बमजनको सिन्धुपाल्चोक आश्रममा प्रहरी टोलीको छापा




रामबहादुर बमजन
रामबहादुर बमजन

आफुलाई तपस्वी भएको प्रचार गर्दै आएका बाराका रामबहादुर बमजनको सिन्धुपाल्चोकको बाढेगाउँमा रहेको आश्रममा प्रहरीले छानबिन सुरु गरेको छ।

उनको आश्रमबाट मकवानपुरका दुईजना हराएको निवेदन परेपछि प्रहरीले सिन्धुपाल्चोकसँगको सहकार्यमा खोजी सुरु गरेको हो।
 
अनुसन्धान टोलीले शुक्रबार आश्रम प्रवेश गरि सोधपुछ र आवश्यक अनुसन्धान सुरु गरेको हो। प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले सिन्धुपाल्चोकबाट अनुसन्धान सुरु भएको बताए। उनले फरेन्सीक टिम र विज्ञ सहितको टोली खटाएर हराएका ब्यक्तिको खोजी सुरु भएको बताए।
 
‘मकवानपुरमा निवेदन आएपछि हामीले सिन्धुपाल्चोक आश्रममा छानबिन थालेका छौं,’ एसएसपी सुवेदीले नेपालखबरसँग भने ‘आवश्यक उपकरण र वित्र सहित टोली परिचालन भएको छ,।’
 
 
मकवानपुरका सन्चलाल वाईबा र फुलमाया रुम्बा सिन्धुपाल्चोक आश्रमबाट हराएको निवेदन प्रहरीमा परेको हो। हेटौडा उपमहानगरपालिकाका सन्चलाल वाईबाले २०७१ चैत्र १४ गते सिन्धुपाल्चोकको बाढेगाउँ आश्रमबाट छोरा महेन्द्र वाईबाको मोबाइलमा फोन गरे। ९८६०......१६ मा फोनगर्दै ५१ वर्षीय सन्चलालले आफु १५ गते घर आउने बताएका थिए।
 
अर्को दिन बुवा आउने प्रतिक्षामा बसेका महेन्द्र निरास भए। त्यसपछि बुवा आउनु भएन, नत उहाँको कुनै खबर नै आयो। महेन्द्र २०७२ बैशाख २८ मा सिन्धुपाल्चोक आश्रममा गएर सोधपुछ गरे। उनलाई सन्चलालले आश्रम छाडेको भनियो। कहाँ गए। कहिले गए। केही भनिएन्।
 
महेन्द्रले बुधबार बुवा हराएकाले खोजिदिन जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदन दिएका छन्। सन्चलाल जस्तै सिन्धुपाल्चोक आश्रमबाटै फुलमाया रुम्बा पासाङ समेत हराएको भन्दै खोजिदिन भाई बिजय रुम्बाले निवेदन दिएका छन्। उनले दिदी सम्पर्क विहिन भएकाले खोजिदिन भन्दै निवेदन दिएका हुन्।
 
उनको निवेदनमा भनिएको छ ‘करिब १० वर्षअघि नेवारपानी आश्रममा आनी बन्न जानुभएकी दिदी २०६८ मा बारा र त्यसपछि सिन्धुपाल्चोक जानु भएको थियो, २०७१ माघदेखि अत्तोपत्तो छैन।’
 
विजयले दिएको निवेदनमा फुलमायासँग अन्तिम पटक २०७१ माघमा सम्पर्क भएको थियो। उनले विजय बाहेक छरछिमेकीसँग समेत कुरा गरेकी थिईन। लामो समय दिदीको खबर नआएपछि विजयले आश्रममा सोधखोज गरेका थिए। आश्रमले उनी छाडेर हिँडेको जवाफ दिएका थिए।
 
प्रकाशित २० पुस २०७५, शुक्रबार | 2019-01-04 13:44:35
Max TV
Max TV
Zen Travels
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • युट्युबबाट कसरी मालामाल हुन्छन् युट्युबर?

    ‘सालको पातको टपरी हुनी’ गीत युट्युवमा २ करोडभन्दा धेरैपटक हेरिएको छ। उक्त भिडियोका कारण उनको युट्युवलाई सस्क्राइब गर्नेको संख्या पनि १ लाख ८६ हजार...

  • पक्राउ परेका लोप्साङ लामा (अगाडि कालो ज्याकेट, ग्रे ट्राउजर लगाउने) दिल्ली प्रहरी अधिकारीसँग

    खुंखार मानव तस्कर लोप्साङलाई दिल्ली प्रहरीले पानीमुनिबाट समात्यो

    नेपाली युवतीलाई भारतीय बाटो हुँदै खाडी देशमा बेचबिखन गर्ने खुंखार मानव तस्कर लोप्साङ लामालाई नयाँ दिल्ली प्रहरीले पक्राउ गरेको छ

  • २०७२ को भूकम्पबाट हिमाली क्षेत्रमा भएको क्षति

    नेपालको हिमाली क्षेत्रमा महाभूकम्प जान्छ, तयारी गरौंः नयाँ अध्ययन

    हिमाली क्षेत्रहरु भूकम्पीय दृष्टिले खतरनाक छन्। अनुमान अनुसार ८ दशमलब ७ म्याग्निच्यूडको भूकम्प गएर १५ सय ५ पटक झट्का अथवा पराकम्पन गए त्यसले ६...

  • जीवन शर्मा

    प्रचण्डलाई सुरक्षा कसले दिएको छ, सत्ताको कुरा त्यहीँनेर आउँछः जीवन शर्मा

    रमण घिमिरेः नारायणगोपालले कुन त्यस्तो गीत गाए जसले गर्दा उनलाई बुर्जुवा गीतका गायक भनियो? जीवन शर्माः चाँदनी शाहले लेखेको गीतले कसको सेवा गर्छ?