आइजिपी भन्छन्ः हात लाग्यो शून्ना कसरी भनूँ, हात लागेन पनि कसरी भनूँ (भिडियो)



पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल
पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल

महानिरीक्षक खनालले सञ्चारकर्मीलाइ समाचार संरचना स्मरण गराउँदै भने, ‘तपाइँहरुको जसरी लिड तान्ने हुन्छन्, एंगल हुन्छन् त्यो एंगल अनुसन्धानमा पनि हुन्छन्।’

अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरमा कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणले जनआक्रोस बढिरहेका बेला महानिरीक्षक खनालले प्रहरी भित्रको खरिद, लिलाम, सरुवा, बढुवा र दरबन्दी थपसम्बन्धी जानकारीलाई प्राथमिकतामा राखेर सोमबार पत्रकार सम्मेलन आयोजना गरेका छन्।

सोमबार आफ्नो प्रगति विवरण र सञ्चारमाध्यममा आएका समाचारको खण्डनमा ८० मिनेट खर्च गर्दै उनले रोकिएको खरिद प्रक्रिया, निर्माण, सरुवा र बढुवा तथा तालिम र कारवाही तथा पुरुस्कारमा भएको प्रगती विवरण सार्वजनिक गरे। महानिरीक्षक खनालको ४० मिनेट लामो प्रस्तुतीमा पछिल्लो समय भएका जघन्य अपराधका घटनाको अनुसन्धान प्रगति र प्रहरी कारवाहीको विवरण उल्लेख थिएन। 

‘कसै कसैले हात लाग्यो शुन्ना भन्नुहुन्छ। हात लाग्यो शुन्ना मैले कसरी भनूँ, शून्य प्रतिशत पनि कसरी भनूँ, हात लागेन पनि कसरी भन्नूँ’, महानिरीक्षक खनालले सञ्चारकर्मीलाइ समाचार संरचना स्मरण गराउँदै भने, ‘तपाइँहरुको जसरी लिड तान्ने हुन्छन्, एंगल हुन्छन् त्यो एंगल अनुसन्धानमा पनि हुन्छन्।’ अघिल्ला सार्वजनिक अभिव्यक्तिमाजस्तै सोमबार पनि उनले दोषीलाई कडा कारवाही र हत्यारा जतिसुकै ठूलो भए पनि नछाड्ने अभिव्यक्ति दाेहाेर्याए।

भिडियाे

गल्तीको जिम्मेवारीमा
राष्ट्रिय सभा अन्तर्गत रहेको दिगो विकास तथा सुशासन समितिमा मंसिर २४ गते निर्मला पन्त बलात्कार र हत्या अनुसन्धानमा कमजोरी भए बर्दी फुकाल्ने धम्की दिएका उनले सोमबार भने हतारमा परिणाम खोज्दा कमजोरी भएको स्वीकारेका थिए। महानिरीक्षक खनालले निर्मला प्रकरणमा केही सूचना वा जानकारी भए उपलब्ध गराउन संचारकर्मीसँग अनुरोधगर्न समेत पछि परेनन्।

केही दिनअघिसम्म प्रहरी हत्यारा नजिक रहेको र अनुसन्धान साँघुरिएको बताएका उनले सोमबार भने हतारमा परिणाम खोज्दा केही कमजोरी भएको बताएका हुन्। उनले आफु मातहत रहेको केन्द्रीय अनुसन्धान ब्युरोले मंसिर अन्तिममा कञ्चनपुरका प्रदिप रावल र बिशाल चौधरीलाई नियन्त्रणमा लिएपछि ‘अनुसन्धान साँघुरिएको’ बताएका थिए। उनले मंसिर २० र २१ मा रावल र चौधरी पक्राउ परेपछि मंसिर २४ गते संसदीय समितिमा अनुसन्धान साँघुरिएको दाबी गरेका थिए।

सहकर्मी एआईजी, डिआईजी र एसएसपी सहित उपस्थित भएका खनालले निर्मला प्रकरणमा प्रहरी इमान्दार भएर अनुसन्धानमा जुटेको बताएका थिए। उनले ढिलोचाडो हत्यारा पक्राउ पर्ने दाबी समेत गरे।

