महानिरीक्षक खनाललाई अख्तियारको पत्र




 प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल

देशको शक्तिशाली संवैधानिक निकायको एउटा अंग आफू मातहत ल्याउने निर्णयका कारण प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अप्ठ्यारोमा परेका छन्। महानिरीक्षक खनालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग अन्र्तगत रहेको प्रहरी महाशाखा, आयोगका क्षेत्रीय कार्यालय र सम्पर्क कार्यालय आफ्नो सचिवालय मातहत रहेको भन्दै मंसिर ११ मा पत्राचार गरेका थिए। 

सो निर्णयको आधार खोज्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पत्रै काटेर महानिरीक्षकसँग लिखित जवाफ मागेको छ। आयोगले आफू मातहतको प्रहरी महाशाखालाई आफ्नो सचिवालय मातहत कुन आधार र कसको निर्णयमा राखिएको हो ? भन्ने प्रश्न सोधेको छ।

यसअघि आयोग अन्तर्गतको महाशाखासँग महानिरीक्षक सचिवालयले समन्वयन गर्दै आएको थियो। महानिरीक्षक खनालको निर्णयलाइ आयोगले गम्भीरतापूर्वक लिएको देखिएको छ।

महानिरीक्षक सचिवालय मातहत रहेको अन्वेषण योजना निर्देशनालयका डिआईजी बिनोद शर्मा घिमिरेले मंसिर ११ मा पत्र लेख्दै आयोगको महाशाखा, क्षेत्रिय कार्यालय र सम्पर्क कार्यालय मातहत रहने आवश्यक कार्यार्थ जानकारी पत्र पठाएका थिए।

अन्वेषण योजना निर्देशनालयको चलानी नम्बर २९५ रहेको पत्रमा नेपाल सरकार मन्त्रिपरिषद्को जेठ २७ मा स्वीकृत संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०७५ अनुसार भएको निर्णय र साउन २ मा महानिरीक्षक सचिवालयको पत्र भन्दै प्रहरी महानिरीक्षक सचिवालय, अपराध अनुसन्धान तथा कार्य विभाग, प्रशासन तथा मानव स्रोत विभाग, प्रहरी प्रशिक्षण प्रतिष्ठान, अस्पताल र सातवटै प्रदेश प्रहरीको कार्य बाँडफाँड उल्लेख छ। 

प्रहरी महानिरीक्षक सचिवालयको पत्र जसको अख्तियारले आधार खोजेको छ।

प्रहरी महानिरीक्षक सचिवालयको पत्र जसको अख्तियारले आधार खोजेको छ।

आयोगको दरबन्दी रहेका प्रहरी महाशाखामा नायब महानिरीक्षक(डिआइजी) को नेतृत्वमा ३ सय १० प्रहरी कर्मचारी कार्यरत रहेका छन्। यी प्रहरी अधिकृत अख्तियारले परिचालन गर्ने हो। आयोग संरचनाअनुसार अधिकृत तहका प्रहरी अधिकारीलाई अनुसन्धान अधिकृत तोक्ने व्यवस्था छ।

‘आयोगले लिखित जवाफका लागि पत्र काटेको छ। उनीहरुले (प्रहरी महानिरीक्षको सचिवालय) ले माैखिक रूपमा गल्ती भएको भनेका छन् तर यति महत्वपूर्ण निर्णय कसरी भयो हामीले जवाफ मागेका हौं,’ अख्तियार स्रोतले नेपालखबरसँग भन्यो।

प्रहरी महानिरीक्षक सचिवालयले आयोग कार्यालयहरुमा पत्र पठाएको केही दिनपछि प्रमुख आयुक्त नविनकुमार घिमिरेको निर्देशनमा आयोगले प्रहरी महानिरीक्षक खनाललाइ पत्र काटेको हो।

अख्तियारका युनिट किन चाहियो महानिरीक्षकलाई?

