निमोनिया भएका डा केसीलाई राती हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै


Kshamadevi Group


इलाममा सत्याग्रहमा रहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीकाे स्वास्थ्य जटिल बनेपछि उनलाई काठमाडौं ल्याउने तयारी गरिएको छ।

डा.केसीलाई विहीबार राती नै हेलिकप्टर मार्फत काठमाडौं पठाउन लागिएको इलामका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिम्सिनाले जानकारी दिए।

अनसनको नवौं दिनमा आइपुग्दा अवस्था जटिल बनेपछि उनलाई काठमाडौं ल्याउन लागिएको हो। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विशेषज्ञ टोलीले डा. केसीलाई चाँडो भन्दा चाँडो काठमाडौं लैजान सुझाव दिएको जनाइएको छ।

निमोनिया भएका कारण केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई काठमाडौं ल्याउन मनाउन पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, पूर्व सभामुख दमननाथ ढुंगाना, केदारभक्त माथेमा सहितको टोली बिहिबार बिहान इलामतर्फ लागेको थियो।

केसीका समर्थकले उनको स्वास्थ्य पहिले पहिलेको अनसन बस्दाको अवस्था भन्दा जटिल रहेको र अनसन शुरु गरेको नौ दिनसम्म सरकारले खासै वास्ता नगरेकाले खतराबाट मुक्त रहन काठमाडौं ल्याउन लागिएको जनाएका छन्। काठमाडौं ल्याइएपछि पनि केसीले अनसनलाई निरन्तरता दिने बताइएको छ।

डा. केसीका अभियन्ता समेत रहेका डा अभिषेक सिंहले केसीको मेडिकल रिपोर्ट आउने वित्तिकै उनलाई काठमाडौं लगिने बताए। 

प्रकाशित ३ माघ २०७५, बिहिबार | 2019-01-17 21:41:55
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी

    भारतविना बेइजिङको बीआरआई बहस

    दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपाली राष्ट्रपति सहितको टोली बेइजिङ पठाउँदा दिल्ली चुपचाप छ।

  • काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

    चीनसँगको पारवहन ‘प्रोटोकल’ कसरी कार्यान्वयन हुन्छ?

    मन्त्रालयका सहसचिव तथा आपूर्ति वाणिज्य महाशाखा प्रमुख नवराज ढकाल प्रोटोकल हस्ताक्षरसँगै कार्यान्वय अघि बढ्ने बताउँछन्।

  • एनआरएनका पौडी खेलाडी नाथन दोर्जे शेर्पाले सुरुवाती दुई दिनमा तीन स्वर्ण जितिसके

    नाथनले बढाएको एनआरएनएको शान

    ९ देशका २४ खेलाडी सहभागी गराएको एनआरएनएले ६ दिनसम्म पनि कुनै स्वर्ण जित्न नसकेको अवस्थामा नाथनले लगातार दुई दिनमा तीन स्वर्ण जित्दै एनआरएनएको शान...

  • विप्लव र गुण्डा समूहका योजना अब प्रहरीको पहुँचमा

    ‘घटना पूर्वका महत्वपूर्ण सूचनाका लागि सूत्र परिचालनको खाका निर्देशिकामा छ। निर्देशिकाको अवधारणा भनेको परिचालन भएका सूत्रलाई बैधानिकता दिने र...