‘मिस वर्ल्ड’मा अब श्रृंखलाको सम्भावना कति?



श्रृंखला खतिवडा
श्रृंखला खतिवडा

नेपाल सुन्दरी समेत श्रृंखला खतिवडा ‘हेड टु हेड’ विधामा पराजित भएपछि देशभित्र सबैतिर एउटा प्रश्न उठिरहेकाे छ। 'के अब उनी मिस वर्ल्ड प्रतियाेगिताबाट बाहिरिएकी हुन्?'

यो प्रश्नको निष्कर्षमा अहिलै नै पुग्न छिटाे हुनेछ। यति चाहिँ भन्न सकिन्छ 'हेट टू हेड'मा भाेटकाे भूमिका रहने भए पनि शुभेच्छुकहरुले दिएको सबै भोट अर्थहीन भइसकेकाे छैन।

भोट खासगरी ‘मल्टिमिडिया अवार्ड’ विधा अन्तर्गत गणना हुन्छ। प्रतियाेगीले पाएकाे भाेटकै अाधारमा श्रृंखला मल्टिमिडिया अवार्ड जितेर सिधै टप-३० मा जाने सम्भावना अझै बाँकी छ।

पराजित भएकै हुन्?

यसअघि (शुक्रबार) श्रृंखला ‘टप २०’ मा परेर सिधै अर्को चरणमा प्रवेश गरेको हल्ला चल्यो। शनिबार फेरि श्रृंखला पराजित् भइन् भन्ने अर्काे सनसनी मच्चियाे। दुबै सूचना समाचार सत्य हुन्।

तथ्यमा केही तलमाथि भएको भने पक्कै हो।

‘हेड टु हेड’ च्यालेन्ज अन्तर्गत पहिलो चरण प्रवेशका लागि २० वटा समूह विभाजन गरिएको थियो। त्यसमा नेपाल बोस्निया, गुमा, लग्जमवर्ग, मोल्डाभा रहेको समूह-१३ मा थियो। यस समूहको विजेता बन्दै श्रृंखला ‘हेड टू हेड’ च्यालेन्जअन्तर्गत दोस्रो चरणमा प्रवेश गरेकी थिइन्।

यस समूहमा सहभागी सबैलाई ‘तपाईंको देशले सामना गरेको सबैभन्दा ठूलो समस्या के हो र यसको समाधान कसरी गर्ने?’ भन्ने प्रश्न सोधिएको थियो। उत्तरमा श्रृंखलाले जवाफ दिएकी थिइन्, ‘नेपालको सबैभन्दा ठूलो समस्या बेरोजगारी हो र थुप्रै युवा रोजगारीका लागि विदेश जाने गरेका छन्।’

यो समस्याको समाधान कसरी गर्ने भन्ने सम्बन्धमा पनि उनले आफ्नो विचार प्रकट गरेकी थिइन्। उनले सुझाएको उपाय थियो, ‘नेपाल विविध भाषा, धर्म, संस्कृति, परम्परा, प्राकृतिक सुन्दरताले भरिपूर्ण देश हो। त्यसैले, नेपाललाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरेर रोजगारी सृजना गर्न सकिन्छ।’

उनको यो उत्तरलाई निर्णायक मण्डलले ‘उत्कृष्ट जवाफ’ को रुपमा मूल्याङ्कन गर्दै उनलाई अर्को चरण प्रवेशका लागि हरियो झण्डा देखाएका थिए। २० समूहमाबाट छानिएका विजेताबीच अर्काे प्रतिस्पर्धा थियाे। त्यसमा नेपालले सिंगापुरको सामना गर्नुपर्ने भयो। १० समूहमा विभाजित यो समूहको प्रत्येक समूह विजेता बल्ल ‘मिस वर्ल्ड’ को अर्को चरणमा अर्थात उत्कृष्ट ३० मा पर्न सक्थ्यो।

‘भविष्यको योजना के हो?’ भन्ने प्रश्नमा ‘मिस सिंगापुर’ भेनेसा पी टीङ टीङले जितिन्। यस प्रतिस्पर्धामा तीन पूर्व मिस वर्ल्ड मेगन योङ, स्टेफेन मारी डेल भा र मानुषी चिल्लर ‘जज’ का रुपमा थिए। तीनै जनाले मिस सिंगापुरलाई भोट दिएका थिए। 

अब के हुन्छ?

