यसरी मनाइँदैछ सुदूरपश्चिममा ‘पुसे १५’



आज पुस १५, कञ्चनपुरसहित ‘सुदूरपश्चिम’ प्रदेशमा ‘पुसे १५’ मनाइँदै छ।

आजको रात अरु दिनको तुलनामा लामो हुने मान्यता अनुरुप यो रातलाई ‘ठुली रात’ का रुपमा पनि लिइन्छ।

डोटेली लोकसंस्कृतिको मौलिक पहिचान बोकेको यो पर्वलाई वर्षभरिकै सबैभन्दा लामो रात भएको विश्वासमा हर्षोल्लासपूर्वक मनाउने गरिन्छ।

आज राति स्थानीयहरु एक ठाउँमा भेला भएर रातभरि जाग्राम बस्ने गर्छन। राति मीठा–मीठा परिकार पकाएर खाने गर्छन। रातभरि जाग्राम बसी कथा, कहानी सुन्ने र सुनाउने गरिन्छ।

स्थानीय भाषामा ‘पन्नरकी रात’ भनिने यस पर्वमा ग्रामिण क्षेत्रका मानिसहरुले दिनभरि तरुल, सखरखण्ड निकालेर रातिमा पकाएर खान्छन् भने शहर क्षेत्रमा किनेर विभिन्न परिकार बनाएर रातिको समयमा खाने प्रचलन रहेको छ।

तरुल, पिंडालु, सखरखण्डलगायतका कन्दमूलका साथै पाकेको फर्सी, स्थानीय परिकार लाउन, बाबर, असिका, माणा, निसौसे, रोटी लगायतका चिल्लो पदार्थ हालेका तातो खानेकुरा खाएर चिसोको रात बिताउने गरिन्छ।

आज १५ किसिमका परिकार खाने प्रचलन स्थानीय करबिर सिंह धामीले बताए। राति कथा, कहानी सुन्ने र सुनाउनेसँगै देउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाइ धुवाई गर्ने गरिन्छ।

यस पर्वमा छरछिमेकी एक ठाउँमा भेला भइ १५ हात लामो दाउराको ‘मूढो’को आगो ताप्ने र एक–आपसमा हाँसो—ठट्टा गरी रमाइलो गर्दै रात बिताउँछन्।

प्रकाशित १५ पुस २०७५, आइतबार | 2018-12-30 16:07:03
Max TV
Max TV
Vianet

गोकुल जोशीबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • हङकङको आकाशमा निष उपाध्याय

    हङकङको आकाशमा निष उपाध्यायको ‘गुड फ्लाइङ’ (भिडियो)

    ‘हङकङमा २०११ देखि व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडाउँदै आएको छु। मैले उडाउने धेरै मानिस चिनियाँ र केही नेपाली साथीभाइ हुन्छन्। पैसा लिएर होइन,...

  • दीपक नेपाल

    ट्वीटरका सेलिब्रिटी यी ट्याक्सी ड्राइभर

    ‘शैक्षिक प्रमाणपत्र सिरानीमुनि राखेर ट्याक्सी चलाइरहेको छु। होइन–होइन, जिन्दगी चलाइरहेको छु।’

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...