लोकमानले लुकाएको नोट घोटालाको त्यो फाइल

राजस्व छलीमा हुनेछ छुट्टै कारवाही




नाेट घाेटालाका एक याेजनाकार हिमालयबहादुर पाण्डे
नाेट घाेटालाका एक याेजनाकार हिमालयबहादुर पाण्डे

सरकारले २०७३ वैशाखमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई एउटा ‘सेक्रेट असाइनमेन्ट’ दियो।

विशिष्ट किसिमका अपराध अनुसन्धानमा खटिने सिआइबीका लागि त्यो एउटा फरक विषय थियो। किन पनि भने त्यसको लहरो अष्ट्रेलियासम्म फैलिएको थियो। नेपालका लागि तत्कालीन अष्ट्रेलियाली राजदूत ग्लेन ह्वाइटले प्रधानमन्त्रीसम्म पुगेर अनुसन्धानका लागि विशेष आग्रह गरेको त्यो प्रकरणमा सिआइबीले अनौपचारिक र गोप्य अनुसन्धान थाल्यो।

करिब दुई महिना लामो सिआइबीको अनुसन्धानपछि एउटा गोप्य प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुग्यो। त्यसको निष्कर्ष थियो, ‘नेपालका नामुद बैंकर पृथ्वीबहादुर पाँडे परिवार पोलिमर नोटको करोडौं रुपैयाँको घोटालामा प्रत्यक्ष संलग्न छ। बद्नियतपूर्वक त्यसमा राज्यको करोडौं रकम हिनामिना गर्ने काम भएको छ।’

सरकारको त्यो गोप्य फाइल थप कारवाहीका लागि सोही वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जिम्मा लगाइयो। सिआइबीको त्यो फाइल त्यतिबेला अख्तियार पुग्यो जतिबेला अख्तियार प्रमुख आयुक्तमा लोकमान सिंह कार्की थिए। उनले अख्तियारलाई मालपोत, यातायातभन्दा बढी खुलेआम कमाउ अड्डाको रुपमा विकास गर्दै लगेका थिए। आयोगमा पोलिमर नोट घोटालाकै विषयमा परेका अन्य उजुरी छँदै थिए। त्यही बेला अर्को फाइल टंगाल पुग्यो।

त्यतिबेला अख्तियारमा काम गरेका एक अनुसन्धान अधिकारीका अनुसार तत्कालीन गर्भनर तिलक रावल, नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौडयाल र स्थानीय एजेन्ट हिमालयबहादुर पाण्डेसहित मुछिएको फाइल प्रमुख आयुक्तको सचिवालय आफैँले ह्यान्डल गरेको थियो। ‘अनुसन्धान अधिकृत तोकेर फाइल अघि बढाउने काम भइरहँदा प्रमुख आयुक्तको सचिवालयले फाइल थुतेको थियो। त्यसपछि सो फाइल तामेलीमा राखियो’, ती अधिकारी भन्छन्।

नोट छपाइ प्रकरणको मुद्दा सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागबाट समेत अघि नबढ्नुमा अख्तियारबाटै भएका चलखेलले काम गरे। अख्तियार प्रमुखमा लोकमान हुँदा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग महानिर्देशकमा किशोरजंग कार्की थिए। राज्यका दुई महत्वपूर्ण निकायमा रहेका कार्की दाजुभाइले यो घोटालाको फाइल तामेलीमा राखिदिए।

के थियो सिआइबीको निष्कर्ष?
प्रहरीले सरकारलाई दिएको पोलिमर नोट घोटालाको प्रारम्भिक प्रतिवेदनमा अष्ट्रेलियामा प्राप्त गरेको अवैध रकम पाण्डे परिवारले अमेरिका पुर्याएको देखिएको थियो। अमेरिका पुगेको सो रकम आफैँ सञ्चालक भएको नेपाल इन्भेष्टमेन्ट बैंकमार्फत् नेपाल फर्काएर नेता, कर्मचारी एवं दलालहरुलाई बाँडिएको उल्लेख थियो।

यही विषय अन्नतः अख्तियार दुरुपयोग अनुसन्धानले नै अदालत पुर्याएको छ। आयोगले सरकारका दुई उच्च अधिकारी र एकजना ब्यापारीलाई प्रतिवादी बनाउँदै जनही ९१ लाख रुपैयाँ बिगो माग दाबी र तीन महिनादेखि ३ वर्षसम्म कैद सजाय माग गर्दै पुस ५ मा विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।

