भारतमा ३३ किलो सुनसहित दुई नेपाली पक्राउ, नेपाली पक्षले पनि थाल्यो अनुसन्धान (भिडियो)




त्रिभुवन अन्तरार्ष्टिय विमानस्थल बाहिर बरामद साढे ३३ केजी सुन
त्रिभुवन अन्तरार्ष्टिय विमानस्थल बाहिर बरामद साढे ३३ केजी सुन

भारतीय अधिकारीहरुले पश्चिम बंगालको धनकुनीमा ३३ किलो सुनसहित २ नेपालीलाई पक्राउ गरेका छन्।

भारतको राजस्व अनुसन्धान विभागका अधिकारीहरुका अनुसार गत शुक्रबार उक्त सुन स्फ्टि कारको अगाडिको भागमा फल्स बटम बनाएर तस्करी भइरहेको थियो। कारबाट सुनका ३३ वटा बिस्कुट बरामद भएको हो। 

भारतीय राजस्व अनुसन्धान विभागले सुनसहित इटहरीका राकेशप्रसाद र हेमकुमार शर्मालाई पक्राउ गरेको छ।

कलकत्तास्थित नेपाली महावाणिज्य दूतावासमा भारतीय पक्षले पत्राचार गरेपछि घटना बाहिर आएको हो। भारतीय अधिकारीहरुले बरामद सुन र नेपाली नागरिकका विषयमा जानकारी गराएका थिए। सुन नेपालबाट भित्रिएको हुनसक्ने भारतीय पक्षको जानकारीपछि नेपालका अधिकारी समेत अनुसन्धानमा जुटेका छन्।विभागले सुन नेपाल भएर तस्करी भएकाे अाशंकापछि नेपाली पक्षलार्इ जानकारी  दिएकाे हाे। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर २०७४ माघको पहिलो साता भित्रिएको साढे ३३ किलो सुन हराईरहेको छ। नेपाली अधिकारीहरुले भारतमा बरामद भएको सुन नेपालबाट हराएको हुनसक्ने भन्दै अनुसन्धान थालेका हुन्।

सरकारले २०७४ चैत २० मा गठन गरेको सुन अनुसन्धान विशेष टोलीका संयोजक सहसचिव ईश्वराज पौडेलले संकेतहरु सकारात्मक रहेको बताए। उनले शुक्रबार आफूले वाणिज्यदूत एकनारायण अर्यालसँग घटनाका विषयमा छलफल गरेकाे नेपालखबरसँग बताए। उनका अनुसार महाबाणिज्य दूतावासले केन्द्रमा समेत घटनाकाे जानकारी गराएकाे थियाे। 

‘समातिएका व्यक्ति र सुनको परिमाणले सकारात्मक छौं, अहिले केही भन्ने अवस्था छैन। भेरिफाई गरिरहेका छौं,’ सहसचिव पौडेलले नेपालखबरसँग भने।

हेराैँ भिडियाे

 

सुन तस्करी प्रकरणमा नेपालखबरका दुर्इ खबरः

आखिरीतिर ‘अपरेशन फ्लाइङ गोल्ड’, तर भेटिएन साढे ३३ किलो सुन

सुन तस्करी प्रकरणः थप ३ सय जनामाथि अनुसन्धान सिफारिस


प्रकाशित २९ मंसिर २०७५, शनिबार | 2018-12-15 12:50:53
Max TV
Max TV
Zen Travels
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • युट्युबबाट कसरी मालामाल हुन्छन् युट्युबर?

    ‘सालको पातको टपरी हुनी’ गीत युट्युवमा २ करोडभन्दा धेरैपटक हेरिएको छ। उक्त भिडियोका कारण उनको युट्युवलाई सस्क्राइब गर्नेको संख्या पनि १ लाख ८६ हजार...

  • पक्राउ परेका लोप्साङ लामा (अगाडि कालो ज्याकेट, ग्रे ट्राउजर लगाउने) दिल्ली प्रहरी अधिकारीसँग

    खुंखार मानव तस्कर लोप्साङलाई दिल्ली प्रहरीले पानीमुनिबाट समात्यो

    नेपाली युवतीलाई भारतीय बाटो हुँदै खाडी देशमा बेचबिखन गर्ने खुंखार मानव तस्कर लोप्साङ लामालाई नयाँ दिल्ली प्रहरीले पक्राउ गरेको छ

  • २०७२ को भूकम्पबाट हिमाली क्षेत्रमा भएको क्षति

    नेपालको हिमाली क्षेत्रमा महाभूकम्प जान्छ, तयारी गरौंः नयाँ अध्ययन

    हिमाली क्षेत्रहरु भूकम्पीय दृष्टिले खतरनाक छन्। अनुमान अनुसार ८ दशमलब ७ म्याग्निच्यूडको भूकम्प गएर १५ सय ५ पटक झट्का अथवा पराकम्पन गए त्यसले ६...

  • जीवन शर्मा

    प्रचण्डलाई सुरक्षा कसले दिएको छ, सत्ताको कुरा त्यहीँनेर आउँछः जीवन शर्मा

    रमण घिमिरेः नारायणगोपालले कुन त्यस्तो गीत गाए जसले गर्दा उनलाई बुर्जुवा गीतका गायक भनियो? जीवन शर्माः चाँदनी शाहले लेखेको गीतले कसको सेवा गर्छ?