स्वास्थ्य ‘गम्भीर’ भएपछि काठमाडौं ल्याइयो डा. केसीलाई, टिचिङ अस्पतालको आईसीयूमा उपचार हुँदै



फाइल तस्बिरः उपचाररत डा. गोविन्द केसी
फाइल तस्बिरः उपचाररत डा. गोविन्द केसी

संसदमा पेस राष्ट्रिय चिकित्सा शिक्षा विधेयकप्रति विमति राख्दै इलाममा अनशनरत डा. गोविन्द केसीलाई शुक्रबार बिहानै काठमाडौं ल्याइएको छ।

निमोनियाबाट पीडित डा केसीलाई नेपाली सेनाको नाइटभिजन हेलिकोप्टरमार्फत बिहान ३ बजे काठमाडौं ल्याइएको हो।

डा केसीको स्वास्थ्य अवस्था बुझ्न बिहीबार इलाम पुगेका पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुंगाना, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलगायतकाे पहलमा डा. केसीलाई काठमाडौं ल्याइएकाे डा. केसीका सहयोगी प्रितम सुवेदीले नेपालखबरलाई जानकारी दिए।

‘भद्रपुरसम्म एम्बुलेन्समा ल्याएर त्यहाँदेखि सेनाको हेलिकोप्टरबाट डा. केसीलाई काठमाडौं अवतरण गराइएको हो,’ उनले भने, ‘अहिले उहाँको उपचार टिचिङ (महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल)को आईसीयूमा भइरहेको छ। अवस्था ‘क्रिटिकल’ नै छ।’

तस्बिरः सेनोको नाइभिजन हेलिकोप्टरमा डा. गोविन्द केसी।

तस्बिरः सेनोको नाइभिजन हेलिकोप्टरमा डा. गोविन्द केसी।

यहाँ आएपपिछ डा. केसी अस्पताल भर्ना हुन मानेका थिएनन्। पहिले अनशन बसेकै ठाउँमा बस्ने अडान लिएका थिए। तर, उनको गम्भीर स्वास्थ्य अवस्था हेरेर केदारभक्त माथेमा लगायतले आग्रह गरेपछि उनी आईसीयूमा बस्न राजी भएको बताइएको छ।

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ डाक्टरको टोलीले इलाम गएर डा. केसीको स्वास्थ्य अत्यन्त गम्भीर भएकाले तुरुन्त सुविधायुक्त अस्पतालमा लैजान सुझाब दिएपछि नागरिक समाजको पहलमा उनलाई काठमाडौं ल्याइएको उनका सहयोगी सुवेदीले बताए।

इलाम अस्पतालका डाक्टरले यसअघिदेखि नै डा. केसीलाई आईसीयू आवश्यक भइसकेको तर इलाम अस्पतालमा यो सुविधा नभएको बताउँदै आएका थिए।

धरानका डाक्टरहरूले केसीलाई धेरैथरी समस्या देखिएको बताउँदै उनको स्वास्थ्य अवस्थाबारे ९ बुँदे पत्र स्वास्थ्य मन्त्रालयलाई बुझाएका छन्।

चिकित्सकका अनुसार डा। केसीको रगतमा चिनीको मात्रा ५० मिलिग्राम प्रतिडेसीलिटरभन्दा कम छ। सामान्य मान्छेको सुगर ५० भन्दा कम भए बेहोस हुने र दिमागले काम गर्न छाड्ने समस्या आउनसक्छ।

डा. केसीको रगतमा अक्सिजनको मात्रा पनि कम हुँदै गएको छ। सामान्यतया रगतमा अक्सिजनको मात्रा ९५ प्रतिशतभन्दा बढी हुनपर्छ।

तर केसीको रगतमा ८० प्रतिशत हाराहारीमा रहेको र घन्टैपिच्छे घटबढ भइरहेको उनको स्वास्थ्य जाँचको बीपी प्रतिष्ठानका चिकित्सकले बताएका छन्।

प्रकाशित ४ माघ २०७५, शुक्रबार | 2019-01-18 06:33:52
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।

  • पृथ्वीसुब्बा गुरुङ

    संघीय प्रणालीमा जो मूख्यमन्त्री हुन्छ उही पार्टी अध्यक्षः पृथ्वीसुब्बा गुरुङ (अन्तर्वार्ता)

    ‘नेपाल सरकारको मन्त्री हुन छाडेर यो पृथ्वीसुब्बा मूख्यमन्त्री बनेर बसिरहेको छ, संघीय सरकारले हेप्ने ठाउँमा छ भन्ने मलाई लागेकै छैन।’

  • देवी बनिन् त छयानब्बेकी मेरी आमा?

    ‘चौरासी गरिसकेपछि मानिसको देवत्वकरण हुन्छ, मानिसबाट देवतामा परिणत हुन्छन्’ भनेका थिए हाम्री आमाको चौरासी गर्ने एक पण्डितले। पण्डितको भनाइ मान्ने हो...