सिआइबीको अनुसन्धानमा तत्कालीन गर्भनर तिलक रावल, मुद्रा विभाग प्रमुख उपेन्द्रकेशरी पौड्याल, हिमालयबहादुर पाण्डे, पृथ्बीबहादुर पाण्डे, रमाराज्यलक्ष्मी पाण्डे र केशब खत्रीको प्रत्यक्ष संलग्नता रहेको प्रतिवेदन सरकारलाई बुझाएको थियो। 
आयोगले पृथ्बी, रमा र केशबविरुद्ध मुद्दा चलाएको छैन। यी तीनैजनासँग बयान लिएको र संलग्नता नभेटिएपछि प्रतिवादी नबनाएको अख्तियारको दाबी छ।

आयोग प्रवक्ता सहसचिव रामेश्वर दंगालले तीनै जना अनुसन्धानमा तानिए पनि संलग्नता नदेखिएको बताए। ‘हामीले बयान लिएका थियौं। सम्पूर्ण तथ्य केलाएर अनुसन्धान गर्दा संलग्नता नदेखिएपछि प्रतिवादी नबनाइएको हो,’ सहसचिव दंगालले नेपालखबरसँग भने।

६८ पर्ने नोटलाई ७२ रुपैयाँ, कमिशनको राजस्व झ्वाम
नेपाल राष्ट्र बैंकबाट अष्ट्रेलियामा १० रुपैयाँको ५ करोड थान पोलिमर नोट छपाई प्रक्रियामा अष्ट्रेलियाको स्थानीय एजेन्टमार्फत पाण्डे परिवारको मेखलोर प्रालि, ग्लोबल ग्रुप प्रालि र सुपर थ्रिस्टारले कमिसन बुझेका छन्। आयोगले मुद्दा बुझाएका रावल, पौडयाल र पाण्डेले कमसल नोटलाई बढी मूल्य तिराएको आरोप लगाएको छ। आयोगले आरोप पत्रमा पोलिमरका १० रुपैयाँ नोटका प्रतिहजार छपाईमा लाग्ने लागत ६८ अष्ट्रेलियन डलर भएको तर पाण्डे परिवार सञ्चालक रहेको कम्पनीले ७२ अष्ट्रेलियन डलर लिएको उल्लेख छ। आयोगको आरोप प्रमाणितका लागि भुक्तान लिएको दस्तावेज र अष्ट्रेलिया सरकारको दररेट समेत उल्लेख गरिएको छ।

बोलपत्र सार्वजनिक हुनुभन्दा पहिलै नेपाल राष्ट्र बैंकले नोट प्रिन्टिङ अष्ट्रेलियासँग बोलपत्रका मस्यौदा लिएको यो प्रकरणमा तत्कालीन गर्भनर रावले सञ्चालक समितिका निर्णय चुहाएर राष्ट्रलाई नोक्सानी पुर्याएकाे आयोगको ठहर छ। छापिएका नोटका कमिकमजोरी मिडियामा नल्याउन सञ्चारकर्मीलाई विदेश भ्रमणमा लैजाने कार्य गरिएको छ। जर्मन कम्पनीसँगको साँचो नोट प्रिन्टिङ अष्ट्रेलियालाई हस्तान्तरण गर्न लगाएको, नेपाल राष्ट्र बैंक र नोट प्रिन्टिङ अष्ट्रेलिया तथा त्यसका स्थानीय प्रतिनिधिबीच निरन्तर पत्राचार गरेको देखिएको आयोगको ठम्याइ छ।

पाण्डे परिवार सञ्चालक रहेको कम्पनीले १० रुपैयाँ दरका ५ करोड थान नोट छपाईमा प्रतिहजार ४ अष्ट्रेलियन डलर अनियमितता गरेका थिए। यस्तै आयोगले दुई थरिको दररेटमा तोकिएको कमिशन बुझ्दा समेत प्रतिशत घटाएर राजस्व छलेको अनुसन्धानले देखाएको छ।

