नयाँ धरहरा ठडिदा पुरानो धरहराको भग्नावशेष के होला?



धरहरा
धरहरा

७२ मिटर अग्लो र २२ तलाको निर्माणाधीन धरहराको प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बिहान एक भव्य कार्यक्रमका बीच शिलान्यास गरे। दुई बर्षभित्र निर्माण सम्पन्न भएपछि १२ बैशाख (०७२) को भूकम्पले भत्काएको भन्दा अझ अग्लो धरहरा ठडिनेछ।

पुरानो धरहराको आडैमा नयाँ धरहरा त ठडिनेछ। तर, १२ बैशाखको भूकम्पमा भत्किएको पुरानो धरहराको खण्डहर भागको भविष्य चाहिँ नयाँ बनेपछि के होला? त्यसलाई त्यत्तिकै राखिएला वा भत्काइएला?

निर्माण हुन लागेको नयाँ धरहराको प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार शिलान्यास गर्दै गर्दा भूकम्पले भत्काएको पुरानो धरहराको भग्नावशेषलाई जालीयुक्त हरियो कपडाले छोपेर राखिएको थियो।

जानकारी अनुसार, प्रधानमन्त्री ओलीले जहाँनिर बसेर शिलान्यास गरे, नयाँ धरहराको केन्द्रविन्दू त्यही ठाउँमा हुनेछ भने पुरानो धरहराको भग्नावशेषलाई ‘टेम्पर्ड ग्लास’ ले छोपेर राखिनेछ।

शीसाले घेरेर राखिने भएकाले एकातिर दर्शकहरुले पुरानो धरहराको भग्नावशेषपनि देख्न पाउनेछन भने शीसाभित्र वातानुकुलित स्थिति हुने भएकाले बर्षौँसम्म भग्नावशेष जस्ताको तस्तै रहन सक्छन्।

भत्केको धरहराको भग्नावशेष सुरक्षित रहने गरी ‘टेम्पर्ड ग्लास’ को व्यवस्था गर्ने जिम्मेवारीपनि नयाँ धरहरा निर्माणको जिम्मेवारी पाएको ‘रमण जेभी कन्ट्रक्सन कम्पनी’ ले नै पाएको छ। धरहरा निर्माणको सम्झौता पत्रमा नै पुरानो धरहराको संरक्षणका लागि ‘टेम्पर्ड ग्लास’ उसैले लगाउनुपर्ने शर्त उल्लेख गरिएको छ।

प्रकाशित १२ पुस २०७५, बिहिबार | 2018-12-27 19:17:08
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • २०७० मा माओवादी विभाजनपछि जनयुद्ध दिवस मनाउन थवाङ जाने क्रममा विप्लव र बादल

    बादलले त्यो आधुनिक राइफल आफैंले लुकाए कि विप्लवलाई बुझाए?

    बादलको सुरक्षाका लागि एक गलिल राइफल र एउटा माउजर दिइएको थियो। ‘आईएलएम ०००२१९९’ बारकोड भएको यो राइफल इलामस्थित तत्कालीन माओवादी लडाकुको नम्बर–१...

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...