Exclusive

काठमाडौंमा थारु समुदायले मनाए ‘माघी महोत्सव’



फाइल फाेटाे
फाइल फाेटाे

काठमाडौंमा बस्दै आएका थारु समूदायले पनि आफ्नो महान पर्व माघी धुमधामका साथ मनाएका छन्।

माघे संक्रान्तिको दिन मंगलबार काठमाडौंको चुच्चेपाटीमा ‘माघी महोत्सव’को आयोजना गरी थारु समूदायले आफ्नो महानपर्व माघी धुमधामका साथ मनाएका हुन्। यसै अवसर पारेर थारु समुदायले आफ्नो संस्कृति झल्कने खालको पहिरनमा सजिएर नाचगानसहितको प्रर्दशन पनि गरेका छन्।

माघी महोत्सवमा काठमाडौंमा रहेका सबै आफन्तलाई बोलाएर मिष्ठान्न भोजनसहित शुभकामना समेत आदानप्रदान गरिएको छ। आफ्न्तहरुबीच शुभकामना आदानप्रदान तथा मिष्ठान्न भोजन खुवाएर यो पर्व काठमाडौंमा पनि भव्यताका साथ मनाइएको थारु युवा सभाका अध्यक्ष कानुनलाल चौंधरीले जानकारी दिए।

महोत्सवमा थारु जातिका विभिन्न खानाको परिकार राखिएको १ सय १० वटा स्टल राखिएको छ। मिष्ठान्न भोजन र नाचगानसहितको रमाइलो गरेर माघी पर्व मनाइएको सञ्चारकर्मी बुनु थारुले जानकारी बताइन्। महोत्सवमा भेला भएका थारु समूदायले एक अर्काबीच शुभकामना पनि आदानप्रदान गरेका छन्। थारु समूदायले माघी पर्वलाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन्।

थारु समूयदायले यो पर्वमा विशेषत प्रकृतिलाई पूजा गर्ने गर्दछन्। प्रकृतिले हुर्काएको भन्दै उनीहरुले सो पर्वमा खोला, तलाउमा नुहाएर प्रकृतिको पूजा गर्ने गरेका हुन्। यस वर्ष काठमाडौंमा आयोजना गरिएको माघी महोत्सवको संयोजन थारु कल्याणकारी सभा केन्द्रीय कार्य समितिले गरेको हो।

प्रकाशित १ माघ २०७५, मंगलबार | 2019-01-15 16:00:31
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।

  • पृथ्वीसुब्बा गुरुङ

    संघीय प्रणालीमा जो मूख्यमन्त्री हुन्छ उही पार्टी अध्यक्षः पृथ्वीसुब्बा गुरुङ (अन्तर्वार्ता)

    ‘नेपाल सरकारको मन्त्री हुन छाडेर यो पृथ्वीसुब्बा मूख्यमन्त्री बनेर बसिरहेको छ, संघीय सरकारले हेप्ने ठाउँमा छ भन्ने मलाई लागेकै छैन।’

  • देवी बनिन् त छयानब्बेकी मेरी आमा?

    ‘चौरासी गरिसकेपछि मानिसको देवत्वकरण हुन्छ, मानिसबाट देवतामा परिणत हुन्छन्’ भनेका थिए हाम्री आमाको चौरासी गर्ने एक पण्डितले। पण्डितको भनाइ मान्ने हो...