Exclusive

वडा अध्यक्षले प्रशासकीय अधिकृत कुटेपछि कर्मचारी आन्दोलित



भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ५ का वडाध्यक्ष जयन्द्र खडकाले आज नगरपालिको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत पूण्यप्रसाद लुइँटेलमाथि हातपात गरेका छन्।

वडाध्यक्ष खड्काले आफ्नो बारीको माटो इँटा भट्टालाई दिन स्वीकृत माग गरेको र प्रमुख प्रशासकीय अधिकृत लुइँटेलले प्रक्रिया र नियम नपु-याइ जनप्रतिनिधि नै भए पनि स्वीकृत दिन नमिल्ने बताएपछि आक्रोसित हुँदै हातपात गरेको नगरपालिकाका कर्मचारीले बताएका छन्।

यसबारेमा प्रशासकीय अधिकृत लुइँटेलले वडाध्यक्ष जयन्द्रले इँटा भट्टालाई माटो दिन स्वीकृत माग गर्दै आएको र आफूले नगर कार्यपालिकाको निर्णय विनासिफारिश गर्न नमिल्ने जानकारी गराएपछि उनले आफूमाथि अभद्र व्यवहार गरेको स्वीकार गरे।

त्यसपछि आफू कार्यालयबाट निस्केर मन्त्रालय गएको उनले जानकारी दिए। नगरपालिकाका कर्मचारीका अनुसार वडाध्यक्ष खड्काले माटोको स्वीकृत नपाएपछि प्रशाकीय अधिकृत लुइँटेलको टेबुल ठटाएर अभद्र व्यवहार गर्नुका साथै पानीको बोतल प्रहार गरेको र पानीको बोतल लुइँटेललाई नलागे पनि पानीको छिट्टा भने परेको थियो।

घटनापछि यता नगरपालिकामा कार्यरत कर्मचारीले विज्ञप्ति प्रकाशित गरी वडाध्यक्षले सबै कर्मचारीलाई ज्यान मार्ने धम्की दिएको भन्दै सम्पूर्ण काम बन्द गर्ने घोषणा गरेका छन्। कर्मचारीहरुको हस्ताक्षरित विज्ञप्तिमा नीति, कानून, नियम र कार्यविधिविपरीत काम गर्न जनप्रतिनिधिले नै दिएको दबाबका कारण घटना घटेकाले यस्ता गतिविधिले सङ्घीयता कार्यान्वयनमा खटिएका कर्मचारीमा चुनौती थपिने भन्दै कर्मचारीको ज्यानको सुरक्षाको प्रत्याभूति नभएसम्म र वडाध्यक्ष खड्काले कर्मचारीसँग औपचारिकरुपमा माफी नमागेसम्म सम्पूर्ण कर्मचारीले नगरपालिकाको काम ठप्प पार्ने उल्लेख छ।

यसबारेमा बुझ्न पटकपटक फोन गर्दा पनि वडाध्यक्ष खड्काले मोबाइल फोन उठाएनन्। यता नगरप्रमुख सोमप्रसाद मिश्रले भने घटनाकाबारेमा आफूले विस्तृत जानकारी नपाएको बताए।

उनले भने, ‘म आज नगरकोटको विकासका विषयमा चार वटा नगरपालिकाको बैठकका थिए, कार्यालयमा भएको घटनाबारे जानकारी पाएको छैन, भोलि कार्यालय पुगेपछि के हो, बुझौँला।’ रासस

प्रकाशित २० मंसिर २०७५, बिहिबार | 2018-12-06 22:02:54
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • गृमन्त्री रामबहादुर थापा र अर्थमन्त्री युवराज खतिवडा यथावत रहनेछन्

    मन्त्रिपरिषद् पुनर्गठन गृहकार्यः को को मन्त्री बिदा हुँदैछन्

    पार्टी सचिवालयको सन्तुलन कायम राख्न गृहमन्त्री थापा र उपयुक्त विकल्प नहुँदा अर्थमन्त्री खतिवडालाई हटाउन चाहँदैनन् प्रधानमन्त्री ओली।

  • राजनारायण पाठक र लोकमानसिंह कार्की

    लोकमान–राजनारायणलाई टंगाल पठाएर सूर्यनाथको अपेक्षा?

    अख्तियारमा नियुक्ति पाउन लोकमानसिंह कार्कीले कति रकम खर्च गरेका थिए भन्ने गाइँगुइँ त्यसै चुहिएको छैन। राजनारायण पाठकले अवकाश पाउनासाथ अख्तियारमा...

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

    स्थानीय तह र प्रदेशको करको दर/दायरामा केन्द्र सरकारको नियन्त्रण

    स्थानीय तथा प्रदेश सरकारले उठाएको करको दर र दायराको विषयमा केन्द्र सरकारले एक अध्ययन गरी विभिन्न शीर्षकमा आफूखुसी उठाउँदै आएका करमाथि नियन्त्रण...

  • राजनारायण पाठक

    अख्तियारकाे विशेष टाेलीले पाठकबिरूद्ध थाल्याे अनुसन्धान

    ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध आयोगले नै छानबिन अघि बढाएको छ।