हेट टू हेडबाट बाहिरिएकै कारण ‘टप-३०’ मा पुगेर ‘मिस वर्ल्ड’ ताज पहिरने बाटो श्रृंखलाका लागि बन्द भइहाल्दैन। हालसम्म १३ प्रतिस्पर्धी ‘टप–३०’ पुगेका छन्। १७ छानिन बाँकी छन्। १० प्रतिस्पर्धी ‘हेड टू हेड च्यालेन्ज’ का आधारमा र अन्य तीन ट्यालेन्ट, स्पोर्टस् र डिजाइनर प्रतिस्पर्धाबाट अर्को चरणका लागि छानिएका हुन्। बाँकी १७ मध्ये १५ जना ‘जज’ ले आफैँ छनोट गर्नेछन्। मल्टिमिडिया र ‘व्यूटी विथ द पर्पस्’ बाट एक-एक जना छानिने छन्।

मल्टिमिडियामा श्रृंखलाको सम्भावना बलियो छ। यसमा फेसबुक, मोबस्टार एप, मिस वर्ल्डको वेबसाइट आदिबाट प्राप्त भोट गणना हुन्छ। मिस वर्ल्डको अफिसियल साइटमा श्रृंखलाको पक्षमा सबैभन्दा धेरै ३५ प्रतिशत भोट छ।

सामाजिक सञ्जाल फेसबुकमा पनि उनको पकड बलियो छ। मोब स्टार एप डाउनलोड गरेर भोट गर्न विभिन्न सर्कुलर भएका छन्। त्यसैले श्रृंखलाले यसमा धेरै आश गरेकी छन्।

‘टप ३० का लागि अझै पनि सम्भावनाहरु बाँकी छन्, १७ स्थान खाली छ’ श्रृंखलाले भनेकी छन्, ‘ब्यूटी विथ पर्पस् र मल्टिमिडियामा पनि सम्भावना राम्रो सम्भावना छ, त्यसैले तपाईंहरु नआत्तिनु होला।’

यदि यी दुई उपाधि प्राप्त गर्न सकिनन् भनेपनि ‘जज’ हरुको उत्कृष्ट १५ मा परेर ‘टप-३०’ मा पर्ने सम्भावना पनि रहन्छ। श्रृंखलाले जारी प्रतियोगितामा जवर्जस्त फरक शैली, कलात्मक प्रस्तुति प्रदर्शन गरिरहेकी छन्। शुभेच्छुकहरूबाट पाइरहेकाे समर्थनका कारण पनि ‘जज’ हरुका लागि उनी नजरअन्दाज गर्न नसकिने प्रतियोगी बनेकी छन्।

कसरी छानिन्छन् मिस वर्ल्ड?

‘टप-३०’ को अन्तिम लिस्ट तयार भएपछि समूह विभाजन गरी उनीहरुबीच थप प्रतिस्पर्धा हुनेछ। त्यो प्रतियोगिताबाट ‘टप-१५’ छनोट हुनेछन्। त्यसपछि ती १५ जना प्रतियोगीहरु बीचबाट ‘टप-५’ छानिनेछन्।

यसरी छनोट भएका ‘टप-५’ बाट तीन जना क्रमैसँग मिस वर्ल्ड, फर्स्ट रनर अप र सेकेन्ड रनर अपका रुपमा छनोट हुनेछन्। बाँकी दुई जनाले भने निराश हुनु पर्नेछ।

सम्बन्धित लिंकहरु:

‘हेड टु हेड’मा पराजित भएपछि श्रृंखलाले भावुक हुँदै भनिन्ः गुन कसरी तिरौं?(भिडियो)

मिस वर्ल्ड भाेटिङमा नेपाली सुन्दरी श्रृंखला उपाधि नजिक

मिस वर्ल्डमा श्रृंखलालाई कसरी भइरहेछ भोटिङ? 

प्रकाशित १६ मंसिर २०७५, आइतबार | 2018-12-02 15:37:06
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

कृष्ण आचार्य नेपालखबर वरिष्ठ संवाददाता हुन्

@novelkrishna

कृष्ण आचार्यबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।