आईजीपी खनालको पुरानै आश्वासनः निर्मलाको हत्यारा जोकोही भएपनि छाडिन्न




Picasa

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला पन्तका हत्यारा जो कोही भए पनि नछोड्ने पुरानै आश्वासन दोहोर्‍याएका छन् ।

प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको नियमित अनुगमनका क्रममा यहाँ आएका आईजीपी खनालले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पत्रकारसँग कुराकानी गर्दै पहिलेकै आश्वासन दोहोर्‍याएका हुन्।

घटनाको अनुसन्धान जारी रहेको बताउँदै उनले निर्दोष नफस्ने र दोषी जो कोही भएपनि नछाडिने बताए। अनुसन्धानमा प्रहरी कसैको दबाब र प्रभावमा नपरेकाे उनको जिकीर छ।शंकाको घेरामा आएका साना ठूला सबैलाई अनुसन्धानको दायरामा ल्याइने उनले बताए ।

आईजीपी खनाल निर्मला हत्याकाण्ड पछि दोस्रो पटक कञ्चनपुर आएका हुन्। उनले समुदाय–प्रहरी साझेदारी कार्यक्रम, प्रहरी एकाइको वस्तुस्थिति लगायतका विषयमा पनि जानकारी लिएका छन् ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको पाँच महिना भन्दा बढी समय भैसक्दा पनि हत्याराको पहिचान गर्न नसकेको भन्दै प्रहरीको चौतर्फी आलोचना भइरहेका बेला अनुसन्धानमा आइजीपी आफै सक्रिय भएका छन्। 

आईजीपी खनाल आइतबार केन्द्रीय अनुसन्धान ब्युरो, इन्टरपोल शाखा प्रमुख र महानगरीय अपराध महाशाखाका अधिकारीहरूसहित कञ्चनपुर पुगेका हुन्। महानिरीक्षकको टोलीमा ब्युरोका प्रमुख डिआईजी निरजबहादुर शाही, इन्टरपोलका एसपी उमेशराज जोशी, सचिवालयका एसपीद्वय गणेश रेग्मी र रामदत्त जोशी छन्।

यस्तै महानगरीय अपराध महाशाखाका डिएसपी रुँगम कुँवर र वरिष्ठ सई गजेन्द्र रावल पनि महानिरीक्षकको टोलीसँगै यहाँ आएका छन्।

प्रकाशित १५ पुस २०७५, आइतबार | 2018-12-30 17:39:10
Max TV
Max TV
Zen Travels
Vianet

गोकुल जोशीबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।

  • काठमाडौंका एकजना बाइकधनी टुटल टुडे अन्तर्गत भाडाका यात्रु बोक्ने क्रममा

    सिंहदरबार पस्यो टुटल र पठाओको बहस, केही दिनमै निर्णय

    दुई पाङ्ग्रे ट्याक्सीको उपमा पाएका टुटल र पठाओ यातायात सेवालाई नियमन र अनुगमनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल सुरु भएको छ।