सर्वसम्मतिबाट प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर राणा अनुमोदित

‘सर्वाेच्च अदालतबाट बाहिरिँदा मेरो अनुहार कुरुप हुनेछैन’



चोलेन्द्र शमशेर राणा
चोलेन्द्र शमशेर राणा

प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको नाम संसदीय सुनुवाई समितिले अनुमोदन गरेको छ।

भर्खरै सम्पन्न संसदीय सुनवाई समितिको बैठकले प्रधानन्यायाधीशमा राणाको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो। 

आफ्नो नाम अनुमोदन हुनुअघि राणाले आफ्नो अनुहारमा कालो पोतिने गरी सर्वाेच्च अदालतबाट बाहिरिने स्थिति सिर्जना हुन नदिने बताएका थिए।

संसदीय सुनुवाई समितिका सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै ४ बर्षे कार्यकालमा अनुहार कुरुप हुने कुनै गतिविधि नगर्ने विश्वास सांसदहरुलाई दिलाउन खोजे।

‘मेरो नाम अनुमोदित हुँदा प्रधानन्यायाधीसका रुपमा ४ बर्ष कायम रहनेछु’ राणाले भने, ‘पदबाट बाहिरिँदा आफ्नै अनुहार कुरुप पार्ने काम मबाट हुनेछैन।’

तत्कालिन प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिँहविरुद्ध मुद्दा दायर गरेका र पछि मुद्दा फिर्ता लिई सिँहकै कार्यकालमा पुनरावेदन अदालतको न्यायाधीश बनेको आरोप केही सांसदले सुनुवाईका क्रममा लगाएका थिए।

यसैगरी पूर्व राजपरिवारसँग सम्बन्ध भएको आधारमा पूर्व अधिराजकुमारी प्रेरणा सिंहलाई स्वयम्भू छाउनीको घरजग्गाको मुद्दामा जिताइदिएको आरोपपनि उनीमाथि लागेको थियो।

यी दुबै आरोपमा सत्यता नभएको दावी राणाले गरे। ‘पूर्व अधिराजकुमारी सिँह मेरो नातेदार पर्नुहुन्न, पूर्व राजपरिवारसँग मेरो कुनै नाता सम्बन्ध छैन’ उनले भने, ‘न्यायको प्रकृति अनुसार मैले त्यो मुद्दाको फैसला गरेको हुँ।’

पूर्व प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको उमेर र शैक्षिक प्रमाणपत्र सम्बन्धी विवादका कारण केही न्यायाधीशले बेञ्च बहिस्कार गरेका थिए। न्याय बचाउन आफूले उतिबेला त्यो कदम चालेको स्पष्टिकरण उनले दिए।

सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रस्तावित प्रधानन्यायाधीश राणा करिव ४५ मिनेट बोलेका थिए।

त्यसपछि बसेको सुनुवाई समितिको छुट्टै बैठकले उनको नाम सर्वसम्मतिले अनुमोदन गर्दै यस सम्बन्धी जानकारी संवन्धित निकायमा गराउने निर्णय गरेको छ।

प्रकाशित १७ पुस २०७५, मंगलबार | 2019-01-01 13:29:36
Max TV
Max TV
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • २०७० मा माओवादी विभाजनपछि जनयुद्ध दिवस मनाउन थवाङ जाने क्रममा विप्लव र बादल

    बादलले त्यो आधुनिक राइफल आफैंले लुकाए कि विप्लवलाई बुझाए?

    बादलको सुरक्षाका लागि एक गलिल राइफल र एउटा माउजर दिइएको थियो। ‘आईएलएम ०००२१९९’ बारकोड भएको यो राइफल इलामस्थित तत्कालीन माओवादी लडाकुको नम्बर–१...

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...