हिमाल–पहाड ज्ञानको भण्डार हो, अब ज्ञानको खेती गरौंः महेन्द्र पी लामा (भिडियो)



महेन्द्र पी लामा
महेन्द्र पी लामा
प्रविन कोइराला

भारत, नेपाल, भुटान जहाँसुकै होस्, हामी हिमाल–पहाडमा बस्ने जातिका नानीहरु होनहार हुँदा रहेछन्। शिक्षा र राम्रो मार्गदर्शन दिएको खण्डमा उनीहरू एकदमै राम्रो प्रकारले बगेर जाने रहेछन्।

त्रिभुवन विश्वविद्यालको कुलपतिले ४४ औं दीक्षान्त समारोहमा मुख्य वक्ताको रुपमा मलाई निम्त्याउनु भयो। मैले तत्कालै स्वीकार गरें। सोमबार पुल्चोक इन्जिनियरिङ कलेजमा भव्य कार्यक्रममा दीक्षान्त समारोह भयो।

करिब २० हजार मानिस भेला भएको त्यो समारोहमा दुई तीन वटा विषयले मलाई छोयो।

देशको एउटा विश्वविद्यालयले प्रधानमन्त्रीलाई निम्त्याएर चार घण्टा राखेर सफलतापूर्वक कार्यक्रम गर्न सक्नु नै ठूलो कुरा हो। जसरी अभिभावकहरुले भाग लिए त्यसले गर्वित बयानो र प्रफुल्लित पनि भएँ। पढ्न लेख्न थालेको हाम्रो यो पहिलो वा दोस्रो पिंढी मात्रै हो। अभिभावकले मेरो नानी ग्रयाजुयट हुँदैछ त्यसमा जानु पर्छ भनेर कार्यक्रममा सहभागी हुनु ठूलो कुरा हो। गाउँ, बस्ती कुनाकन्दराबाट नानीहरुलाई च्यापेरै ल्याउनु भयो।

हामीले त्यहाँ खुला प्रकारले बोल्यौं। प्रधानमन्त्री, शिक्षामन्त्री उपकुलपति र मैले जसरी खुल्ला रुपमा बोल्यौं, त्यसमा धेरै विषय आए। आजको नेपाल, विश्वको सन्दर्भमा धेरै घतलाग्दा विषयहरु आए। सानो देश भएपनि वैश्विक विषयहरु आए। भारत, चीन, अमेरिकामा जसरी शिक्षाका बारेमा कुरा उठ्छ, यहाँपनि सबैले एकीकृत रुपमा कुरा गर्‍यौं।

मैले शिक्षा नपाएको भए म पनि अर्को देशमा काम गर्न जान्थें कि? आफ्नो देशमा काम गर्दा पनि तलै बसेर गर्थें होला। मेरो पिताजीलाई बाजेले शिक्षा दिनुभयो। राम्रो व्यक्ति भएर धेरै राम्रो काम गर्नुभयो। उहाँले हामीलाई शिक्षा दिनुभयो। (यसरी शिक्षा प्राप्त गर्ने) हामी दोस्रो पिंढी मात्रै हो।

भारतमा अरु जातिमा त्यस्तो छैन। बंगाली, तामिल, मराठीहरुलाई हेर्‍यौं भने उनीहरुको पाँच, आठ र दश पिंढीले शिक्षा प्राप्त गरेका छन्। जापानी, अमेरिकी हेरौं, उनीहरुले पढन थालेको धेरै पिंढी भैसक्यो।

मलाई घत लाग्ने कुरा के हो भने हामी एक वा दुई पिंढी पढ्नेहरु पनि धेरै माथि पुगेका छौं। भारत, नेपाल, भुटान जहाँसुकै होस्, हामी हिमाल–पहाडमा बस्ने जातिका नानीहरु होनहार हुँदा रहेछन्। शिक्षा र राम्रो मार्गदर्शन दिएको खण्डमा उनीहरू एकदमै राम्रो प्रकारले बगेर जाने रहेछन्।

भारतमा ‘राइट टु एजुकेशन’ (अभियान) छ। नेपालमा पनि प्रधानमन्त्रीले ‘अब कुनै पनि नानीहरु शिक्षाबाट बञ्चित हुन नपरोस्’ भनेर मिसन शुरु गर्नु भएको छ। त्यसले नयाँ पिंढी निर्माण गर्छ भन्ने लाग्छ। यसमा सबैभन्दा ठूलो भूमिका नै विश्वविद्यालयको हुन्छ। विश्वविद्यालयले कसरी गाउँ घरसँग सम्बन्ध राख्छ, समुदायसँग कसरी जोडिन्छ भन्ने विषय महत्वपूर्ण हुन्छ।

हामी पनि विद्यार्थी भएर हुर्केरै शिक्षक भएको हो। अहिले विद्यार्थीसँग नै हुर्किंदै छौं। विद्यार्थीले पनि सिकाए, हामीले पनि सिकायौं। कक्षा कोठाभित्रको शिक्षा निकै सानो विषय हो। किन्चित मात्राको मात्रै हो। बाहिर ढुंगालाई हेर्‍यो भने त्यहीँ शिक्षा छ, रुखमा हेर्‍यो भने पनि त्यही देखिन्छ। ओखतीमूलोलाई हेर्‍यौं भने पनि त्यस्तो पाउछौं। विश्व नै ज्ञानको खोजीमा हिंडेको छ। अब हामी नयाँ कुरा उत्पादन गर्न नयाँ मिसनमा जानुपर्छ।

