निर्मला प्रकरण: ‘आइजी सा’पको अगाडि ढुंगा बोल्छ’ (भिडियाे)



निर्मला बलात्कार तथा हत्या प्रकरणका दाेषी भनेर प्रचार गरिएका रावल र चाैधरी
निर्मला बलात्कार तथा हत्या प्रकरणका दाेषी भनेर प्रचार गरिएका रावल र चाैधरी

मंसिर १९ गते अपरान्ह बा २ झ ३५६३ नम्बरको मित्सुबिसी गाडी प्रहरी प्रधान कार्यालय नक्सालबाट बाहिर निस्क्यिो।

बुधबारको दिन कार्यालय समय सकिन लागेकाले नक्साल, लाजिम्पाट क्षेत्रमा ट्राफिक चाप बढ्दै थियो। साइरन बजाउँदै निस्केको तीनतारे प्लेट भएको सो गाडी नारायणहिटी उत्तरढोका तर्फ लाग्यो। अगुवापछुवासहित निस्केको गाडी लाजिम्पाटस्थित केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) पुगेर टक्क रोकियो।

गाडीमा सवार थिए प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल।

त्यहाँ सिआईबीले दुई व्यक्ति पक्राउ गरेर राखेको थियो। प्रहरी प्रमुख खनाल तिनै दुई जनासँग भेट्न चाहन्थे, बयान लिन चाहन्थे। खनालकै आग्रहमा सिइआबीले निर्मला बलात्कार र हत्या प्रकरणमा पक्राउ परेका प्रदीप रावल र विशाल चौधरीलाई बयानका लागि तयार राखेको थियो।

प्रहरी महानिरीक्षक खनालले कसरी लिए त बयान?

भिडियाे

२४ दिन थुनामा बिताएर बुधबार रिहा भएका प्रदीप रावलसँग नेपालखबरले बिहीबार लामो कुराकानी गरेको थियो। रावलले महानिरीक्षकको बयान शैली नेपालखबरलाई सुनाए।

‘म आइजी हुँ। मलाई चिन्यौ होला होइन?’, खनालले बयान लिन सुरु गर्दै धम्क्याएका थिए, ‘मेरो अगाडि ढुंगा त बोल्छ तिमेरु त मान्छे हउ।’ उनले टेलिभिजनमा देखेजस्तो लागेको जवाफ दिए।

बयान लिने समयमा आइजिपी, डिआइजी र डिएसपी उपस्थित थिए। ‘घटना तिमेरुले गराएका हो भन्ने सब थाहा भइसकेको छ। सत्य थाहा भइसकेको छ। झुटो नबोल्। हामी तिम्रै मुखबाट सुन्न चाहन्छौं’, महानिरीक्षक खनालकाे डायलग स्मरण गर्दै प्रदीपले सुनाए।

‘मैले गरेको कामलाई गरेको भन्छु, नगरेको कामलाई कसरी गरेको भन्नु भनेँ। आइजी सरले बाबु तिमी झुट नबोल। मेरो अघि ढुंगा त बोल्छ भनेर फेरि भन्नुभयो’, उनले नेपालखबरसँग भने, ‘मसँग धेरै समय पनि छैन।’ हिरासतमा लिएपछि प्रहरीले साबिती बयानका लागि आफूलाई यातना, धाकधम्की र प्रलोभन दिएको उनको भनाइ छ।

पक्राउ, यातना र रिहा
‘मैले चलाउने एउटा मोबाइल थियो। काकासँगको रिसमा फोडेर फ्यालेको थिएँ। त्यो कहाँ गयो, किन फ्यालेको र कहाँ फ्यालेको भनेर केरकार गर्नुभयो’ प्रदीपले भने कहिले हिटरमा पिसाब गर्न लगाउने त कहिले सरकारी साक्षी बन्न भन्नुभयो।’

यी दुई व्यक्तिसँग बयान लिएसँगै प्रहरी महानिरीक्षक खनालले निर्मला बलात्कार तथा हत्या प्रकरणका दोषी पक्राउ परेको प्रचार गरेका थिए। उपप्रधानमन्त्री इश्वर पोखरेल, सञ्चारमन्त्री गोकुल बासकोटासहित सरकारका मन्त्रीहरुले उनकै भनाइमा आधारित भएर निर्मला प्रकरणका दोषी पक्राउ परिसकेको सार्वजनिक अभिव्यक्ति दिएका थिए।

प्रदीप रावल तेस्रो पटक पक्राउ पर्दा उनको बयान लिन प्रहरी महानिरीक्षक आफैँ पुगेका हुन्। यसअघि उनीसँग प्रहरीले दुई पटकसम्म सोधपुछ गरेको थियो। घटना लगत्तै उनलाई ब्युरोको टोली र कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। संलग्नता पुष्टिको आधार नभेटेपछि उनी दुवै पटक रिहा भएका थिए। ब्युरो टोलीले भदौ ४ देखि काठमाडौंमा बस्दै आएका प्रदिपलाई मंसिर १७ गते काठमाडौं महाबौद्धबाट अति जरुरी पक्राउ पूर्जी दिएर नियन्त्रणमा लिएको थियो। अभद्र व्यवहार शीर्षकमा पक्राउ उनीसँग प्रहरीले निर्मला प्रकरणमा बयान लिने काम गरिएको थियो।

