सर्वोच्चबाट बाहिरिनुअघि मिश्रले किन बल्झाए माजोङ क्यासिनोको मुद्दा



हाेटल साेल्टीमा रहेकाे क्यासिनाे माजाेङ र इन्सेटमा पूर्व प्रधानन्यायाधीश मिश्र
हाेटल साेल्टीमा रहेकाे क्यासिनाे माजाेङ र इन्सेटमा पूर्व प्रधानन्यायाधीश मिश्र

मिश्रको इजलासले होटल सोल्टीमा संचालित माजोङ क्यासिनोका संचालक बिनोद श्रेष्ठलाई श्रमिकको ८ करोड भुक्तानी गर्नबाट मात्र जोगाएन, मुद्दा नै सुरु अदालतमा फिर्ता पठाइदियो।

उमेरले ७४ पुगेका बाबुकाजी कार्कीले जीवनका महत्वपूर्ण ४२ वर्ष सोल्टी होटलमा रहेको क्यासिनोमा बिताए। उनी सम्झन्छन्, ‘जागिर सुरु गर्दा २७–२८ वर्षको थिएँ होला।’

उनले नेपाल रिक्रिएसन सेन्टरले संचालन गरेको क्यासिनो नेपालमा काम सुरु गरेका थिए।

नेपालमा सेन्टरको ‘फ्रन्ट फेस’ राकेश वादवा थिए। राकेश उनी सहित शान्ति चड्डा, शालिनी वादवा, तुलाराम भट्ट, सर्वण क्षेत्री, आरडी टटल र रिचर्ड डोयल सहितको लगानीमा काठमाडौंका मुख्य पाँचतारेमा क्यासिनो धन्दा चलेको थियो। यसमा नेपालीहरुको गोप्य लगानी थियो। जसमा सुरक्षा निकायका वरिष्ठ अधिकारीको हिस्सा ठूलै रहेको त्यतीबेला सार्वजनिक भएको थियो।

उमेरमै क्यासिनो उद्योगका कामदार बनेका कार्कीले यसको उतार–चढाव आफ्नै आँखाले देखे। आफैले भोगे।

उनकै आँखा अगाडी कुनै समयका ‘क्यासिनो किङ’ राकेश र आरडी एकाएक पलायन भए। क्यासिनोले तिर्नुपर्ने अर्बौं राजस्व नतिरी बादवा गायब भएका थिए। यही बीचमा एकाएक नेपाल रिक्रिएसशन सेन्टर माजोङ क्यासिनोमा परिणत भएको खबर दिइयो। होटल सोल्टीसँग माजोङले सम्झौता गर्यो।
माजोङले आफुलाई आवश्यक कर्मचारी राख्यो। केहीलाई तलब सुविधा घटाएर राख्यो। केहीलाई निकाल्यो। केहीलाई बाँकी बक्यौताको एक हिस्सा लिएर निस्कन भनियो। जसमा बाबुकाजी सहित ५१ जना परे।

अहिले आएर कार्कीले बुझ्दैछन– क्यासिनो कहिल्यै घाटामा गएको थिएन। सरकारलाई तिर्नुपर्ने अर्बौं राजस्व ठग्न नेपालमा क्यासिनो किङहरुले एउटा नाटक मञ्चन गरेका थिए। जसमा राजनीतिक नेतृत्व, उच्च प्रशासक र न्यायालयको समेत सहयोग थियो।

उनी जस्तै मुकुन्दराज खरेल, अम्बरबहादुर श्रेष्ठ, श्यामकृष्ण डंगोल, भोलानाथ भट्टराई, रत्नबहादुर श्रेष्ठ, प्रताप रानामगर, आनन्दबहादुर जोशी, भैरवप्रसाद सिलवाल र खडानन्द गौतम समेत ५१ जनाले दिनरात नभनी क्यासिनो कामदारका रुपमा जीवन बिताएका थिए। काम गरेको तलब सुविधा पाउने आशै आशामा उनीहरूले ६ वर्ष बिताइ सके।

संचयकोष, उपदान र दुई वर्षभन्दा बढीको तलब–सुविधा बाँकी रहँदै निकालिएका थिए उनीहरू।

श्रम कार्यालय हुँदै श्रम अदालत र सर्वोच्च अदालत समेतले श्रमिकको तलब–सुविधा दिन फैसला गरेको पनि एक वर्ष पूरा भयो। मुद्दा अदालतमै रहँदा सँगैका तीन जनाको मृत्यु भइसक्यो।

धेरैका लागि आश्चर्य के भयो भने सर्वोच्च अदालतबाट अनिवार्य अवकाश हुनु एकसाता अघि प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले गरेको एउटा फैसलाले श्रमिकको यो मुद्दा उल्टाइदियो।

