अवैध संरचना हटाउनुु पर्ने माग गर्दै भातृ संगठनहरु आन्दोलित

अवैध भवनहरुमा रातो रङ्गको ‘क्रस’ चिन्ह



महेन्द्रनगर नगर विकास समितिको जग्गा अतिक्रमण गरी निर्माण भइरहेका अवैध संरचना हटाउनुु पर्ने माग गर्दै प्रमुख राजनीतिक दलका भातृ संगठनहरु आन्दोलित भएका छन्।

नगर विकास समितिको जग्गामा प्रक्रिया मिचेर अवैधानिक तरिकाले निर्माण कार्य भइरहेको भन्दै भातृ संगठनहरु आन्दोलित भएका हुन्।

महेन्द्रनगर बजारलाई नै कुरुप बनाउने गरी अवैध रुपमा निर्माण भईरहेका संरचनालाई तत्काल हटाउनु पर्ने उनीहरुको माग छ। अवैधानिक तरिकाले निर्माण भएका भवनहरुमा उनीहरुले सोमवार रातो रङ्गको ‘क्रस’ चिन्ह लगाएर सांकेतिक आन्दोलनमा उत्रिएका छन्।

प्रक्रिया मिचेर लिजका नाममा जग्गा दिने कार्य र निर्माण कार्यलाई रोक्न आफूहरु संयुक्त रुपमा आन्दोलित भएको युवा संघका केन्द्रीय सदस्य रामचन्द्र रेग्मीले बताए।

अवैधानिक अतिक्रमणलाई हटाउन सरकारलाई दवाव दिन आफूहरुले सांकेतिक आन्दोलन स्वरुप त्यस्ता घरहरुमा रातो चिन्ह लगाइएको नेपाल तरुण दलका नेता महेन्द्र खड्काले बताए। सरकारी जग्गामा भएको अतिक्रमण हटाउन सरकारले कुनै पहल नगरे आफूहरुले नै त्यस्ता घरहरु भत्काउने उनिहरुले चेतावनी दिए।

नगर विकास समितिका केही व्यक्तिले मनोमानि ढङ्गले सरकारी जग्गा आफ्ना मान्छेका नाममा राखेको भन्दै प्रक्रिया मिचेर गरिएका सम्झौता र खरिद बिक्री खारेज हुनुपर्ने अखिल क्रान्तिकारीका नेता चन्द्रकान्त भट्टले माग गरे।

अवैधानिक तरिकाले बनेका घरहरु हटाउन सरकारले वैधानिक बाटो देखाएर टार्न खोजेको उनीहरुको आरोप छ। गत पुस ९ गते जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक महिनाभित्र अवैधानिक तरिकाले बनेका भवन हटाउन आदेश दिएको थियो।

प्रकाशित १६ पुस २०७५, सोमबार | 2018-12-31 21:46:42
Max TV
Max TV
Vianet

गोकुल जोशीबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • हङकङको आकाशमा निष उपाध्याय

    हङकङको आकाशमा निष उपाध्यायको ‘गुड फ्लाइङ’ (भिडियो)

    ‘हङकङमा २०११ देखि व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडाउँदै आएको छु। मैले उडाउने धेरै मानिस चिनियाँ र केही नेपाली साथीभाइ हुन्छन्। पैसा लिएर होइन,...

  • दीपक नेपाल

    ट्वीटरका सेलिब्रिटी यी ट्याक्सी ड्राइभर

    ‘शैक्षिक प्रमाणपत्र सिरानीमुनि राखेर ट्याक्सी चलाइरहेको छु। होइन–होइन, जिन्दगी चलाइरहेको छु।’

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...