नेपालको पहिलो भूउपग्रहको जापानमा सफल ‘हार्डवेयर’ परीक्षण



नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट–वान’। तस्विर: बर्डस् परियोजना
नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट–वान’। तस्विर: बर्डस् परियोजना

चन्द्र सूर्य अंकित पहिलो नेपाली भूउपग्रह ‘नेपाल स्याट–वान’को ‘हार्डवेयर’ परीक्षण सफल भएको छ।

जापानस्थित क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक)को प्रयोगशालामा ‘भाइब्रेसन’ र ‘भ्याकुम’ परीक्षण सफल भएको हो।

यो सफलताले आगामी वैशाखमा आफ्नै पहिलो नानो भूउपग्रह प्रक्षेपण गर्ने नेपालको योजना सफलता नजिक पुगेको छ।

‘भाइब्रेसन’ पृथ्वीबाट अन्तरिक्षमा प्रक्षेपण गर्दाको परीक्षण हो। भ्याकुम अन्तरिक्ष वातावरणसम्बन्धी परीक्षण हो। यी दुवै जाँच भूउपग्रह प्रक्षेपण गर्दाका बखत हार्डवेयरमा देखिन सक्ने सम्भावित समस्यासँग सम्बन्धि हुन्।

नेपाली वैज्ञानिक आभाष मास्केले जापानमा निर्माण गरेकाे यो नानो भूउपग्रह अमेरिकाको एक निजी कम्पनीको रकेटबाट अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्र (आइएसएस) मा पठाइनेछ। त्यसको करिब एक महिनापछि अन्तरिक्षमा छोडिने कार्यक्रम छ।

नेपाली विद्यार्थी मास्केले क्युटेकको बर्ड्स परियोजना अन्तर्गत नानो भूउपग्रह निर्माण गरेका हुन्। उनी क्युटेकबाट भूउपग्रह प्रविधिमा विद्यावारिधि गर्दैछन्। जापानले आफ्नो छुट्टै अन्तरिक्ष अनुसन्धान कार्यक्रम नभएका देशहरुलाई सहयोग गर्न ज्वाइन्ट ग्लोबल मल्टिनेसनल बर्डस् स्याटलाइट परियोजना सञ्चालन गर्दै आएको छ।

यो परियोजना सुरु भएको पहिलो वर्ष घाना, नाइजेरिया, मंगोलिया र बंगलादेश सहभागी भएका थिए। दोस्रोमा भुटान, फिलिपिन्स र मलेसिया सहभागी रहे। तेस्रोमा श्रीलंका, नेपाल र जापान आफैँ रहेका छन्।

श्रीलंका, नेपाल र जापानका भूउपग्रह संयुक्त परीक्षण गरिँदै। तस्विर: बर्डस् परियोजना

श्रीलंका, नेपाल र जापानका भूउपग्रह संयुक्त परीक्षण गरिँदै। तस्विर: बर्डस् परियोजना

९० मिनेटमा पृथ्वीको परिक्रमा
पहिलो नेपाली भूउग्रह निर्माणकाे अगुवाइ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले गरिरहेकाे हो। जापानी मापदण्डअनुसार निर्माण भए–नभएको परीक्षण हुन बाँकी यो भूउपग्रहको प्रक्षेपणका लागि नास्टले २ करोड रुपैयाँ खर्च गरेकाे छ। 

फागुन ६ मा यो क्युबसेट जापान एरोस्पेश एक्ल्पोरेसन एजेन्सीलाई बुझाउने तय भइसकेकाे छ। पहिलो नेपाली नानो भूउपग्रह अन्तरिक्ष पठाउनेबारे क्युटेक विश्वविद्यालयले फागुन ३ मा जापानमा पत्रकार सम्मेलनमा गरी जानकारी दिनेछ।

पृथ्वी सतहभन्दा ४ सय किलोमिटर माथि रहने यो भूउपग्रहले प्रत्येक ९० मिनेटमा एक पटक पृथ्वीको परिक्रमा गर्नेछ। त्योमध्ये ६० मिनेट उज्यालोतिर र ३० मिनेट अँध्यारोमा रहन्छ। ‘नेपालमाथिको आकाशमा यसले दिनमा चार फन्का लगाउनेछ’, बर्डस् थ्री परियोजना प्रमुख मास्के भन्छन्।

नेपाल स्याट वान १० सेन्टिमिटर अग्लो, १० सेन्टिमिटर लामो र १० सेन्टिमिटर चौडा छ। मानिसको हातमा अँट्ने यो क्युस्याट १ किलो ३३० ग्राम तौलको छ। ‘सानो स्याटलाइट एकदेखि साँढे एक केजीका बनाउने लक्ष्य थियो। त्यसैअनुसार बनेको छ’, उनले भने।

‘नेपाल स्याट–वान’को काम गर्दै वैज्ञानिक आभाष मास्के (दायाँ)

‘नेपाल स्याट–वान’को काम गर्दै वैज्ञानिक आभाष मास्के (दायाँ)

