प्रदीप रावलको बयानपछि कञ्चनपुरबाट दुई जनालाई काठमाडौं पठाइयो


Infocus



कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाको अनुसन्धानका लागि कञ्चनपुरका दुई युवालाई काठमाडौं पठाइएको छ।

तर उनीहरुको पहिचान खुलाइएको छैन। महानगरीय प्रहरी परिसरले केही बुझ्नका लागि बोलाएकोले अभिभावकको साथ उनीहरुलाई काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

नेपालखबरसँग कुरा गर्दै कञ्चनपुरका डिएसपी कृष्णराज ओझाले भने, ‘माथीबाट केही बुझ्नका लागि उनीहरुलाई बोलाइयो, हामीले जानकारी गराएपछि उनीहरु काठमाडौं गएका छन्। अनुसन्धानमा रहेकाले पहिचान गोप्य राखिएको हाे।’

बुधबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंबाट कञ्चनपुरका २२ वर्षीय प्रदीप रावललाई पक्राउ गरेपछि उनको बयानका आधारमा ति दुई युवालाई काठमाडौँ बोलाइएको बुझिएको छ।

गत असोज १० गते गृहकार्य गर्न साथीको घर गएकी भीमदत्त नगरपालिका–२, की निर्मला पन्तको अर्को दिन उखुवारीमा बलात्कार पछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।

घटना भएको चार महिना पुरा भैसक्दा पनि हत्यारा पहिचान हुन सकेको छैन। निर्मलाको पक्षमा न्यायको माग गर्दै सुरुवातदेखि नै देशैभर प्रदर्शन भइरहेको छ।

महेन्द्रनगर र धनगढीमा प्रदर्शन

यता, घटना घटेको चार महिना भन्दा बढि समय भैसक्दा पनि सरकार घटनाप्रति उदासिनता रहेको बिरोधमा बिहीवार नागरिक संघर्ष समितिले वृहत् प्रदर्शन गरेको छ। निर्मलाले न्याय नपाउँदा सम्म आफुहरुको संघर्ष जारी रहेने नागरिक संघर्ष समितिकी संयोजक मिना भण्डारीले बताईन् ।

 

महेन्द्रनगरका बिभिन्न चोक–चोकबाट सुरु गरिएको मानव साङ्लोसहितको प्रदर्शन पछि गएर जुलुशमा परिणत भएको थियो। प्रदर्शनपछि सहभागीहरुले बजारमा नाराबाजी समेत गरेका थिए।

प्रदर्शनमा विभिन्न विद्यालय तथा क्याम्पसका शिक्षक, विद्यार्थी, अधिकारकर्मी लगायत सर्वसाधारणको उपस्थिति थियो।

यस्तै, धनगढीमा निर्मला पन्तका हत्यारा पत्ता लगाएर कारबाही गर्न माग गर्दै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडी प्रदर्शन तथा निर्मलाको तस्वीर अंकित पोस्टर टाँसिएका छन्।

नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमीको अगुवाइमा सडक किनारमा रहेका बिजुलीका पोल, सवारी साधनमा पोस्टर टाँसिएको छ। पोस्टरमा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको छ।

प्रकाशित २० मंसिर २०७५, बिहिबार | 2018-12-06 20:08:30
Max TV
Max TV
Zen Travels
Vianet

गोकुल जोशीबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • प्रचण्ड

    कास्कीबाट चौथो चुनाव लड्दैछन् प्रचण्ड?

    एउटै निर्वाचन क्षेत्रमा अल्झेर नबस्ने प्रचण्डको बिगतले पनि उनले आगामी निर्वाचनमा प्रतिस्पर्धाका लागि कास्की रोज्नसक्ने सम्भावनालाई नकार्न सकिँदैन।

  • संसदीय समितिमा उपस्थित प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल

    निर्मला बलात्कार र हत्या: कुखुरा चाेरप्रति आइजिपीका चारथरि अभिव्यक्ति (भिडियाे)

    निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले गलत ब्यक्तिलाई फँसाउन खोजेको आरोप लागिरहेका बेला प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संसदीय...

  • ओली र प्रचण्ड

    नेकपाका ४ नेताको ‘एक्सन’ ले प्रचण्डलाई कति फाइदा, ओलीलाई कति बेफाइदा?

    आफ्नै सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक कक्षमा त ओलीले समयमै पुगेर बैठक सुरुवात गर्दैनन् भने धुम्बाराही पुगेर समयमा बैठक सञ्चालन गर्ने भन्ने...

  • बिगब्यासबाट नेपालको नाम अझै उँचो बनाउन सकूँः सन्दीप लामिछाने (अन्तर्वार्ता)

    केहीदिन अघिमात्रै यूएईमा भएको टी–१० फ्रेन्चाइज लिग खेलेर आएका नेपाली लेगस्पिनर बलर सन्दीप लामिछाने यसबीच नेपालमा जारी एभरेष्ट प्रिमियर लिगमा...