत्येक स्थानीय तहमा रोजगार संयोजक खटिइने मन्त्रालयले जनाएको छ।

 

प्रकाशित ४ माघ २०७५, शुक्रबार | 2019-01-18 10:14:40
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।

  • पृथ्वीसुब्बा गुरुङ

    संघीय प्रणालीमा जो मूख्यमन्त्री हुन्छ उही पार्टी अध्यक्षः पृथ्वीसुब्बा गुरुङ (अन्तर्वार्ता)

    ‘नेपाल सरकारको मन्त्री हुन छाडेर यो पृथ्वीसुब्बा मूख्यमन्त्री बनेर बसिरहेको छ, संघीय सरकारले हेप्ने ठाउँमा छ भन्ने मलाई लागेकै छैन।’

  • देवी बनिन् त छयानब्बेकी मेरी आमा?

    ‘चौरासी गरिसकेपछि मानिसको देवत्वकरण हुन्छ, मानिसबाट देवतामा परिणत हुन्छन्’ भनेका थिए हाम्री आमाको चौरासी गर्ने एक पण्डितले। पण्डितको भनाइ मान्ने हो...