अवैध संरचना हटाउनु पर्ने माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र




महेन्द्रनगर नगर विकास समितिकोे जग्गा अतिक्रमण गरी बनाइएका अवैैध संरचना हटाउनु पर्ने माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाइएको छ।

नगर विकास समितिको जग्गामा प्रक्रिया मिचेर अवैधानिक तरिकाले निर्माण कार्य भइरहेको भन्दै प्रमुख राजनीतिक दलका भातृ संगठनहरुले संयुक्त रुपमा आइतवार ‘सुदूरपश्चिम’ प्रदेश मुख्यमन्त्रीको कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन्।

ज्ञापन पत्रमा अवैधानिक तरिकाले वितरण गरिएका लालपूर्जा तथा सम्झौता यथाशिघ्र खाली गरिनुपर्ने, महेन्द्रनगर बजारको सुन्दरता बिग्रिने गरी गुरुयोजना विपरीत बनाइएका भौतिक संरचना हटाउनु पर्ने माग गरिएको छ।

यस्तै औद्योगिक क्षेत्रको नाममा वितरण गरिएको जग्गामा ठुला–ठुला आवासीय भवन निर्माण भएकाले सो सम्झौता खारेज गर्नुपर्ने, सालघाडी क्षेत्र र विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा गरिएको अतिक्रमण खाली गर्नुपर्ने, खोकाछाप्राका नाममा बसेका नक्कली भुमाफियालाई कानुन बमोजिम कारवाही गरिनुपर्ने लगायतका ७ बुँदे माग गरिएको छ।

युवा संघ कञ्चनपुरका अध्यक्ष गणेश चन्द, तरुण दलका अध्यक्ष महेश चन्द, वाईसिएल कञ्चनपुरका सचिव तिलक जप्रेल, क्रान्तिकारी युवा संघका अध्यक्ष मनमोहन जोशी, अनेरास्ववियुका अध्यक्ष ओम बस्नेत, अखिल क्रान्तिकारीका अध्यक्ष विरेन्द्र विष्ट, नेविसंघका सह–महामन्त्री अच्युत कलौनी, अखिल क्रान्तिकारी अध्यक्ष नरेन्द्र भाट, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य केशव साउँद र क्रान्तिकारी युवा लिगका कमल चौधरीले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन्। ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री त्रिलोचन भट्टले अवैध रुपमा हुने गतिविधि रोक्न प्रदेश सरकार पनि कटिबद्ध रहेको बताएका छन्।

महेन्द्रनगर बजारलाई नै कुरुप बनाउने गरी अवैध रुपमा निर्माण भईरहेका संरचनालाई तत्काल हटाउनु पर्ने माग गर्दै भातृ संगठनहरु आन्दोलित रहेका छन्। यसअघि उनीहरुले सम्बन्धित निकायसँग अन्तक्रिया, प्रदर्शन, अवैधानिक तरिकाले निर्माण भएका भवनहरुमा ‘क्रस’ चिन्ह लगाउने जस्ता कार्यक्रम गरेका थिए।

प्रकाशित २२ पुस २०७५, आइतबार | 2019-01-06 20:22:31
Max TV
Max TV
Zen Travels
Vianet

गोकुल जोशीबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।

  • काठमाडौंका एकजना बाइकधनी टुटल टुडे अन्तर्गत भाडाका यात्रु बोक्ने क्रममा

    सिंहदरबार पस्यो टुटल र पठाओको बहस, केही दिनमै निर्णय

    दुई पाङ्ग्रे ट्याक्सीको उपमा पाएका टुटल र पठाओ यातायात सेवालाई नियमन र अनुगमनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल सुरु भएको छ।