बमजनकाे सिन्धुली आश्रममा प्रहरीकाे छानबिन सुरू



रामबहादुर बमजन
रामबहादुर बमजन

तपस्वी भनिएका रामबहादुर बमजनकाे सिन्धुली सिलामे आश्रममा शुक्रबार देखि छानबिन सुरू भएकाे छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीकाे टाेलीले आश्रममा प्रवेश गरेर त्यहाँकाे वस्तुस्थितीकाे जानकारी लिएकाे हाे। प्रहरीले शुक्रबार नै  सिन्धुपाल्चाेकस्थित आश्रममा समेत छापा मारेर अनुसन्धान थालेकाे छ। 

प्रहरीले आश्रममा रहेकाहरूकाे सख्या, नाम र ठेगाना सहित विवरण लिन थालेकाे हाे।

नुवाकोट मेघान गाँउपलिकाकी चिनिमाया तामाङ २०६९ सालमा घर आएकी थिइन। चुल्मा र कर्मा भनेर बोलाइने उनी बमजनको आश्रमका आनीहरूमध्यै एक थिइन।

नुवाकोटबाट सिन्धुली जान हिँडेकी उनी त्यसयता सम्पर्कविहीन छिन्। नुवाकोट प्रहरीमा  दिदी गंगामायाले बहिनी खोजिदिन निवेदन दिएकी छन्। 

घरमा केही दिन बसेर  सिन्धुली हिँडेकी उनकाे अत्ताेपत्ताे छैन। 

यो पनि: ‘बमजन २४ सै घण्टा निगरानीमा छन्, सिन्धुलीबाट तुरुन्तै पक्राउ गर्न सक्छौं’ 

सिन्धुली प्रहरी प्रमुख एसपी रामेश्वर यादवले  आश्रममा रहेका ब्यक्ति, त्यहाँकाे गतिविधीकाे जाँच सुरू भएकाे बताए। उनले प्रहरी अधिकारीकाे टाेलीले आश्रममा रहेका ब्यक्तिहरूसँग साेधपुछ गरेकाे बताए।

'के अवस्थामा छ, काे काे हुनुहुन्छ भन्ने विवरण संकलन सुरू गरेका छाै, प्रहरी टाेलीले काम सुरू गरेकाे छ,' एसपी यादवले भने।

यो पनि: बमजनका कर्तुत अनुसन्धान गर्दै पाँच जिल्लाका सुरक्षा टोली

          बमजनको सिन्धुपाल्चोक आश्रममा प्रहरी टोलीको छापा

प्रकाशित २० पुस २०७५, शुक्रबार | 2019-01-04 18:06:14
Max TV
Max TV
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • लगानी बोर्ड

    अन्तर्राष्ट्रिय लगानी सम्मेलनः यस्ता छन् लगानीकर्ताले नियाल्ने ७१ आयाेजनाहरु

    सम्मेलनका लागि १८ वटा जलविद्युत आयोजना छानिएका छन्। जसमा ७ वटा जलविद्युत आयोजना सरकारले प्रस्ताव गरेको छ, भने ११ वटा जलविद्युत आयोजनालाई निजी...

  • चट्टाने पहाडभित्र यस्तो बन्दैछ देशलाई झन् उज्यालो बनाउने आयोजना (३५ तस्बिर)

    तिब्बतको सिमा नजिकै निर्माण भइरहेको यो आयोजना नै सायद नेपाल सरकारले बनाइरहेको यस्तो एउटा विकास आयोजना होला, जहाँ अमेरिकी, भारतीय, चिनियाँ र...

  • कञ्चनपुरमा बरामद १८ किलाे सुन

    बत्तीस केजी सुनका अभियुक्तविरुद्ध मुद्दा

    कञ्चनपुरबाट बरामद ३२ केजी अवैध सुनका सम्बन्धमा राजस्व अनुसन्धान विभागले अदालतमा मुद्दा दर्ता गरेको छ।