Exclusive

वैज्ञानिक अध्ययन भन्छ: नेपाल ८.५ म्याग्नेच्युडको भूकम्प जाेखिममा



'भारत प्रत्येक हप्ता करिब एक मिलिमिटर उत्तरतर्फ बे‌इजिङ्गतिर ढल्किरहेको छ। यसको परिणामस्वरुप हिमालय क्षेत्रको करिब दुई तिहाइ भागमा केही न केही हुनुपर्ने समय आइसकेको छ।'

भारतीय वैज्ञानिकहरुको एक अध्ययनले नेपालसहितको हिमालय क्षेत्र इतिहासकै सबैभन्दा ठूलो भूकम्पको जोखिममा रहेको औंल्याएको छ।

जवाहरलाल नेहरु सेन्टर फर एड्भान्स साइन्टिफिक रिर्सचका लागि भूगर्वविद् सीपी राजेन्द्रले नेतृत्व गरेको अनुसन्धानले निकट भविष्यमा यो क्षेत्रमा ठूलो भूकम्प जान सक्ने उल्लेख गरेको हो।

‘दक्षिण एशियाको मध्य हिमालय क्षेत्रमा भविष्यमा जुनसुकै समय ८.५ म्याग्निच्युडको भूकम्प जान सक्छ’, बेंग्लोर आधारित संस्थाको जियोलोजिकल जर्नलमा प्रकाशित लेखमा भनिएको छ। नेपालको सुदूर पश्चिमको हिमाली क्षेत्र र भारतको उत्तराखण्ड क्षेत्रको तथ्यांकआधारित भएर गरिएको अध्ययनले यस्तो देखाएको हो।

जियोलोजिकल सर्भे अफ इन्डियासँग भएको भूबनोटको तथ्यांक तथा त्यसको संरचनागत नक्सा, गुगल अर्थ तथा भारतीय स्पेस एजेन्सी आईएसआरओले भूउपग्रहबाट खिचेका तस्विरको सहयोगमा अनुसन्धान सञ्चालन भएको थियो।

भूकम्पको पछिल्ला प्रवृत्तिबारे अनुसन्धान गरिरहेका अमेरिकाको युनिभर्सिटी अफ कोलोराडोका भूगर्भविद् प्राध्यापक रोजर विल्हमले भारतीय वैज्ञानिकको यो अनुसन्धान तथ्यपरक रहेको दाबी गरेका छन्। ‘हिमालय क्षेत्रमा ८.५ म्याग्नेच्युडको भूकम्प जाने खतरा छ भन्ने उनीहरुको निष्कर्षमा कुनै शंकै छैन। मेरो आफ्नै अध्ययनले केही अघि पूर्वी अल्मोडादेखि नेपालसम्म ८.७ म्याग्नेच्युडको भूकम्प जान सक्ने देखाएको थियाे।’

सन् २०१५ मा नेपालको गोर्खा केन्द्रविन्दू भएर ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो। हिमाली भूकम्पहरुको इतिहास अध्ययन गरेका विल्हमले त्यसपछि सो भूकम्प हिमाली क्षेत्रको सबैभन्दा विनाशकारी नभएको उल्लेख गरेका थिए। ‘सबैभन्दा बढी विनाशकारी हुने अनुमान गरिएको भूकम्पबाट चाहिँ १० लाखसम्म मानिसको ज्यान सक्छ’, उनले भनेका छन्, ‘सरकारहरूले यस्तो विपत्तिको रोकथाम गर्न चाँडै नै भवनहरूलाई बलियो तुल्याउनुपर्छ।' गोर्खा भूकम्पबाट नेपालमा करिब ९ हजार मानिसको ज्यान गुमाएका थिए।

हिमालय क्षेत्रमा गएका ठूल्ठूला भूकम्पहरू डर लाग्दा स्तरका छन्। १०० वर्ष अघि भारतमा गएको एउटा भूकम्पमा २० हजार मानिसहरू मरेका थिए। सन् २०१५ मा भूकम्पको मारमा परेको क्षेत्रमा झण्डै ५०० वर्ष अघि त्यत्तिकै शक्तिशाली भूकम्प गएको थियो। 'अब जाने भूकम्प त्योभन्दा १० गुणा बढी शक्तिशाली हुनसक्छ', उनले भनेका छन्।

'यसको सामान्य कारण भारत प्रत्येक हप्ता करिब एक मिलिमिटर उत्तरतर्फ बे‌इजिङ्गतिर ढल्किरहेको छ। 'यसको परिणामस्वरुप हिमालय क्षेत्रको करिब दुई तिहाइ भागमा केही न केही हुनुपर्ने समय आइसकेको छ। वास्तवमा ८.६ म्याग्निच्युडका चारवटा भूकम्प गैसक्नुपर्ने हो', उनी भन्छन्।

प्रकाशित १९ मंसिर २०७५, बुधबार | 2018-12-05 11:07:27
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक र लोकमानसिंह कार्की

    लोकमान–राजनारायणलाई टंगाल पठाएर सूर्यनाथको अपेक्षा?

    अख्तियारमा नियुक्ति पाउन लोकमानसिंह कार्कीले कति रकम खर्च गरेका थिए भन्ने गाइँगुइँ त्यसै चुहिएको छैन। राजनारायण पाठकले अवकाश पाउनासाथ अख्तियारमा...

  • राजनारायण पाठक

    अख्तियारकाे विशेष टाेलीले पाठकबिरूद्ध थाल्याे अनुसन्धान

    ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध आयोगले नै छानबिन अघि बढाएको छ।

  • सर जिम र्‍याटक्लिफे

    बेलायतका सबैभन्दा धनी व्यापारी ६ खर्ब कर जोगाउन देश छोड्दै

    युरोपेली संघबाट बेलायत अलग्गिने (ब्रेक्जिट) दिन नजिकिइरहेका बेला बेलायतकै सबैभन्दा धनी एक व्यक्ति भने आफ्नो व्यवसाय र सम्पत्तिसहित अर्कै देश सर्न...

  • केपी शर्मा ओली र कमल थापा

    कमल थापासँग ओलीले भने: ‘कांग्रेसले धोका दिन्छ है’ भनेको थिएँ, नपत्याउँदा नराम्रोसँग हार्नुभयो

    ‘गन्तव्य भए पो कम्पास काम लाग्छ, तर कांग्रेसको गन्तव्य नै छैन, कम्पासले कहाँ जाने भन्ने बाटो देखाउँछ, कहाँ जाने भन्ने नै थाहा नभएपछि कम्पासको के काम?’