आयोगले ‘फिल्ड’ मा गर्ने ‘एक्सन’ को सम्पूर्ण जिम्मेवारी प्रहरी महाशाखालाई हुन्छ। आयोगका कार्यालयदेखि प्रमुख आयुक्त, आयुक्त र सचिवसम्मको सुरक्षा जिम्मेवारी समेत महाशाखासँगै हुन्छ। अख्तियारकै लागि प्रहरी उपरीक्षक नेतृत्वमा ‘स्ट्रिङ अप्रेशन’ टोली छ। यस्तै आयोगको क्षेत्रीय र सम्पर्क कार्यालयमा दोस्रो तहमा प्रहरी अधिकारी नै कार्यरत रहेका छन्। आयोगले कारवाही थालेका ब्यक्ति पक्राउदेखि अनुसन्धान प्रमाण संकलनजस्ता महत्वपूर्ण कार्यमा प्रहरी अधिकारी खटिने गरेका छन्। उनीहरूको परिचालनमा प्रहरी प्रधान कार्यालयको संलग्नता रहँदैन।

प्रहरी अधिकारी आयोगको दरबन्दीमा गएपछि सुरक्षा टिम बाहेक अन्यले सादा पोशाक र आयोगले उपलब्ध गराएको परिचयपत्र प्रयोग गर्छन्। यस्तै उनीहरुको सम्पूर्ण जिम्मेबारी, अधिकार र दायित्व आयोगले लिन्छ। प्रहरी अधिकारी महत्वपूर्ण भ्रष्टाचारका मुद्दामा समेत अनुसन्धान अधिकृत तोकिएका हुन्छन्। यस्तो अवस्थामा महानिरीक्षक खनालले महाशाखासहित क्षेत्रिय र सम्पर्क कार्यालय नै आफू अन्तर्गत रहेको निर्णय सामान्य त्रुटी मान्न आयोग तयार देखिँदैन।

‘भोलिका दिनमा महानिरीक्षक वा अन्य प्रहरी अधिकारीबिरुद्धको अनुसन्धान र कारवाहीको गोपनीयता र निष्पक्षतामै प्रश्न उठ्ने स्थिति बन्ने स्थिति देखियो। आफ्नो चिफ मातहत कार्यालय रहेपछि प्रहरी अधिकारी ‘एक्सन’मा कसरी जान्छन् भन्ने अर्को जटीलता थपिएको छ’, आयोग स्रोतले भन्यो।

बर्खास्त प्रमुख आयुक्त लोकमान सिंह कार्कीको कार्यकालमा प्रहरी दुरुपयोग गरेको गुनासो थियो। दरबन्दी समेत बढाइएको थियो। हाल दरबन्दी घटाउनुका साथै स्पष्ट कार्य सम्पादन पत्रसहित प्रहरी अधिकारी आयोगमा गएका छन्।

अन्वेषण योजना निर्देशनालयको मंसिर ११ को पत्रअनुसार प्रधानमन्त्रीको अध्यक्षता रहने र गृहसचिव सदस्य सचिव रहेको राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय नै महानिरीक्षक खनाल अन्तर्गत रहेको देखिन्छ। निर्देशनालयबाट प्रेषित संरचना स्वरुपको प्रथम पृष्ठको पहिलो नम्बरमा महानिरीक्षक सचिवालय अन्तर्गत रहने इकाई सुरक्षा परिषदको सचिवालय उल्लेख छ। सचिवालयमा प्रहरी महानिरीक्षक सदस्य रहने र उनको समन्वयमा प्रहरी नायब महानिरीक्षक र कार्यरत प्रहरी अधिकारी रहने गर्छन्।

