अफ्रिकाका डान्सबारमा काम गर्न हिँडेका पाँच युवती भारतको गुजरातमा पक्राउ

दूतावासको नक्कली कागजपत्र भेटियो




अन्तर्राष्ट्रिय मानव तस्करहरुले दिल्लीस्थित नेपाली दूतावासको नक्कली कागजपत्र बनाएर अफ्रिका र खाडी देशमा युवती तस्करी गरिरहेको भेटिएको छ।

भारतीय सुरक्षा अधिकारीहरुले मंगलबार (३ पुष) गुजरातबाट पाँच नेपाली युवतीको उद्दार गरेपछि घटना बाहिर आएको हो। ‘गुजरात क्राईम ब्रान्च’ का अधिकारीहरुले वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गरी दुबई र अफ्रिका हिँडेका पाँचजना नेपाली युवतीलाई नियन्त्रणमा लिएको हो।

भारतीय अधिकारीहरुका अनुसार, मानव तस्करले ६ महिनाभन्दा अघि दिल्लीस्थित दूतावासबाट सरुवा भएर काठमाडौँमा रहेकी थर्ड सेक्रेटरी अस्मिता न्यौपानेले जारी गरेको नो अब्जेक्सन लेटर (एनओसी) देखाएका थिए।

शंका लागेर जाँच गर्दा पत्र नक्कली भएको खुलेको हो। यसअघि उनीहरुले मंसिरमा दुई पटक गरेर १२ जना युवतीको तस्करी गरिसकेको पत्ता लागेको छ।

भारतीय पक्षले दिल्लीस्थित दूतावासलाई एनओसीका बिषयमा सोधपुछ गर्दै घटनाको जानकारी गराएको छ।

उनीहरुलाई दुबई र अफ्रिकाको मालबी र युगान्डा पठाइँदै थियो। नेपालखबरलाई प्राप्त एफआईआरमा काठमाडौँ, धादिङ र नवलपरासीका पाँच युवती ३० वर्षभन्दा कम उमेरका छन्। उनीहरुलाई ‘डान्सबारमा काम गर्ने’ भनिएको छ। उनीहरु एकजना नेपाली युवतीको सम्पर्कबाट गुजरात पुगेको खुलेको छ।

‘गुजरात क्राईम ब्रान्च’ का अनुसार, काठमाडौँ त्रिपुरेश्वर ठेगाना भएकी शर्मिला खड्का, कीर्तिपुरकी कामना बुढाथोकी, धादिङ रुबी भ्यालीकी निशा तामाङ र देउचुली नवलपरासीकी बिष्णु सुनार र शितल बिकको उद्दार गरिएको हो।

उद्दार भएका युवतीहरुले आफूहरु काठमाडौँका डान्सबारमा काम गर्दै आएको बताएका छन्।

उनीहरुले नेपाली युवती रिया मोक्तानले आफुहरुलाई भारतसम्म ल्याएको बताएका छन्। उनीहरुलाई नेपालबाट भारत हुँदै दक्षिणपूर्वी अफ्रिकाको मालवी, युगान्डा र दुबई लगिँदै थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा रियाले नेपालबाट भारतसम्म लैजाने र भारतमा रहेका रामु रहिमन प्रजापति, आसरार अहमद मोहम्मद मुस्तफाले अनुकूल अनुसारका भारतीय विमानस्थल प्रयोग गरेर उडाउने गरेका थिए। प्रजापति गुजरात र मुस्तफा मुम्बईमा सक्रिय थिए।

अन्तर्राष्ट्रिय सञ्जाललाई दुबईमा रहेका गोपाल शेलानी र अफ्रिकामा रहेका धिरज भन्ने ब्यक्तिले संचालन गरिरहेका थिए। यस्तै अफ्रिकाको मालबीमा असलम र उनकी नेपाली श्रीमती सीताले सञ्चालन गरिरहेका थिए।