हाल प्रदिपलाई माघ १० गते जिल्ला प्रशासन कार्यालयमा हाजिर हुनेगरी छोडिएको छ। विशाल साधारण तारेखमा रिहा भएका छन्। 

 प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल

कुखरा चोरसम्बन्धी आइजिपीको त्यो बयान
२०७५ मंसिर २४ गते प्रहरी महानिरीक्षक खनाल संसदको दिगो विकास र तथा सुशान समितिमा उपस्थित थिए। निर्मला प्रकरणको अनुसन्धान साँघुरो हुँदै गएको बताउँदै उनले त्यहाँ निकै रोचक ढंगले सांसदहरुलाई ब्रिफिङ गरे।

'कुखुरा चोरले गरेनँ भनेर पनि कसैले भन्न सक्नुहुन्न। कुखुरा चोर नराम्रै मान्छे हो पनि भन्न सक्नुहुन्न। कुखुरा चोर राम्रो भनेर पनि कसरी भन्न सक्ने। एक पटक कुखुरा चोरेको कुरालाइ सधैँ यो कुखुरा चोर हो भनिरहनु पनि सान्दर्भिक हुन्न', महानिरीक्षक खनालको भनाइले सांसदहरूको दिमाग घुम्यो। उनले त्यो गोलमाटोल अभिव्यक्ति यिनै रावल र चौधरीको पृष्ठभूमिलाई संकेत गर्न दिएका थिए।

निर्मला साउन १० गते बेपत्ता हुनुअघि स्थानीय प्रहरीले प्रदीपलाई नियन्त्रणमा लिएको थियो। कुखुरा पसल चोरीको अभियुक्त खोजी गरिरहेको प्रहरीले उनलाई शंकाको घेरामा सोधपुछ गरेको थियो। उनले विशालले चोरेकाे होला भन्ने जवाफ दिएपछि उनको खोजी भएको थियो।

‘मैले होइन, विशालले होला भनेको थिएँ। फर्किदा बाटोमा भेटभयो। साउन १० को साँझसम्म म दुनोट फ्याक्ट्रीमा काम गर्न गएको थिएँ,’ प्रदिपले नेपालखबरसँग भने। विशालकाअनुसार साउन १० गते १ बजे प्रहरीले उनलाई पक्राउ गरेर हिरासतमा राखेको थियो। उनी साउन ११ गते मात्रै रिहा भएका थिए।

अन्तर्राष्ट्रिय पैरबीको तयारी
गाँउमा अभिभावकबिहीन रहेका प्रदीप कहिले कहीँ मनोद्विपक औषधि (नाइट्रोभेट) र गाँजा सेवन गर्ने गरेको स्वीकारेका छन्। तर आफू दुर्व्यसनी नभएको उनको भनाइ छ। प्रदीपको पनि कुरा यस्तै छ। ‘गाँजासाँजा कहिले खान्छु सर तर म केटीको मामिलामा टाढै बस्छु। फेसबुकमा त कुरा गर्दिनँ,’ प्रदिप भन्छन्। उनीहरुको १२–१४ जनाको साथी समूह रहेको समेत दुवैको भनाइ छ। यही समूहले घटना गराएको प्रहरी दाबी छ।

१९ मंसिरको दिन बिहानैदेखि गृह मन्त्रालयमा निर्मला प्रकरणबारे छलफल भएको थियो। त्यसमा महानिरीक्षक खनाल आफैँ सहभागी थिए। दिनभरि गृहमन्त्रालयमा रहेका उनी निर्मला प्रकरणमा छलफल सकेर प्रहरी प्रधान कार्यालय गए। त्यहाँबाट सिधै ब्युरोतर्फ हानिए। उनले प्रदीप र विशालसँग बयान लिए।

घटनाका समयमा यी दुवै किशोर प्रहरी हिरासतमै रहेको सार्वजनिक भएपछि शान्तिका लागि साझा अभियान (कोक्याप) का बद्री भुसाल सबै प्रकरणलाइ नजिकबाट नियालेका थिए। दुवै नाबालिगलाई यातना, दबाब र प्रलोभन दिएर जघन्य अपराध स्वीकार्न लगाउने प्रहरी नेतृत्व, ब्युरो प्रमुख र अन्य प्रहरी अधिकारीबिरुद्ध यातनाबिरुद्धको मुद्दा अघि बढाउने तयारीमा छाैं।

‘देशमा संविधान–कानून केही नभए जस्तो प्रहरीले मनोमानी गर्न पाउँदैन। यो मुद्दा राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा अघि बढ्छ,’ भुसालले नेपालखबरसँग भने ‘अधिकारकर्मीसँग झुटो बोल्नेदेखि नाबालिगलाई हिरासतमा राखेर यातना दिने प्रहरी अधिकारीलाई कारवाही हुनुपर्छ।’

प्रकाशित १२ पुस २०७५, बिहिबार | 2018-12-27 19:41:02
Max TV
Max TV
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • २०७० मा माओवादी विभाजनपछि जनयुद्ध दिवस मनाउन थवाङ जाने क्रममा विप्लव र बादल

    बादलले त्यो आधुनिक राइफल आफैंले लुकाए कि विप्लवलाई बुझाए?

    बादलको सुरक्षाका लागि एक गलिल राइफल र एउटा माउजर दिइएको थियो। ‘आईएलएम ०००२१९९’ बारकोड भएको यो राइफल इलामस्थित तत्कालीन माओवादी लडाकुको नम्बर–१...

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...