विमानस्थल पनि महानिरीक्षक मातहात
सुन तस्करीकाे मुख्य थलाे देखिएको त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थललाइ कार्तिक १४ मा अपराध अनुसन्धान तथा कार्य विभाग मातहत राख्ने निर्णय भएको थियो। तर यो निर्णय धेरै दिन टिक्न सकेन। एसएसपी उत्तमराज सुवेदीले हस्ताक्षर गरेर पठाएको निर्णय पत्र मंसिर ११ मा परिवर्तन भयाे। चलानी नम्बर १४२९ को पत्रबाट विमानस्थल सुरक्षा कार्यालयलाइ प्रहरी प्रधान कार्यालय अनुसन्धान तथा कार्य विभागमा दैनिक जाहेरी गर्न निर्देशन दिइयाे। महानिरीक्षक सचिवालय मातहत रहेको अन्वेषण योजना निर्देशनालयका डिआईजी बिनोद शर्मा घिमिरेले मंसिर ११ मा लेखेको पत्रअनुसार विमानस्थल सुरक्षा कार्यालय महानिरीक्षक खनालको सचिवालय मातहत रहने उल्लेख छ।

विमानस्थल सिधै महानिरीक्षक सचिवालय आएसँगै विमानस्थलको सुरक्षा प्रमुख नायब महानिरीक्षक (डिआईजी) रहेका छन्। यसअघि महानगरीय प्रहरी प्रमुख अतिरीक्त महानिरीक्षक (एआइजी) रहन्थे। जेठ २७ को मन्त्रिपरिषद् र जेठ ३१ को मन्त्रिस्तरीय निर्णयले महानगरीय प्रहरी डिआईजी मातहत ल्याएको हो। यसले प्रहरीको चेन अफ कमाण्डमा समस्या हुने भन्दै प्रहरीले नै सुझाएका आधारमा प्रहरी संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन स्वीकृत भई त्यसकै आधारमा प्रहरी महानिरीक्षक सचिवालयले विमानस्थललाइ आफू अन्तर्गत राखेको हो।

प्रकाशित ११ पुस २०७५, बुधबार | 2018-12-26 17:33:57
Max TV
Max TV
Zen Travels
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • युट्युबबाट कसरी मालामाल हुन्छन् युट्युबर?

    ‘सालको पातको टपरी हुनी’ गीत युट्युवमा २ करोडभन्दा धेरैपटक हेरिएको छ। उक्त भिडियोका कारण उनको युट्युवलाई सस्क्राइब गर्नेको संख्या पनि १ लाख ८६ हजार...

  • पक्राउ परेका लोप्साङ लामा (अगाडि कालो ज्याकेट, ग्रे ट्राउजर लगाउने) दिल्ली प्रहरी अधिकारीसँग

    खुंखार मानव तस्कर लोप्साङलाई दिल्ली प्रहरीले पानीमुनिबाट समात्यो

    नेपाली युवतीलाई भारतीय बाटो हुँदै खाडी देशमा बेचबिखन गर्ने खुंखार मानव तस्कर लोप्साङ लामालाई नयाँ दिल्ली प्रहरीले पक्राउ गरेको छ

  • २०७२ को भूकम्पबाट हिमाली क्षेत्रमा भएको क्षति

    नेपालको हिमाली क्षेत्रमा महाभूकम्प जान्छ, तयारी गरौंः नयाँ अध्ययन

    हिमाली क्षेत्रहरु भूकम्पीय दृष्टिले खतरनाक छन्। अनुमान अनुसार ८ दशमलब ७ म्याग्निच्यूडको भूकम्प गएर १५ सय ५ पटक झट्का अथवा पराकम्पन गए त्यसले ६...

  • जीवन शर्मा

    प्रचण्डलाई सुरक्षा कसले दिएको छ, सत्ताको कुरा त्यहीँनेर आउँछः जीवन शर्मा

    रमण घिमिरेः नारायणगोपालले कुन त्यस्तो गीत गाए जसले गर्दा उनलाई बुर्जुवा गीतका गायक भनियो? जीवन शर्माः चाँदनी शाहले लेखेको गीतले कसको सेवा गर्छ?