प्रधानमन्त्रीको त्यो निर्देशन जसले एक निर्दाेष विद्यार्थीको भविष्य चौपट बनायो




मंगलबार बिहान ९ बजे पूर्व एआईजी देवेन्द्र सुवेदीले पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टरार्इको ट्विटमा एउटा रिप्लाई दिए।

त्यसको सन्देश थियो, ६ वर्षअघि काठमाडौंमा भएको आत्महत्या घटनामा प्रधानमन्त्री बाबुराम भट्टराईले निर्दोषलाई थुन्न आदेश दिए। त्यो आदेशले ए लेभल पढ्दै गरेका किशोरसहित ३ जना निर्दोषले २५ दिन हनुमानढोका थुनामा बिताउनु पर्याे।

पूर्व प्रधानमन्त्री भट्टराईले निर्मला पन्त बलात्कार तथा हत्याको घटना उल्लेख गर्दै प्रहरीको अपराध अनुसन्धानमाथि प्रश्न गरेका थिए। सुवेदीले दिएकाे जवाफले प्रहरी अनुसन्धानकाे पर्दाभित्रका परिदृश्य सतहमा ल्याइदिएकाे छ।

के थियो त्यो घटना ?
२०६९ मंसिर ३० मा अनामनगरस्थित कृष्ण प्रसाईको घरमा कामदार रहेकी धादिङ थाक्रेकी ३१ वर्षीय सरस्वती सुवेदी बाथरुममा मृत अवस्थामा फेला परिन्। यो घटना त्यही बेला भएको थियो जति बेला वैदेशिक रोजगारीबाट फर्किएकी सीता राईको अध्यामगन कर्मचारीबाट बलात्कार भएको घटनाविरुद्ध ‘अकुपाइ बालुवाटार’ नामको आन्दोलन उत्कर्षमा पुगेको थियो। त्यो बेला डा.भट्टराई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्थे। प्रहरी महानिरीक्षकमा कुबेरसिंह राना थिए।

सरस्वतीका बुवा खड्गप्रसाद अधिकारी पनि ‘अकुपाइ बालुवाटार’को एउटा हिस्सा बने। प्रहरी अनुसन्धानले सरस्वतीको मृत्यु आत्महत्याबाट भएको पहिलै पुष्टि गरेको थियो।

दवाब बढ्दै गएपछि प्रहरीले फेरि टेलिफोन कल विश्लेषण गर्याे। सम्बन्धित व्यक्तिसँग दोहोर्याई तेहेर्याइ सोधपुछ भयो। दोहोर्याएर पोष्टमार्टम रिपोर्ट समेत भयो। तर सबै वैज्ञानिक चेकजाँचले सरस्वतीले आत्महत्या नै गरेको प्रतिवेदन दिए।

आन्दोलन गरिरहेका प्रर्दशनकारी प्रहरी अनुसन्धानबाट सन्तुष्ट थिएनन्। उनीहरु हत्यारा प्रसाईं परिवार नै भएको दाबीसहितको ज्ञापनपत्र लिएर पटक–पटक प्रधानमन्त्री कार्यालय पुगे। प्रधानमन्त्री भट्टराईले आफ्नै अध्यक्षतमा प्रधानमन्त्री कार्यालयका तत्कालीन सहसचिब राजुमानसिंह मल्लको संयोजकतवमा उच्चस्तरीय अनुगमन समिति गठन गरे। यति हुँदासम्म पनि आन्दोलन मत्थर भएन।

प्रधानमन्त्री भट्टराईले प्रहरी महानिरीक्षक कुबेरसिंह रानासँग सल्लाह गरे। उनले आन्दोलन गलत दिशामा अघि बढेकाले यसको समाधानका लागि उपाय खोज्ने सल्लाह दिएर फर्किए। त्यही दिन प्रधानमन्त्री भट्टराईले सरस्वतीका बुवा खड्गप्रसादको कर्तब्य ज्यानसम्बन्धी जाहेरी लिएर प्रसाईं परिवारका तीनैजनालाई हिरासतमा राख्न प्रहरी नेतृत्वलाई निर्देशन दिए। 

सरस्वतीका पिता खड्गबहादुर (बायाँ) प्रदर्शनमा सहभागी हुँदै। तस्विर: दीपक खरेल

सरस्वतीका पिता खड्गबहादुर (बायाँ) प्रदर्शनमा सहभागी हुँदै। तस्विर: दीपक खरेल

चौपट भयाे उदयीमान युवाकाे अध्ययन
महानिरीक्षकको आदेशअनुसार २०६९ पुस १५ मा प्रहरीले कृष्ण प्रसाई उनकी श्रीमती सावित्रा र छोरा प्रक्षेपण पक्राउ गर्याे। त्यसबेला काठमाडौं प्रहरीमा एसपी गणेश थापा, मिरा चौधरी र अरुण बिसी थिए। अपराध महाशाखाको नेतृत्वमा मंगलबार ट्विट गर्दै घटनाको वास्तविकता बताउने एसएसपी देवेन्द्र सुवेदी थिए। प्रहरीले राजनीतिक दवाबमा १६ वर्षे प्रक्षेपणसहित प्रसाई परिवारलाई थुन्यो।

