सर्वाेच्चमा ‘स्टे अर्डर’ को मूल्य १० लाख!



चोलेन्द्र शमशेर राणा
चोलेन्द्र शमशेर राणा

‘मेरो जानकारीमा छ, एउटा मुद्दामा ‘स्टे अर्डर’ १० लाख रुपैयाँमा किनबेच भएको छ।’

संसदीय सुनवाई विशेष समिति सदस्य निरुदेवी पालले मंगलबार प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणालाई सोधेको प्रश्न हो यो।

सदस्य पालका अनुसार कृषि विकास बैंक र एक ऋणी बीचको मुद्दा सर्वोच्च अदालतले १० लाख रुपैयाँमा किनबेच भएको हो।

‘१ बजे लिलामको सुरुवात हुने थियो, साढे ११ बजे स्टे अर्डर लिएर आए’ पालले समितिमा भनिन्, ‘ती व्यक्तिले आफूले १० लाख घुस खुवाएर आफ्नो पक्षमा अन्तरिम आदेश लिएर आएको हुँ', भनेका छन्।

१० लाख रुपैयाँ घुस लिएर अन्तरिम आदेश दिएको भन्ने सांसद पालको जिज्ञाशाको उत्तर उनले अप्रत्यक्ष रुपमा दिए। उनले भने, ‘प्रधानन्यायाधीशमा अनुमोदन भएँ भने अदालतमा हुने बिचौलियाको चलखेल भोलिबाटै रोक्ने छु।’

वीरगञ्जको छपकैया छठ पोखरी व्यक्तिका नाममा गरेको फैसलाका विषयमा समितिका सदस्यले प्रश्न सोधेपछि उनले आफूले न्यायको आधारमा फैसला गरेको दाबी गरेका थिए।

‘मलाई जानकारी आयो, ‘छपकैया पोखरीका धनी बन्ने व्यक्ति यहाँका नातेदार हुन्,’ सदस्य सुरेन्द्र पाण्डेले सोधेका थिए।

प्रस्तावित प्रधानन्यायाधीश राणालाई परेका ९ थान उजुरीमा सिलसिलेवार रुपमा समितिका सदस्यहरुले प्रश्न राखेका थिए।

प्रकाशित १७ पुस २०७५, मंगलबार | 2019-01-01 15:16:00
Max TV
Max TV
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • लगानी बोर्ड

    अन्तर्राष्ट्रिय लगानी सम्मेलनः यस्ता छन् लगानीकर्ताले नियाल्ने ७१ आयाेजनाहरु

    सम्मेलनका लागि १८ वटा जलविद्युत आयोजना छानिएका छन्। जसमा ७ वटा जलविद्युत आयोजना सरकारले प्रस्ताव गरेको छ, भने ११ वटा जलविद्युत आयोजनालाई निजी...

  • चट्टाने पहाडभित्र यस्तो बन्दैछ देशलाई झन् उज्यालो बनाउने आयोजना (३५ तस्बिर)

    तिब्बतको सिमा नजिकै निर्माण भइरहेको यो आयोजना नै सायद नेपाल सरकारले बनाइरहेको यस्तो एउटा विकास आयोजना होला, जहाँ अमेरिकी, भारतीय, चिनियाँ र...

  • कञ्चनपुरमा बरामद १८ किलाे सुन

    बत्तीस केजी सुनका अभियुक्तविरुद्ध मुद्दा

    कञ्चनपुरबाट बरामद ३२ केजी अवैध सुनका सम्बन्धमा राजस्व अनुसन्धान विभागले अदालतमा मुद्दा दर्ता गरेको छ।