आरोपपत्रमा पहिलो १६ करोडको राजस्व नै नबुझाएको र अर्को २२ करोडको ७ दशमलव ५ प्रतिशत कमिशनको राजस्व बुझाउनु पर्नेमा जम्मा २ प्रतिशतको मात्र राजस्व बुझाएको उल्लेख छ।
आयोगले आन्तरिक राजस्व कार्यालयलाई समेत पत्राचार गर्दै घटनाको अनुसन्धानको निर्देशन दिएको छ। ‘दररेट र कमिशनको राजस्वमा भ्रष्टाचार भएको हो, हामीले राजस्वलाई समेत पत्र लेखेका छौं,’ प्रवक्ता दंगालले नेपालखबरसँग् भने।

के हो पोलिमर नोट घोटाला?
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०५८/०५९ मा रिजर्भ बैंक अफ अष्ट्रेलिया अन्र्तगत रहेको ‘नोट प्रिण्टिङ अष्ट्रेलिया’मा प्लाष्टिकका सुविधायुक्त पोलिमर नोट छाप्ने टेण्डर दिएको थियो। सो कम्पनीको नेपाल एजेन्ट रहेका पाण्डे परिवारले तत्कालीन गर्भनर र मुद्रा विभागका प्रमुख उपेन्द्र केशरीसँग मिलोमतो गरी अनियमितता गरेको थियो। पहिलोचरणमा १० का नोटपछि क्रमस २०, ५०, १००, ५०० र १००० दरका नोट छाप्ने ठेक्का समेत उक्त कम्पनीलाई दिलाउने शर्त तय थियो।

दश रुपैयाँ दरका नोटको पहिलो खेप प्रचलनमा आएसँगै नोटको गुणस्तरबारे काठमाडौंमा गाइँगुइँ सुरु भएको थियो। त्यसलाई ढाकछोप गर्न ठूला मिडियाका पत्रकारलाई विदेश सयर एवं केही पत्रकार पत्नीलाई इन्भेष्टमेन्ट बैंकमा जागिर दिइएको थियो। नेपालमा अनियमितता सार्वजनिक हुन सक्ने सम्भावितहरूको मुख टालेको यो विषय अष्ट्रेलियाबाट सार्वजनिक भइदियो। पहिलो चरणको रकम नेपाली एजेन्टसहित तत्कालीन गर्भनर तिलक रावल, मुद्रा विभाग प्रमुख उपेन्द्रकेशरी पौडयालसहितले घुस रकम लिएको अष्ट्रेलियाको करप्सन एण्ड क्राईम कमिशनको अनुसन्धानले पुष्टि गरेपछि भ्रष्टाचारको संगठित जालो सार्वजनिक भयो।

अष्ट्रेलिया सरकारले अनुसन्धान सुरु हुनासाथ सहयोगका लागि २२ नेपालीको बैंक खाता र कारोबार विवरण मागेको थियो। नेपाल सरकारले अष्ट्रेलिया सरकारको पत्र प्राप्त हुनासाथ कानुन सचिव केन्द्रीय अधिकारी हुने ब्यवस्थाअनुसार मन्त्री स्तरीय निर्णयगर्दै काठमाडौं जिल्ला अदालतबाट विवरण पठाउने आदेश भयो।

कानुन मन्त्रालयले सम्बन्धित निकायमा विवरण माग गर्नासाथ पृथ्बीबहादुर पाण्डे र हिमालय पाण्डेले गोपनियताको हक र बैंक तथा बित्तिय संस्था सम्बन्धी ऐनअनुसार सर्वोच्चमा रिट दायर गरेका थिए।

२०७१ मंसिर २१ गते न्यायाधीश जगदिश शर्मा पौडेलको इजलासले काठमाडौं जिल्ला अदालतको निर्णयलाई त्रुटिपूर्ण भन्यो। अष्ट्रेलियासँग पारस्परिक कानुनी सहायता दिन नमिल्ने अन्तरिम आदेश जारी गर्याे। सो अन्तरिम आदेश खारेजीको माग गर्दै कानुन मन्त्रालय सर्वोच्च गयो। पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको इजलासले यो निर्णय पूर्ण इजलासबाट हुने निर्णय गर्याे। प्रधान न्यायाधीश सुशीला कार्कीसहितको इजालासले अन्तिम सुनुवाइ गर्दै पाण्डेको पक्षमा भएको अन्तरिम खादेश खारेज गर्ने फैसला सुनायो। यसपछि पछि मात्र नोट प्रकरणमा अनियमितता गर्ने पाण्डेका कम्पनीका प्रोफायल एवं उनको व्यक्तिगत विवरण अष्ट्रेलियाको करप्सन एन्ड क्राइम कमिसन पठाउन बाटो खुला भएको हो।

