चितवनका एक सय १३ किशोरीलाई आत्मरक्षा तालिम




फाइल फोटो
फाइल फोटो

महिला हिंसाका घटना न्यूनीकरण गर्ने उद्देश्यले प्राज्ञिक विद्यार्थी परिषद् चितवनले किशोरीलाई ‘आत्मरक्षा तालिम’ दिएको छ।

पहिलो चरणअन्तर्गत जिल्लाका ११३ जना किशोरीलाई एक हप्ते आत्मरक्षा तालिम दिइएको हो।

भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसको खुला चौरमा दिउँसो २ बजेपछि तालिम सञ्चालन गरिएको छ । तालिममा सहभागी किशोरीले आफैँ तालिम दिनेछन्। पछाडिबाट कसैले आएर आक्रमण गर्दा, हिँड्दा हिँड्दै हात समात्न खोजे, कसैले तानेर भित्तामा टसाएर अभद्र व्यवहार गर्न खोजे वा सामूहिकरुपमै कसैले आक्रमण गर्न खोजो कसरी बच्न सकिन्छ भन्नेबारेमा तालिम दिइएको कार्यक्रम संयोजक पूजा भुसालले जानकारी दिइन्।

‘पहिलो चरणमा तालिम लिएका किशोरीले दोस्रो चरणमा आफैँ विद्यालयमा पुगेर तालिम दिनेछन्’, उनले भनिन्, ‘माघ महिनादेखि स्कूल÷स्कूलमा अभियान चलाउँछौँ।’ किशोरीलाई शारीरिकसँगै मानसिकरुपमा पनि बलियो बनाउ भन्ने उद्देश्यले विभिन्न क्षेत्रका विज्ञबाट तालिम दिइएको भुसालले बताइन्।

महिलामा बल भए पनि आत्मविश्वासका कमीका कारण उनीहरु हिंसाको सिकार हुनुपरेको उल्लेख गर्दै भुसालले आत्मरक्षा तालिमले महिलाको आत्मबल बढाउने विश्वास व्यक्त गरे। किशोरीलाई जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका प्रशिक्षक कुमार श्रेष्ठलगायतले प्रशिक्षण दिएका छन्।

यसअघि जिल्लामा राष्ट्रिय खेलकुद परिषद्ले पनि महिला तथा किशोरीलाई आत्मरक्षा तालिम दिएको थियो। रासस

प्रकाशित २७ पुस २०७५, शुक्रबार | 2019-01-11 16:57:40
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जितेन्द्र महर्जन

    हङकङका ‘सेल्फ मेड’ नेपाली व्यवसायी ज्याकको अप्रत्यासित अन्त्य

    आफ्नै चौघेरामा रमेको हङकङको नेपाली समुदायमा धेरैका लागि ज्याक महर्जन अपरिचित नै थिए। अनेक स्वार्थ, विवाद, चलखेल, आत्मप्रचार र सम्मानको लेनदेन हुने...

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।