डा. केसीविरुद्ध थापाले अनसन सुरु गरेपछि इलाममा तनाव



बरिष्ठ चिकित्सक डा. गोविन्द केसीको अनसन विरुद्ध इलाममा एक ब्यक्ति अनसन बसेका छन्।

डा केसीले आफ्नो १५आैं अनसनका क्रममा आफूसँग भएको सहमति पालना गर्न माग गर्दै अनसन बसेको चार दिन भएको छ। केसीले आफूसँग सरकारले गरेको सहमति विपरित संसद्को स्वास्थ्य तथा शिक्षा समितिबाट हालै पारित चिकित्सा शिक्षा विधेयक सच्याउनु पर्ने माग गर्दै अनसन बसेका हुन्। तर संसदीय समितिले पास गरेको चिकित्सा शिक्षा विधेक संसदबाट पारित गराउनुपर्ने माग गर्दै स्थानीय विजय थापा अनसन बसेका छन्।

दुई अनशनकारी पक्षका समर्थक अहिले खुलेरै एकअर्काको विरोधमा उत्रेका छन्।

डा केसी अनशन बसेको तेस्रो दिन संसदीय समितिद्वारा पारित विधेयकलाई विना परिमार्जन संसद्बाट पारित गरिनुपर्ने माग गर्दै थापाले अनसन शुरु गरेपछि सो स्थिति पैदा भएको हो।

शुक्रबारबाट अनशनमा रहेका थापाको मागको पहिलो बुँदामै संसद्मा रहेको चिकित्सा विधेयक कुनै पनि हालतमा पास गर्न माग गरिएको छ। जनप्रतिनिधिबाट पारित भएको विधेयकलाई पारित हुनुपर्ने, काठमाडौँ उपत्यकाबाहिर देशभरी नै मेडिकल कलेज खोल्ने र खुलाउने वातावरण निर्माण गर्नुपर्नेलगायतका माग थापाले अघि सारेका छन्।

डा केसी र थापाले अनशन शुरु गरेपछि आआफ्नै माग कार्यान्वयनका लागि र्‍यालीलगायतका गतिविधि हुन थालेका छन्। त्यसले दुई पक्षबीच झडप हुन सक्ने सम्भावना बढेको छ।

प्रकाशित २८ पुस २०७५, शनिबार | 2019-01-12 21:01:57
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • श्रमिक सम्झौतामा हस्ताक्षर हुँदै

    यी हुन जापानले नेपाली कामदार लैजाने १४ क्षेत्र, तलब जापानी नागरिक सरह नै हुने

    जापानले नेपालबाट विभिन्न १४ क्षेत्रमा कामदार लैजाने भएको छ।

  • माथिल्लो तामाकोशी बाँध निर्माणस्थल

    ‘नेपालीले ठूला आयोजना गर्नसक्छौं, माथिल्लो तामाकोशी नमूना हो’ (भिडियो)

    विद्युतगृहसहित ९८ प्रतिशत निर्माण पूरा भएको नेपालको अहिलेसम्मकै ठूलो जलविद्युत आयोजना हो, ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर सुदर्शनकाे गन्तव्य खाेज्दै प्रहरी

    दुई प्रमुख सहयोगीसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका स्थायी समिति सदस्य तथा मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई पक्राउ...

  • लगानी बोर्ड

    अन्तर्राष्ट्रिय लगानी सम्मेलनः यस्ता छन् लगानीकर्ताले नियाल्ने ७१ आयाेजनाहरु

    सम्मेलनका लागि १८ वटा जलविद्युत आयोजना छानिएका छन्। जसमा ७ वटा जलविद्युत आयोजना सरकारले प्रस्ताव गरेको छ, भने ११ वटा जलविद्युत आयोजनालाई निजी...