जनता आवासका घर मानिस नबस्दै भत्किन थाले




कैलालीको टीकापुर नगरपालिका–८ सूर्यपुरका प्रेम वादीको घर भत्किसकेको छ। उनको घरको भित्तो मात्रै छ। प्रेमको सपरिवार भारतको भाइन्दरमा बस्दै आएका छन्।

सूर्यपूरमैै घर भएका गौरी वादी, निर्मल वादीका परिवार पनि भारतमा छन्। किरण वादी कैलालीकै चौमालामा बस्छन्। तारादेवी नजिकैको सती बजारमा बस्छिन्। प्रेमको जस्तै गौरी, निर्मल, किरण, ताराका घर पनि मानिस नबस्दा भत्किन थालेका छन्। यी घरहरु सरकारको जनता आवास कार्यक्रममार्फत बनेका हुन्। सरकारले कैलालीमा वादी र राजी समुदायका लागि घर बनाई दिएको छ तर बनेका घर मानिस नबस्दै भत्किन थालेका छन्।

काम गर्न भारत वा नेपालकै अन्य शहरतिर बस्ने वादी समुदायका लागि बनाएका घर अलपत्र छन्। कैलालीको टीकापुर नगरपालिका–८ सूर्यपुरमा ११ वटा घरमा अहिलेसम्म मानिस बसेका छैनन्। मानिस नबस्ने घर केही भत्किसकेका छन् भने केही भत्किन लागेका छन्।

जनता आवास कार्यक्रमले घर दिने भएपछि सूर्यपुरको वादी परिवारले आफूसँग भएको घरवास टुक्राटुक्रा पारेर बाबु र ससाना छोराका नाममा अलगअलग घर बनाएका छन्। सूर्यपुरकै नरेश वादीलाई पनि जनता आवास कार्यक्रमले घर बनाइ दिएको छ। उनका दुई छोरा सरदीप र बबीका लागि पनि घर त बनेको छ तर उनीहरुका नाममा बनेका घरमा कोही बस्दैनन्। जेठो छोरा सरदीप रोजगारीका लागि भारतमा छन् भने कान्छो बबी बाबुआमासँगै बसिरहेका छन्। सरदीप र बबीका घर पनि नबस्दै भत्किने अवस्थामा छन्। घर पाउने आशामै सूर्यपुरको वादी बस्तीका ३२ परिवारले ५० भन्दा बढीका नाममा घर मागेका छन्।

जनता आवासमार्फत बनेका घर वादी समुदायले मन पराएका छैनन्। ‘घर दिनुभन्दा १० धुर जग्गा भए पनि त्यसमै झुप्रो हालेर पनि बस्थ्यौँ’, सूर्यपुरकी कल्चु वादीले भनिन्, ‘सरकारले बलैको ९जबर्जस्ती० घर हालिदियो, अलिकति हावा आए पनि उडाइदिन्छ, हामीसँग लगानी गर्ने पैसा छैन, गरीब मान्छे।’ सूर्यपुरकै श्यामा वादी भन्छन्, ‘घर गतिलो नभएर विन्दु वादीको घर पनि भत्किँदैछ बरु एकै कोठाको भए पनि पक्की छत भएको हुनुपथ्र्यो बालुवाजस्तो इँटा छ। राम्रो सिमेन्ट प्रयोेग भएको छैन।’

टीकापुर नगरपालिका–१ ज्योतिनगरस्थित राजी बस्तीमा पनि जनता आवास कार्यक्रमबाट बनेका केही घरमा मानिस बसेका छैनन्। २० वटा घर बनेको ज्योतिनगरमा पनि तीन घरमा मानिस बसेकै छैनन् केही घरमा मानिस कहिलेकाहीँ आउने जाने गरेका छन्। ‘म अहिले भजनी नगरपालिकाको भुरुवामा बस्छु’, सावित्री राजीले भने, ‘छोरो सानै छ ठूलो भएपछि बिहे गरेर यही घरमा राख्ने हो।’

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीका प्रमुख सुरेशराज बाग्लेले कैलालीमा जनता आवास कार्यक्रमबाट वादी, राजी, विपन्न मुस्लिमका लागि २०६९/७० देखि २०७३/७४ सम्म ६६० घर बनेका जानकारी दिए। कैलालीमा दुई चरणमा एक लाख ५९ हजार र दुई लाख १५ हजारका दरले ती घर बनेका हुन्। रासस

प्रकाशित २८ पुस २०७५, शनिबार | 2019-01-12 12:57:45
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।

  • काठमाडौंका एकजना बाइकधनी टुटल टुडे अन्तर्गत भाडाका यात्रु बोक्ने क्रममा

    सिंहदरबार पस्यो टुटल र पठाओको बहस, केही दिनमै निर्णय

    दुई पाङ्ग्रे ट्याक्सीको उपमा पाएका टुटल र पठाओ यातायात सेवालाई नियमन र अनुगमनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल सुरु भएको छ।