रूपन्देहीमा प्रहरी र तस्कर समूहबीच गोली हानाहान, एक जनाको मृत्यु




रूपन्देहीमा मध्यराति प्रहरी र तस्कर समूहबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु भएका व्यक्ति तस्कर समूहका एक सदस्य भएको प्रहरीले दाबी गरेको छ।

रूपन्देही जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, एसपी हृदय थापाका अनुसार घटना रूपन्देहीकाे सिद्धार्थनगर नगरपालिका-१०, शंकरापुरमा शनिबार राति १२ बजे भएको हो। भएकाे हाे। याे भारतीय सीमाभन्दा करिब ३५ सय नेपालतर्फ पर्छ। 

उनका अनुसार रात्रि गस्तीमा खटिएको प्रहरी टोलीले भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुई व्यक्तिलाई रोकेर जाँच गर्ने क्रममा प्रहरीमाथि अचानक गोली प्रहार भएकाे थियाे।

‘मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा एक्कासि प्रहरीमाथि गोली हान्यो,’ एसपी थापाले नेपालखबरसँग भने, ‘प्रहरीले पनि जवाफी गोली हान्दा एक व्यक्तिलाई लाग्यो, अर्का व्यक्ति भने भाग्न सफल भए।’

‘उनको परिचय खुलेको छैन, अनुसन्धान भइरहेको छ,’ एसपी थापाले भने,‘मृतक भारतीय मूलका जस्ता देखिए पनि अनुसन्धानपछि मात्रै वास्तविकता खुल्नेछ।’ 

प्रहरीको गोली लागेर घाइते भएका ती व्यक्तिलाई उपचारका लागि भैरहवास्थित भीम अस्पतालमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ। घाइते प्रहरी जवानको उपचार सोही अस्पतालमा भइरहको छ ।

घटनास्थलबाट प्रहरीले युपी ५३ एच २०२८ नम्बरको भारतीय मोटरसाइकलसहित पेस्तोल एक थान र गोलीको खोका ८ राउन्ड बरामद गरेको छ ।

मोटरसाइकलसहित फरार भएका अर्का व्यक्तिको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ। 

 

 

प्रकाशित २९ पुस २०७५, आइतबार | 2019-01-13 10:01:46
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।

  • काठमाडौंका एकजना बाइकधनी टुटल टुडे अन्तर्गत भाडाका यात्रु बोक्ने क्रममा

    सिंहदरबार पस्यो टुटल र पठाओको बहस, केही दिनमै निर्णय

    दुई पाङ्ग्रे ट्याक्सीको उपमा पाएका टुटल र पठाओ यातायात सेवालाई नियमन र अनुगमनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल सुरु भएको छ।