शिक्षा सचिवको ‘सिकाउने शैली’




शिक्षा सचिव खगराज बरालको पुस्तक ‘सिकाउने शैली’ बजारमा आएको छ । शुक्रबार नेपाल पर्यटन बोर्डको सभाहलमा शिक्षामन्त्री गिरिराजमणी पोखरेलले एक कार्यक्रमका बीच पुस्तकको विमोचन गरे ।

कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले नेपालको सार्वजनिक शिक्षा निकै कमजोर भएकाले यसतर्फ सबै जिम्मेवार पक्षले ध्यान दिनुपर्ने बताए । पुस्तकले नेपालको सार्वजनिक शिक्षाको सुधारका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै उनले अहिलेको आवश्यकता गुणत्मक शिक्षा भएको औँल्याए ।

कार्यक्रममा पुस्तकको समिक्षा गर्दै प्रा. डा. जयराज आचार्यले पुस्तक शैक्षिक क्षेत्रको व्यवहारीक अनुभव भएको बताए । लेखकले नेपालको विद्यालय शिक्षाको अवस्थालाई मार्मिक ढंगले प्रस्तुत गरेको भन्दै उनले पुस्तक अभिभावक, शिक्षक र विद्यार्थीका लागि पठनीय रहेको उल्लेख गरे ।

पुस्तकबारे बोल्दै कवि मोमिला जोशीले लेखकले पुस्तकमा शैक्षिक अनुभवको रंगहरु समेटेको बताइन् । पुस्तकले नेपालको शैक्षिक क्षेत्रको अवस्थालाई चित्रण र आगामी दिनका लागि मार्गदर्शनसमेत गरेको उनको भनाई थियो ।

राष्ट्रिय योजना आयोगकी सदस्य डा. उषा झाले पुस्तक पढ्दा आफ्नो स्कुले जीवन अनुभव भएको बताइन् । सबैले पुस्तक पढ्दा आफ्ना विगतका दिनहरु अनुभव गर्ने उनको जिकिर थियो ।

शैक्षिक क्षेत्रमा क्रियाशिल रहँदा आफूले अनुभव गरेका घटनाक्रम र विषयलाई पुस्तकमार्फत प्रस्तुत गरेको लेखक बरालले बताए । पुस्तकमा कुनै बनावटी विषय नसमेटिएको र यो एउटा संस्मरणको रुपमा रहेको उनको भनाई थियो ।

पुस्तक सांग्रीला बुक्सले बजारमा ल्याएको हो ।

प्रकाशित २७ पुस २०७५, शुक्रबार | 2019-01-11 19:54:34
Max TV
Max TV
Zen Travels
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जितेन्द्र महर्जन

    हङकङका ‘सेल्फ मेड’ नेपाली व्यवसायी ज्याकको अप्रत्यासित अन्त्य

    आफ्नै चौघेरामा रमेको हङकङको नेपाली समुदायमा धेरैका लागि ज्याक महर्जन अपरिचित नै थिए। अनेक स्वार्थ, विवाद, चलखेल, आत्मप्रचार र सम्मानको लेनदेन हुने...

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।