प्रदिप र बिशालको डिएनए परिक्षण नकारात्मक आएपछि महानिरीक्षक खनालले एका एक ‘यु टर्न’ लिएका हुन्। प्रहरी नियन्त्रणबाट मुक्त भएका बिशालले प्रहरीले आफूलाई पदको प्रलोभन र ज्यानको धम्की दिएर हत्या स्वीकार्न लगाएको उल्लेख गरेका छन्। चौधरीले प्रहरी हिरासतमा भएका कानून विपरितका गतिविधि सार्वजनिक गरेपछि महानिरीक्षक खनालले संसदीय समितिमा गरेको दाबीका बिषय पेचिलो बनेको हो। प्रहरीले नियन्त्रणमा राखेका रावल भने अझै हिरासतमै छन्।

महानिरीक्षक खनाल चढ्ने मित्सुबिसी गाडी

महानिरीक्षक खनाल चढ्ने मित्सुबिसी गाडी

जनताको सेवा गर्न नयाँ गाडी चढेकाे हुँ
प्रहरी महानिरीक्षक खनालको सचिवालय अन्र्तगत कार्यालय, निवास र सहयोगीका लागि २० वटा सवारीसाधन परिचालन भइरहेका छन्। महानिरीक्षक खनालको प्रत्यक्ष निर्देशनमा रहेका गाडीहरुको दुरुपयोग भएको समाचार तथ्यसहित बाहिरिएपछि बचाउमा खनालले आवश्यक भएकाले चढेको जवाफ दिएका छन्। जनताको सेवा गर्न ५ नम्बर प्रदेशको नयाँ गाडी चढेको उनले स्वीकारे। उनले २० वटा गाडी आफू मातहत राखेको स्वीकार्दै गाडीहरु इन्टिलिजेन्स संकलनदेखि सचिवालयका अधिकारीसम्मको प्रयोगमा रहेको बताए।

गृहको निर्देशनमा एकद्वार प्रणाली फर्काएको प्रस्टिकरण
प्रहरी प्रधान कार्यालय अन्र्तगत रहेका विभागहरुमा रहेको आर्थिक अधिकारमा एकद्वार प्रणाली लागू भएको छ। अघिल्ला प्रहरी महानिरीक्षकहरुले एकद्वार प्रणालीले भ्रष्टाचार बढाएको निश्कर्षसहित विभागमा वितरण गरेका थिए। महानिरीक्षक खनालले प्रस्तुतिमा गृहको निर्देशनअनुसार एकद्वार प्रणाली ल्याएको उल्लेख गरे। अब विभागहरुले गर्ने खरिद–बिक्री सबै महानिरीक्षक मातहत रहने प्रशासन शाखाले गर्नेछ।

प्रहरी प्रधान कार्यालयले खरिद प्रक्रिया, लिलाम र निर्माणलाई एकसाथ अघि बढाएको छ। कार्यालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार ७ वटा पानीका फोहरा फाल्ने दमकल खरिद प्रक्रिया अन्तिम चरणमा रहेको उल्लेख गरे।

१६ वटा सवारीसाधन खरिद भएको र १ हजार थान मोटरसाईकल खरिद गरिएको उनले बताए। थप ३ सय ४० थान मोटरसाइकल खरिद कार्यका लागि बजेट बिनियोजन भइसकेको महानिरीक्षकले जानकारी दिए। प्रहरीका लागि १ हजार १६९ शौचालय आवश्यक छ। यो वर्ष प्रहरीले ४५० वटा निर्माण गर्ने महानिरीक्षक खनालले जानकारी दिए।

याे पनि: निर्मला बलात्कार र हत्या: कुखुरा चाेरप्रति आइजिपीका चारथरि अभिव्यक्ति (भिडियाे)

प्रकाशित ९ पुस २०७५, सोमबार | 2018-12-24 22:21:56
Max TV
Max TV
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • २०७० मा माओवादी विभाजनपछि जनयुद्ध दिवस मनाउन थवाङ जाने क्रममा विप्लव र बादल

    बादलले त्यो आधुनिक राइफल आफैंले लुकाए कि विप्लवलाई बुझाए?

    बादलको सुरक्षाका लागि एक गलिल राइफल र एउटा माउजर दिइएको थियो। ‘आईएलएम ०००२१९९’ बारकोड भएको यो राइफल इलामस्थित तत्कालीन माओवादी लडाकुको नम्बर–१...

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...