फुल्चोकी जंगलमा हराएका चार युवतीसहित १६ जनाको राती ८ बजे सकुशल उद्धार


Kshamadevi Group


ललितपुरको फूलचोकी जंगलमा हराएका चार युवतीसहित १६ जनालाई प्रहरीले गए राती सकुशल उद्धार गरेको छ।

काठमाडौंबाट शनिबार घुम्न गएका उनीहरु फूलचोकीबाट फर्कंदा जंगलमा वेपत्ता भएका थिए। हराएकाहरुले प्रहरीको टोल फ्रि नम्बर १०० मा फोन गरेपछि प्रहरी परिसर ललितपुर खाेजीमा जुटेकाे थियाे। गए राती आठ बजे उनीहरुलाई प्रहरीले फेला पारेको हो।

हराएकाहरुको उद्धारमा एक सय प्रहरीलाई सात टोली बनाएर जंगलमा परिचालन गरिएको थियो।

प्रहरी वरिष्ठ उपरीक्षक रबिन्द्रबहादुर धानुक, प्रहरी उपरीक्षक शेखर खनाल, प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चिमरिया तथा महानगरीय प्रहरी वृत सातदोबाटो, महानगरीय प्रहरी प्रभाग बाडेगाउँको प्रहरी टोली उद्धारमा खटिएको थियो।

झन्डै तीन घण्टाको खोजीपछि राति ८ बजे उनीहरुलाई फेला पारिएको प्रहरी परिसर ललितपुरका प्रमुख रविन्द्रसिंह धानुकले जानकारी दिए। 

उद्धार गरिएकाहहरुमा धनुषा घर भई हाल बानेश्वर शान्तिनगर बस्ने ३४ वर्षीय व्रिज मोहन साह, सोही ठाउँका १७ वर्षीय सुवास साह, १९ वर्षीय अभिशेक यादव, १९ वर्षकै ऋषिकुमार साह, धनुषा घर भई मैतिदेवि काठमाडौं बस्ने २० वर्षीय श्रीराम साह, सोही ठाउँका २० वर्षकै करण साह, धनुषा घर भई वानेश्वर बस्ने २० वर्षीय सुवास साह, स्याङजा घर भई हाल कोटेश्वर बस्ने २२ वर्षीया सपना गुरुङ, तनहुँ घर भई हाल बालाजु बस्ने २० वर्षीया श्रृजना भट्टराई, काठमाडौं बानेश्वरका २२ वर्षीय अविनभ सिंह ठकुरी, सिन्धुपाल्चोक घर भई हाल कोटेश्वर वस्ने २५ वर्षीय रोशन राना, दोलखा घर भई हाल कोटेश्वर बस्ने २२ वर्षीय रमेश पौडेल, मोरङ घर भई हाल कोटेश्वर बस्ने २२ वर्षीय संजोग घिमिरे, काठमाडौं बुढानिलकण्ठकी २० वर्षीया अप्सरा खत्री, नुवाकोट घर भई काठमाडौं कपन बस्ने २२ वर्षीया श्रेया थपलिया र धनुषा घर भई हाल पुरानो बानेश्वर बस्ने वर्ष १९ का सन्तोषकुमार साह छन्।

खोजि गर्दै जादाँ गोदावरी बसपार्कबाट करिब १० किलो मिटर पुर्व फुल्चोकी जंगलको बिच खोँचमा उनीहरु फेला परेका हुन्। उद्धारपछि प्रहरीले राती नै उनीहरुलाई अभिभावको जिम्मा लगाएको छ।

 

प्रकाशित २९ पुस २०७५, आइतबार | 2019-01-13 07:33:27
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • अपहरण धन्दाका खुँखारहरुः भीमसेन पण्डित, उदय सेट्टी, अमर टण्डन र रोहित पालिवाल

    खुँखार अपहरणकारी पण्डितले सेट्टी भेट्न किन पठाए जेलमा दूत?

    अपहरण र फिरौतीलाई व्यवस्थित र व्यवसायिक बनाएका भिमसेन पण्डित, अमर टण्डन र उदय सेट्टीले एक अर्काबीच सम्पर्क बढाइरहेको गोप्य सूचना प्रहरीले पाएको छ।

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...