प्रधानसेनापति थापा आज भारत जाँदै, यस्ता छन् कार्यक्रम



प्रधानसेनापति पूर्णचन्द्र थापा
प्रधानसेनापति पूर्णचन्द्र थापा

प्रधानसेनापति पूर्णचन्द्र थापा पहिलोपटक विदेश भ्रमणमा निस्कँदै छन्।

प्रधानसेनापति भएपछि थापा पहिलो विदेश भ्रमणका रूपमा आज भारत जान लागेका हुन्।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भारतका स्थलसेनाध्यक्ष विपिन रावतको औपचारिक निमन्त्रणमा प्रधानसेनापति थापा त्यसतर्फ प्रस्थान गर्दैछन्।

भारत भ्रमणका क्रममा प्रधानसेनापति थापालाई शनिबार भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थलसेनाको मानार्थ महारथी दर्ज्यानी चिह्नबाट सम्मान गर्ने कार्यक्रम छ।

नेपाल र भारतबीच एक अर्काका सेना प्रमुखलाई मानार्थ महारथी सम्मान दिने परम्परा छ।

भ्रमणका क्रममा प्रधानसेनापति थापाले भारतीय रक्षामन्त्री, भारतीय स्थल सेनाका समकक्षी रावत, सुरक्षा सल्लाहकार लगायत उच्चपदस्थ कर्मचारीसँग भेटघाट गर्ने कार्यक्रम छ। त्यस्तै उनले साउथ वेस्र्टन कमान्ड जयपुर र सेन्ट्रल कमान्ड लखनऊको समेत भ्रमण गर्नेछन्।

थापाका भ्रमण दलमा उनकी श्रीमती दीपा थापा, उपरथी झंकरबहादुर कडायतलगायत सात जना रहनेछन्। थापा माघ २ गते नेपाल फर्कने कार्यक्रम छ।

प्रकाशित २७ पुस २०७५, शुक्रबार | 2019-01-11 09:09:22
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • श्रमिक सम्झौतामा हस्ताक्षर हुँदै

    यी हुन जापानले नेपाली कामदार लैजाने १४ क्षेत्र, तलब जापानी नागरिक सरह नै हुने

    जापानले नेपालबाट विभिन्न १४ क्षेत्रमा कामदार लैजाने भएको छ।

  • माथिल्लो तामाकोशी बाँध निर्माणस्थल

    ‘नेपालीले ठूला आयोजना गर्नसक्छौं, माथिल्लो तामाकोशी नमूना हो’ (भिडियो)

    विद्युतगृहसहित ९८ प्रतिशत निर्माण पूरा भएको नेपालको अहिलेसम्मकै ठूलो जलविद्युत आयोजना हो, ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर सुदर्शनकाे गन्तव्य खाेज्दै प्रहरी

    दुई प्रमुख सहयोगीसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका स्थायी समिति सदस्य तथा मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई पक्राउ...

  • लगानी बोर्ड

    अन्तर्राष्ट्रिय लगानी सम्मेलनः यस्ता छन् लगानीकर्ताले नियाल्ने ७१ आयाेजनाहरु

    सम्मेलनका लागि १८ वटा जलविद्युत आयोजना छानिएका छन्। जसमा ७ वटा जलविद्युत आयोजना सरकारले प्रस्ताव गरेको छ, भने ११ वटा जलविद्युत आयोजनालाई निजी...