हिजोसम्म हामीले धान, गहुँ, इस्कुसको खेति गर्‍यौं अब ज्ञानको खेति गर्नुपर्छ। अब धानको खेति गर्दा के हुँदोरहेछ र ज्ञानको खेति गर्दा के हुँदोरहेछ हेरौं। अमेरिका, जापान, चीन र भारतले ज्ञानको खेति गर्दा के भयो? सिमल तरुल, इस्कुस र सखरखण्डको मात्रै खेति गर्दा के हुँदोरहेछ, देख्यौं। 

सोमबारको दीक्षान्त समारोहमा पहाड–हिमाल क्षेत्र ज्ञानको भण्डार हो भनेर प्रधानमन्त्री, शिक्षामन्त्री र मैले बोल्यौं। तर यो ज्ञानलाई कसरी सम्हाल्ने त? हामीले सिक्किम विश्वविद्यालयमा मौखिक इतिहासको कार्यक्रमहरु चलायौं। त्यसमा हामीले यही भन्यौं– बाजे मरे, बजु मरिन। दुईवटा पुस्ता गए। अब यस्तो हुन दिन्नौं है। बाजे र बजुको ओखतिमूलोदेखि ज्ञानको जुन अनुभव थियो, त्यो कसैले पनि पेपरमा लिएनौं। लिनसक्ने अवस्था किन भएन भने हामी आफै अशिक्षित थियौं। हामी लेख्न, पढ्न सक्दैनथ्यौं। यही ज्ञानले अमेरिकी, जापानी कहाँ पुगे। हाम्रै ओखतिमूलोको ज्ञान प्रयोगशालामा लगेर उनीहरुले प्याटेन्ट गरेर लाइसेन्स पाए। र, क्यान्सरको दबाई बनाउँदैछन्।
***
ज्ञान र शिक्षाको विषयमा हामी (दार्जिलिङ–सिक्किमका मानिस) अलि अघि हौंला। तर दार्जिलिङ–सिक्किम भारतको एउटा जिल्ला भयो अर्को राज्य। भारतको सबैभन्दा तलको जिल्ला हो दार्जिलिङ। भारतजस्तो ठूलो देशमा जिल्ला के हो र? ७–८ सय जिल्लामध्ये हामी एउटा हौं। नेपाल त राष्ट्र हो नि। तपाईं अमेरिका गएर पनि चर्चा परिचर्चामा भाग लिनसक्नु हुन्छ। विश्व बजार पनि पिट्न सक्नु हुन्छ। संसारकै सबैभन्दा राम्रो प्राविधिक संस्थासँग मिलेर काम गर्नसक्नु हुन्छ। यो विषयमा देशले गर्नसक्ने कार्यक्रम जुन छ त्यो भएको छैन कि जस्तो लाग्छ।

शिक्षक भएपछि कसरी लेख्ने, कसरी पढ्ने, कहाँबाट ज्ञान जम्मा गर्ने भनेर ज्ञान दिने काम एउटा भयो। तर त्यो भन्दा ठूलो काम विद्यार्थीलाई कसरी सपना देख्ने बनाउने भन्ने हो। कसरी कल्पना गर्ने शक्ति दिने, कुन कल्पना र सपनाले त्यो विद्यार्थीले एक दिन ठ्याक्कै नयाँ कुरा गर्छ, त्यो नै शिक्षकको काम हो। साधारण विद्यार्थीलाई सपना देखाइदिने हो भने सिर्जनशील विद्यार्थीले धेरै गर्न सक्छ। तर उसले मौका नै पाएको छैन, कसैले उसलाई तिमी यस्तो छौ भनेर भनेकै छैन। हामी शिक्षकको काम यही हो। 

जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु) मा हामी यही काम गर्छौं। देशभरका सबै तहका विद्यार्थी आउँछन्। कक्षाकोठामा हामी सबै कुरा भन्छौं– विदेशमा यस्तो हुन्छ, देशमा यस्तो हुन्छ र गाउँमा यस्तो हुन्छ। एउटा सोच लिएर आएको विद्यार्थीमा दुई वर्षमै व्यापक परिवर्तन हुन्छ। नेपालमा पनि यही देखिन्छ।

(दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक महेन्द्र पी लामासँगको कुराकानीमा आधारित) 

प्रकाशित १८ पुस २०७५, बुधबार | 2019-01-02 14:15:49
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • २०७० मा माओवादी विभाजनपछि जनयुद्ध दिवस मनाउन थवाङ जाने क्रममा विप्लव र बादल

    बादलले त्यो आधुनिक राइफल आफैंले लुकाए कि विप्लवलाई बुझाए?

    बादलको सुरक्षाका लागि एक गलिल राइफल र एउटा माउजर दिइएको थियो। ‘आईएलएम ०००२१९९’ बारकोड भएको यो राइफल इलामस्थित तत्कालीन माओवादी लडाकुको नम्बर–१...

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...