जिल्ला कारागार दाङमा सात जना विदेशी नागरिक

दाङमा विभिन्न अपराधिक गतिबिधिमा संलग्न ७ जना विदेशी नागरिकले जेल सजाय भुक्तान गरिरहेका छन्।

 जबरजस्ती करणी, लागुऔषध, कर्तव्य ज्यानलगायतका अपराधमा संलग्न रहेको आरोपमा ७ जना विदेशी नागरिकले जेल सजाय भुक्तान गरिरहेका हुन्।

जिल्ला कारागारमा कैदी जीबन बिताई रहेका विदेशी नागरिकमा सबै भारतका रहेको जिल्ला कारागार दाङका निमित्त जेलर पर्साराम भुसालले जानकारी दिएका छन्। खुल्ला सिमा नाकाका कारण अपराधिक गतिबिधिमा विदेशी नागरिकको संलग्नता धेरै रहेको उनको भनाई छ।

जिल्ला कारागारमा कैदी जीबन भुक्तान गरिरहेका मध्ये सबैभन्दा बढी जबरजस्ती करणीका रहेका छन्। जबरजस्ती करणी मुद्दामा ४ जना भारतीय नागरिकले कैद सजाय भुक्तान गरिरहेका छन्। त्यस्तै २ जना लागुऔषध मुद्दामा र एक जना कर्तव्य ज्यान मुद्दामा जेल सजाय भुक्तान गरिरहेको निमित्त जेलर भुसालले बताए।

कारागारमा कैदी जीबन बिताएका २ सय ७४ जना मध्ये ७ जना भारतीय नागरिक रहेको निमित्त जेलर भुसालले जानकारी दिएका छन्।

प्रकाशित 2019-01-12 15:14:31