हनुमानढोकास्थित प्रहरी हिरासतमा रहेकै बेला प्रक्षेपणको ए लेभलको परीक्षा आयो। बानेश्वरस्थित चेल्सी इन्टरनेसनल एकेडेमीका उदयीमान विद्यार्थी उनले राम्रो गर्ने अपेक्षा अभिभावक, शिक्षक र साथीभाइ सबैलाई थियो। अब्बल पढाइकै कारण उनी छात्रवृत्तिमा पढिरहेका थिए। क्याम्ब्रिज पाठ्यक्रम ए लेभलमा नेपाल टप र विश्व टपको सम्भावित विद्यार्थीको रुपमा उनलाई हेरिएको थियो। तर परीक्षा समयमा उनी प्रहरी हिरासतमै रहे। प्रसाईं परिवार त्यतिन्जेलसम्म हनुमानढोकामै रह्यो जबसम्म प्रधानमन्त्रीले गठन गरेको सहसचिव मल्लको समितिले प्रतिवेदन बुझाएन।

२५ दिन प्रहरी हिरासत बसेर चेल्सी फर्किएका प्रक्षेपणलाई साथीभाइले सहज रुपमा लिएनन्। सुरुसुरुमा उनी यो अन्यायविरुद्ध डकुमेन्ट्री बनाउने वा पुस्तक लख्ने बताउँथे। तर प्रहरी हिरासत स्मरण र साथीभाइको फरक व्यवहारबाट मनोविज्ञानमा परेको असरले उनलाई गलायो। डिप्रेसनको शिकार भए। एसएलसीमा ८९ प्रतिशत अंक ल्याएका उनकाे अगाडिकाे पढाई राम्रो हुन सकेन। ए लेभल नसकी बीचैमा अध्ययन छाेडे। केही समयअघि उनी अमेरिका पुगेका छन्।

मंगलबार ट्विट गर्दै पूर्व एआईजी सुवेदीले यही घटना स्मरण गर्दै पूर्व प्रधानमन्त्री डा.भट्टराईलाई जवाफ फर्काका हुन्।

‘अनामनगरको एउटा आत्महत्या घटनामा प्रहरी अनुसन्धानकर्ताहरुको तथ्यपरक अनुसन्धानलाई ठाडै नकारेर तपाइँले जारी गरेको प्रधानमन्त्रीय दवाबमा एउटै परिवारका निर्दोष बाबु, आमा र किशोर छोरा प्रहरी अभियुक्तको रुपमा हनुमान ढोकामा २५ दिन थुनिदाको प्रसंग के गर्ने नि?’, सुवेदी ट्विटमा भनेका छन्।

पूर्व प्रधानमन्त्री र पूर्व एआईजीबीच भएको यो अन्तरक्रियाले प्रहरीकाे व्यवसायिक क्षमतालार्इ राजनीतिक नेतृत्वले कसरी दुरुपयोग गर्छ भन्ने छर्लङ्ग पारिदिएको छ।

प्रसाईं परिवार थुनिएको ६ वर्षपछि कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्याको घटनालाई प्रहरीले सुल्झाउन सकिरहेको छैन। प्रहरीमाथि चौतर्फी दवाब छ। यही प्रसंगमा पूर्व प्रधानमन्त्री डा.भट्टराईले ट्विट गर्दै सरकार र प्रहरीको क्षमतामाथि प्रश्न गरेका थिए।

सरस्वती सुवेदी अात्महत्या प्रकरणमा प्रधानमन्त्रीको दवाब भोगेका पूर्व एआईजी देवेन्द्र सुवेदी निर्मला पन्त बलात्कार तथा हत्यामा केही कमजोरी भए पनि सिंगो संगठनलाई खराब भनेपछि आफूले जवाफ फर्काएको बताउँछन्। ‘देशको प्रधानमन्त्री भइसकेको जिम्मेवार व्यक्तिबाट प्रहरी संगठन खराब छ, अनुसन्धान गर्ने मान्छे छैन भनेपछि मैले लेखेको हुँ’, सुवेदीले नेपालखबरसँग भने, ‘अनुसन्धानमा केही कमजोरी भएको होला तर संगठनको क्षमतामा औंला उठाएपछि मैले एउटा उदाहरण सार्वजनिक गरिदिएको हुँ।’

प्रकाशित २६ मंसिर २०७५, बुधबार | 2018-12-12 14:54:23
Max TV
Max TV
Zen Travels
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जितेन्द्र महर्जन

    हङकङका ‘सेल्फ मेड’ नेपाली व्यवसायी ज्याकको अप्रत्यासित अन्त्य

    आफ्नै चौघेरामा रमेको हङकङको नेपाली समुदायमा धेरैका लागि ज्याक महर्जन अपरिचित नै थिए। अनेक स्वार्थ, विवाद, चलखेल, आत्मप्रचार र सम्मानको लेनदेन हुने...

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।