मिश्रको इजलासले होटल सोल्टीमा संचालित माजोङ क्यासिनोका संचालक बिनोद श्रेष्ठलाई श्रमिकको ८ करोड भुक्तानी गर्नबाट मात्र जोगाएन, मुद्दा नै सुरु अदालतमा फिर्ता पठाइदियो।

संयुक्त इजलासले ५१ जना श्रमिक र आश्रित परिवारको ६ वर्ष लामो पर्खाइलाई निराशामा परिणत गरिदिएको छ।

निर्वतमान प्रधानन्यायाधीश मिश्र, न्यायाधीशद्वय केदारप्रसाद चालिसे र बमकुमार श्रेष्ठको संयुक्त इजलासले पुस १० मा सर्वोच्च अदालतकै संयुक्त इजलासको फैसला उल्टाउँदै क्यासिनो संचालकका हकमा यस्तो फैसला गरेको हो।

मिश्रको संयुक्त इजलासले गरेको फैसला क्यासिनो माजोङ इन्टरटेन्मेन्ट प्रालि अन्तर्गत संचालित क्यासिनो माजोङका विनोद श्रेष्ठको पक्षमा छ।

‘अदालतले मुद्दा उल्टाएको छ भन्ने सुनेको छु, साथीहरुसँग भेट भएको छैन,’ कार्कीले बुधबार नेपालखबरसँग भने, ‘अब श्रमबाट फेरि लड्छौं, उमेरले साथ देला कि नदेला।’

न्याय पर्खदै तीनको मृत्यु
माजोङ क्यासिनो विरुद्ध श्रम कार्यालय, श्रम अदालत र स्वयम सर्वोच्च अदालतको फैसला कार्यान्वयन पर्खंदै तीजनाको मृत्यु भइसकेको छ।

कानून व्यवसायी अमृत खरेलका अनुसार नारायण दास मानन्धर, कृष्णबहादुर कार्की र लक्ष्मण श्रेष्ठको मृत्यु भएको हो।

श्रमिकहरुका तर्फबाट मुद्दाको बहस गर्दै आएका खरेलले कार्यान्वयन हुने बेलामा मुद्दा उल्टिनु अनौठो भएको बताए। उनका अनुसार क्यासिनोका पुराना कर्मचारीले अब सुरुबाट मुद्दा लडनु पर्नेछ।

‘धेरै कर्मचार ४० वर्ष काम गरेका छन्, आफुले जम्मा गरेको संचयकोष समेत फिर्ता पाएका छैनन्,’ खरेलले प्रश्न गरे, ‘न्याय पाउन अब कति वर्ष पर्खनु पर्ने हो?’

दुई वर्षअघि सामाजिक न्याय तथा मानवअधिकार समितीले यही घटनाका विषयमा दिएको निर्देशनको कार्यान्वयन नहुँदै सर्वोच्चले फैसला दिएको हो। समितीले रिक्रिएशन सेन्टरको बैंक खातामा रहेको रकमबाट श्रमिको भुक्तान तथा सरकारी बक्यौता रफादफा गर्न गृह र पर्यटन मन्त्रालयलाई निर्देशन दिएको थियो।

यस्तो थियो घटना
होटल सोल्टीमा रहेको क्यासिनो नेपाल रिक्रिएसन सेन्टरले संचालन गरिरहेको थियो। प्रहरीले क्यासिनोमा नेपालीको प्रवेशलाई कडाई गर्दै बक्यौता राजस्व बुझाउन दबाब बढाउँदै थियो।

यही समयमा एकाएक नेपाल रिक्रिएसन सेन्टर बाहिरियो। माजोङ इन्टरटेनमेन्टले होटल सोल्टीसँग २०६९ कार्तिक २४ मा क्यासिनो संचालनको सम्झौता गर्यो। सम्झौतामा पूर्व क्यासिनो सञ्चालन हुँदा बाँकी रहेको बक्यौता कर र अन्य दायित्व क्यासिनो माजोङको हुने भनी उल्लेख गरियो।

तर नयाँ व्यवस्थापन आएसँगै पुराना कर्मचारीलाई हटाउन सुरु भयो।

माजोङले पाउने भन्दा थोरै रकम दिएर धेरै कर्मचारीलाई हटायो। केहीलाई तलब सुविधा कटौती गर्दै काममै राख्यो।

ती मध्ये कार्की सहित ५१ जना कर्मचारी श्रम कार्यालय गए। जसमध्ये तीनको मुद्दा किनारा लाग्दा–नलाग्दै पालोपाले गरि मृत्यु भयो।
सोल्टी होटल लिमिटेडस्थित क्यासिनोमा विगत ४० वर्षभन्दा बढी अवधि काम गरेका बाबुकाजी कार्कीसहितका ५१ जना कामदार कर्मचारीहरुको बक्यौता पारिश्रमिक, भत्ता लगायतको ८ करोड रुपैयाँ ७ दिनभित्र भुक्तानी दिई साविक सेवामा लगाउन श्रम कार्यालय, वागमती अञ्चलले नयाँ व्यवस्थापन क्यासिनो माजोङलाई आदेश दिएको थियो।