यो घटनासँगै प्रहरीले चारवर्षअघि ‘अपरेशन इगल’ नामको कारवाही गरेर छिन्नभिन्न पारेको मानव तस्करको गिरोह सक्रिय रहेको खुलासा भएको छ। प्रहरीले डान्सबारमा कामगर्ने युवतीहरुलाई विभिन्न प्रलोभनमा अफ्रिका लैजाने गरेको घटनाको खुलासा गरेको थियो।

केन्द्रीय अनुसन्धान ब्युरोले १० चैत २०७१ मा १० जना मानव तस्करलाई पक्राउ गरेर नेपाली युवतीको अफ्रिका तस्करी संञ्जाल ध्वस्त भएको दाबी गरेको थियो।

तर भारतीय प्रहरीले मंगलबार गुजरातको अहमदाबादस्थित वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई र अफ्रिकाको युगान्डा र मलावी उड्दै गरेका पाँच नेपाली युवतीलाई नियन्त्रणमा लिएपछि मानव तस्करहरु अझै सक्रिय रहेको पुष्टि भएको छ।

रेस्टुरेन्टमा आकर्षक रोजगारीको प्रलोभन देखाई उनीहरूलाई वेश्यावृत्तिमा लगाइएको खुलेको थियो।

ब्युरोको कारवाहीमा अफ्रिकाका केन्या, तान्जानिया लगायतका देशमा नेपाली युवती लगी बिक्री गर्ने गिरोहका भारतीय नागरिकसहित ९ जनालाई पक्राउ गरेको थियो। उनीहरूले युवतीहरूलाई मोडलिङ गराई कलाकारका रूपमा देश पठाउने गरेको अनुसन्धानमा खुलेको थियो।

उक्त गिरोहले चार वर्षदेखि युवतीहरूलाई अफ्रिका, दुबई तथा मलेसिया लगायतका देशमा पठाउँदै आएको थियो। उक्त समूहबाट मात्र पाँच सयभन्दा धेरै अफ्रिकाका डान्सबारमा पुगिसकेको अनुमान गरिएको थियो।

प्रकाशित ६ पुस २०७५, शुक्रबार | 2018-12-21 10:42:34
Max TV
Max TV
Zen Travels
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • युट्युबबाट कसरी मालामाल हुन्छन् युट्युबर?

    ‘सालको पातको टपरी हुनी’ गीत युट्युवमा २ करोडभन्दा धेरैपटक हेरिएको छ। उक्त भिडियोका कारण उनको युट्युवलाई सस्क्राइब गर्नेको संख्या पनि १ लाख ८६ हजार...

  • पक्राउ परेका लोप्साङ लामा (अगाडि कालो ज्याकेट, ग्रे ट्राउजर लगाउने) दिल्ली प्रहरी अधिकारीसँग

    खुंखार मानव तस्कर लोप्साङलाई दिल्ली प्रहरीले पानीमुनिबाट समात्यो

    नेपाली युवतीलाई भारतीय बाटो हुँदै खाडी देशमा बेचबिखन गर्ने खुंखार मानव तस्कर लोप्साङ लामालाई नयाँ दिल्ली प्रहरीले पक्राउ गरेको छ

  • २०७२ को भूकम्पबाट हिमाली क्षेत्रमा भएको क्षति

    नेपालको हिमाली क्षेत्रमा महाभूकम्प जान्छ, तयारी गरौंः नयाँ अध्ययन

    हिमाली क्षेत्रहरु भूकम्पीय दृष्टिले खतरनाक छन्। अनुमान अनुसार ८ दशमलब ७ म्याग्निच्यूडको भूकम्प गएर १५ सय ५ पटक झट्का अथवा पराकम्पन गए त्यसले ६...

  • जीवन शर्मा

    प्रचण्डलाई सुरक्षा कसले दिएको छ, सत्ताको कुरा त्यहीँनेर आउँछः जीवन शर्मा

    रमण घिमिरेः नारायणगोपालले कुन त्यस्तो गीत गाए जसले गर्दा उनलाई बुर्जुवा गीतका गायक भनियो? जीवन शर्माः चाँदनी शाहले लेखेको गीतले कसको सेवा गर्छ?