नोट छपाई घोटाला प्रकरणका दोषीलाई अष्ट्रेलियाको अदालतले सजाय सुनाइ रहँदा नेपालमा भने फेरि पुनः अनुसन्धान सुरु गरिँदै थियो। सर्वोच्चको आदेशपछि घुस सम्बन्धमा नेपाली एजेण्ट सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र सरकारी कर्मचारीका हकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अनुसन्धान प्रक्रिया पुनः सुरु भयो। पुस ५ मा विशेष अदालत पुगेको मुद्दा त्यही प्रक्रियाको अन्तिम रुप हो।

‘नोट प्रिन्टिङ अष्ट्रेलिया’ को नेपाली एजेन्ट रहेका हिमालय पाण्डेले टेण्डर दिलाउनका लागि नेपालका राजनीतिक नेता, केन्द्रीय बैंकका अधिकारी र अन्यलाई घुस दिएको विवरण अष्ट्रेलियास्थित सिड्नी मर्निङ हेराल्डले विस्तृतमा प्रकाशित गरेपछि त्यहाँको सरकारले अनुसन्धान गरेको थियो। यो प्रकरणमा मेलबर्न मेजेस्ट्री अदालतले सन् २०१३ मा ६ जनालाइ दोषी ठहर गर्दै दोषीलाइ सजाय सुनाइसकेको छ।

अष्ट्रेलियाको करप्सन एण्ड क्राईम कमिशनले अनुसन्धानको जिम्मा फेड्रल पुलिसलाई दिएको थियो । फेड्रल पुलिसको अनुसन्धानमा त्याहाँका अधिकारीहरु जोहन लेकन भे, पिटर ह्याचिन्सन, ब्रिटी ब्रेडी, स्टीभन ओङ, ब्रेहन काल्पेज र डयानियल रेडलाई कारवाही थालेको थियो ।

प्रकाशित ८ पुस २०७५, आइतबार | 2018-12-23 20:18:25
Max TV
Max TV
Zen Travels
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • युट्युबबाट कसरी मालामाल हुन्छन् युट्युबर?

    ‘सालको पातको टपरी हुनी’ गीत युट्युवमा २ करोडभन्दा धेरैपटक हेरिएको छ। उक्त भिडियोका कारण उनको युट्युवलाई सस्क्राइब गर्नेको संख्या पनि १ लाख ८६ हजार...

  • पक्राउ परेका लोप्साङ लामा (अगाडि कालो ज्याकेट, ग्रे ट्राउजर लगाउने) दिल्ली प्रहरी अधिकारीसँग

    खुंखार मानव तस्कर लोप्साङलाई दिल्ली प्रहरीले पानीमुनिबाट समात्यो

    नेपाली युवतीलाई भारतीय बाटो हुँदै खाडी देशमा बेचबिखन गर्ने खुंखार मानव तस्कर लोप्साङ लामालाई नयाँ दिल्ली प्रहरीले पक्राउ गरेको छ

  • २०७२ को भूकम्पबाट हिमाली क्षेत्रमा भएको क्षति

    नेपालको हिमाली क्षेत्रमा महाभूकम्प जान्छ, तयारी गरौंः नयाँ अध्ययन

    हिमाली क्षेत्रहरु भूकम्पीय दृष्टिले खतरनाक छन्। अनुमान अनुसार ८ दशमलब ७ म्याग्निच्यूडको भूकम्प गएर १५ सय ५ पटक झट्का अथवा पराकम्पन गए त्यसले ६...

  • जीवन शर्मा

    प्रचण्डलाई सुरक्षा कसले दिएको छ, सत्ताको कुरा त्यहीँनेर आउँछः जीवन शर्मा

    रमण घिमिरेः नारायणगोपालले कुन त्यस्तो गीत गाए जसले गर्दा उनलाई बुर्जुवा गीतका गायक भनियो? जीवन शर्माः चाँदनी शाहले लेखेको गीतले कसको सेवा गर्छ?