श्रम कार्यालयको २०६८ असार २ गतेको निर्णय बमोजिम ४९ जना कामदार कर्मचारीले प्राप्त गर्नुपर्ने रकम २०६९ फागुन ११ गते कार्की लगायत ४६ जना कर्मचारीहरुको हकमा निर्णय ठहर भएको रकम र २०७० बैशाख ३० गते स्वर्गीय लक्ष्मण विक्रम श्रेष्ठका हकमा प्रजेन्द्र श्रेष्ठ समेत ३ जनाले पाउनुुपर्ने गरी गरिएको निर्णय अनुसारको रकम समेत ७ दिन भित्र भुक्तानी गर्न आदेश दिएको हो।

सोल्टी होटल लिमिटेड र माजोङ इन्टरटेनमेन्ट प्रालिबीच २०६९ कात्तिक २४ गते भएको लिज सम्झौता बमोजिम क्यासिनोको नाम मात्रै परिवर्तन गरी संचालन गरिएको र क्यासिनो नेपालमा कार्यरत कतिपय कामदार कर्मचारीहरुलाई सेवा अवधि गणना गरी उपदान लगायतका केही बक्यौता रकम क्यासिनो माजोङले भुक्तानी गरेको हुँदा ५१ जना कर्मचारीलाई साविक सेवामा लगाउने र तिर्नु बुझाउनु पर्ने सम्पूर्ण दायित्व माजोङ इन्टरटेन्मेन्ट प्रालिले लिनुुपर्ने भनी श्रम कार्यालयले निर्णय कार्यान्वयनका लागि आदेश दिएका थियो।

श्रम कार्यालयका निर्णयहरु ७ दिन भित्र कार्यान्वयन नगरेको खण्डमा श्रम ऐन २०४८ को दफा २५ को ९५० बमोजिम चल अचल सम्पत्ति, सरकारी कार्यालयमा राखिएको धरौटी रोक्कामा राख्ने लगायतको कारवाही गरी श्रमिकहरुको दायित्व असुल उपर गरिने आदेशमा उल्लेख थियो।

श्रम कार्यालयले २०६८ असार २, २०६९ फागुन ११ गते र २०७० बैशाख ३० गते गरेका निर्णय बमोजिम माजोङ इन्टरटेन्मेन्ट प्रालिले ४९ जना कर्मचारीलाई भुक्तानी गर्नुपर्ने कुल रकम आठ करोड आठ लाख ५८ हजार आठ सय १५ रुपैयाँ छ।

नयाँ व्यवस्थापन कम्पनी माजोङ इन्टरटेन्मेन्ट प्रालिले क्यासिनो नेपालका ७ सयभन्दा बढी कर्मचारीलाई तलब घटुवा गरी काममा लगाउने तथा दुई सय भन्दा बढी कर्मचारीलाई केही रकम दिई अवकाश दिएपछि आफूहरुको हक हनन भएको भन्दै कार्की समेतका ४९ कर्मचारीहरुले कानुनी उपचारको बाटो रोजेका थिए।

श्रम कार्यालयको फैसला बिरुद्ध माजोङका बिनोद श्रेष्ठ श्रम अदालत गए। तर श्रम अदालतले २०७० असोज १६ मा पूनरावेदनको हदम्याद नाघेको भन्दै निवेदन खारेज गरिदियो। न्यायाधीश धिरबहादुर चन्दको इजलासले निवेदन खारेज गरेपछि श्रेष्ठ सर्वोच्च गए।

सर्वोच्च अदालतले २०७३ साउन १८ मा श्रम अदालतकै फैसला सदरमात्र गरेन श्रमिकको रकम भुक्तान गर्न आदेश दिँदै फैसला सुनायो। सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले कम्पनीको व्यवस्थापन र नाम परिवर्तन गर्दैमा नयाँ कम्पनी भन्न नमिल्ने भन्दै श्रमिकको रकम भुक्तानीका लागि फैसला गरेको थियो।

प्रकाशित १९ पुस २०७५, बिहिबार | 2019-01-03 12:47:36
Max TV
Max TV
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...

  • परीक्षाकै सूचना हराएको त्रिवि

    पत्रकारिता तेस्रो सेमेस्टर अन्तिम परीक्षा आइरहेकाले भर्खरै बिग्रिएको मोबाइलको डिस्प्ले बनाउन मन लागेन।

  • हङकङको आकाशमा निष उपाध्याय

    हङकङको आकाशमा निष उपाध्यायको ‘गुड फ्लाइङ’ (भिडियो)

    ‘हङकङमा २०११ देखि व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडाउँदै आएको छु। मैले उडाउने धेरै मानिस चिनियाँ र केही नेपाली साथीभाइ हुन्छन्। पैसा लिएर होइन,...