बर्ड्स थ्रीमा नेपाल, श्रीलंका र जापानका विद्यार्थीले एक–एक क्युस्याट बनाएका छन्। ती एकै पटक अन्तरिक्ष पठाइनेछन्। जेठभन्दा अगाडि नै अमेरिकी कम्पनीको रकेटमार्फत् तिनलाई अन्तरिक्षमा छोडिनेछ। गत वर्ष भुटानले यही कार्यक्रमबाट नानो भूउपग्रह अन्तरिक्षमा पठाएको थियो। ‘कहिले प्रक्षेपण हुन्छ भनेर ठ्याक्कै मिति बताउन कठिन छ। मौसमी अवस्था सबै अध्ययन गरेपछि मिति तय हुन्छ। त्यो जेठको हाराहारी हुनसक्छ,’ मास्के भन्छन्।

नास्टमा ग्राउन्ड स्टेशन
आफ्नै भूउपग्रह हुने भएपछि त्योसँग सम्पर्क गर्न यतिबेला लगनखेलस्थित नास्टमा ग्राउन्ड स्टेसन निर्माणको काम भइरहेको छ। नास्टका वरिष्ठ वैज्ञानिक रवीन्द्र ढकाल बैशाखसम्ममा ग्राउण्ड स्टेसन निर्माण भइसक्ने बताउँछन्।
‘स्याटलाइट प्रक्षेपण हुँदासम्ममा ग्राउण्ड स्टेसन तयार हुन्छ। यो सञ्चालनको तालिमका लागि माघ १४ मा नास्टका एक प्राविधिक जापान जाँदै हुनुहुन्छ’, उनले भने।

‘एमेच्योर रेडियो अपरेटरहरुले पनि ४३७ मेगाहर्जमा यसका सिंग्नल प्राप्त प्राप्त गर्न सक्ने छ,’ मास्के भन्छन्, ‘हामीलाई सिंग्नल डाउनलोड गरेर पठाउनेहरुलाई पनि क्युएसएल पोस्टकार्ड उपलब्ध गराउने छौं।’

के गर्छ पहिलो भूउपग्रहले?
नेपालको चन्द्र सूर्य झण्डा अंकित स्याटलाइट अन्तरिक्षमा बढीमा एक वर्षसम्म काम गर्न सक्ने अनुमान छ। ६ महिनादेखि १ वर्षसम्म यो राम्रोसँग चल्छ। कुनै कुनै नानो भूउपग्रह दस वर्षसम्म पनि काम गरेका उदाहरण छन्।

बर्डस् परियोजनाका अनुसन्धानकर्तासँग नेपाली टोली

बर्डस् परियोजनाका अनुसन्धानकर्तासँग नेपाली टोली

मास्केका अनुसार ‘नेपाल स्याट–वान’मा चार विषय हुनेछन्। ‘फोटोका लागि क्यामेरा जडान गरेका छौं। यो प्रचारका लागि हो। त्यसले खिच्ने तस्वीरहरु हामी सञ्चार माध्यहरुलाई उपलब्ध गराउनेछौं,’ उनी भन्छन्, ‘यसको अर्को काम लोरा डेमोस्ट्रेसन मिसनमा हो।’ अन्य संस्थाले बनाएको उपकरणमा कम ऊर्जामा कसरी सञ्चार गर्ने भनेर यसबाट प्रयोग हुनेछ। ‘यो अध्ययन सफल भयो भने भविष्यमा प्राकृतिक प्रकोपको समयमा पनि थोरै ऊर्जामा सञ्चार गर्न सक्ने गरी नयाँ प्रविधिको विकास हुनेछ,’ उनी भन्छन्।

नेपालले पहिलो पटक अन्तरिक्षमा पठाउन लागेको नानो भूउपग्रह व्यवसायिक नभइ अध्ययन प्रयोजनका लागि हो।

‘ठूलो र सानो स्याटलाइटमा फरक छ तर बनाउने प्रक्रिया उस्तै हो। ठूलो स्याटलाइट जुन प्रक्रियाबाट निर्माण हुन्छ सानो स्याटलाइट पनि त्यसैअनुसार हुने हो’ मास्के भन्छन्, ‘विद्यार्थीहरुले आफ्नो परियोजना पठाइसक्दा सिधै स्याटलाइट निर्माता कम्पनीमा काम गर्न सक्ने हुन्छन्।’

तुलनात्मक रुपमा सस्तो मानिएको नानो प्रविधिको भविष्य राम्रो रहेको मास्केको बुझाइ छ। ‘केहीले नानो स्याटलाइटलाई व्यवसायिक प्रयोगमा समेत उपयोग गर्न थालेका छन्। हामी त्यो अवस्थामा पुगेका छैनौ,’ उनी भन्छन्, ‘सन् २०१८ मात्रै विश्वभरबाट एक हजार नानो स्याटलाइट प्रक्षेपण भएका छन्।’

प्रकाशित २९ पुस २०७५, आइतबार | 2019-01-13 15:39:09
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...