नेपालमा के गर्दैछ भारतीय एसएसबीको जम्बो टोली?



नेपाल भ्रमणमा रहेको एसएसबीको टोली
नेपाल भ्रमणमा रहेको एसएसबीको टोली

भारतीय सशस्त्र सीमा बलका डिआईजीको नेतृत्वमा नेपाल आएको विशेष टोलीले नेपाल–भारत सीमाको अध्ययन थालेको छ।

नेपाल सरकारलाई औपचारिक जानकारी दिएर सोमबार नेपाल आएको टोलीले महत्वपूर्ण मानिएका नेपाल–भारत सीमाको अध्ययन भ्रमण गर्नेछ। परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयको समन्वयमा एसएसबीका डिआईजी सुधान्सु नौटियालको नेतृत्वमा १५ जनाको टोली नेपाल भ्रमणमा आएको हो।

भारतीय सुरक्षा अधिकारीहरूले मंगलबार सशस्त्र प्रहरी मुख्यालयको भ्रमण गरेको छ। डिआईजी नौटियाल लामो समय उत्तर पूर्वी भारतको सीमा कमाण्ड सम्हालेका अधिकारी हुन्। उनी हाल भोपालमा कार्यरत छन्।

टोलीले सशस्त्र महानिरीक्षक शैलेन्द्र खनाल सहित वरिष्ठ अधिकारीसँग भेटवार्ता गरेको हो। यस्तै बुधबार भारतीय सुरक्षा अधिकारीको टोली वीरगञ्ज पुगेको छ। सशस्त्रका प्रवक्ता डिआईजी सुरजकुमार श्रेष्ठले भारतीय सुरक्षा टोली अध्ययन भ्रमणका लागि नेपाल आएको बताए।

उनका अनुसार भारतीय टोलीले काठमाडौंमा उच्चस्तरीय भेटघाट गर्नेछ। उनीहरूले पोखरा, जनकपुर, वीरगञ्ज, नेपालगञ्ज र भैरहवाको भ्रमण गर्नुका साथै त्यहाँस्थित सशस्त्रको बोर्डर आउट पोस्ट (बिओपी) को स्थलगत अध्ययन गर्नेछन्।

भारतीय टोली यसरी कुनै कार्यक्रमबिना अध्ययनका लागि आएको यो पहिलो पटक हो। सशस्त्र प्रहरी र भारतीय एसएसबीबिच समन्वय तथा सहकार्य हुँदै आएपनि त्यो वार्षिक रुपमा गृह मन्त्रालयले आलोपाले आयोजना गर्ने गरेको छ।

प्रकाशित २५ पुस २०७५, बुधबार | 2019-01-09 20:57:36
Max TV
Max TV
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • २०७० मा माओवादी विभाजनपछि जनयुद्ध दिवस मनाउन थवाङ जाने क्रममा विप्लव र बादल

    बादलले त्यो आधुनिक राइफल आफैंले लुकाए कि विप्लवलाई बुझाए?

    बादलको सुरक्षाका लागि एक गलिल राइफल र एउटा माउजर दिइएको थियो। ‘आईएलएम ०००२१९९’ बारकोड भएको यो राइफल इलामस्थित तत्कालीन माओवादी लडाकुको नम्बर–१...

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...