भुटानी शरणार्थी फर्काउन थिम्पुसँग निर्णायक वार्ता तयारी, प्रस्ताव मन्त्रिपरिषदमा



झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी स्कुलको कक्षा
झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी स्कुलको कक्षा
जैमी पिट्रोस्की/नेपाली टाइम्स

भुटानमा दुई जना नेपालीभाषी मन्त्री समेत बनेको अवसर पारेर झापा र मोरङमा रहेका भुटानी शरणार्थीलाई फेरि आफ्नै देश फर्काउने तयारी नेपाल सरकारले गरेको छ।

२८ वर्षदेखि नेपालमा रहेका भुटानी शरणार्थीलाई दिँदै आएको सहयोग विश्व खाद्य कार्यक्रम (डब्लुएफओ) ले सन् २०१९ जनवरीदेखि बन्द गर्ने निर्णय गरेपछि उनीहरूलाई आफ्नै देश पठाउन पहल लिएको हो।

सरकारले झापाको बेलडाँगी शिबिर लगायतका स्थानमा ६ हजार ७ सय भुटानी शरणार्थी रहेको तथ्यांकअनुसार कार्यक्रम अघि सारेको हो। यो संख्या केही थपघट हुनसक्ने गृहको अनुमान छ।

सन्निकट संकट
राष्ट्रसंघीय सहयोग बन्द हुने भएकाले आगामी योजनाका सम्बन्धमा ६ विकल्पसहितको प्रस्ताव मन्त्रिपरिषदमा दर्ता भएको छ। तिनमा उनीहरुलाई भुटान फर्काउन भुटानको नवनिर्वाचित सरकारसँग वार्ता गर्ने विषय पहिलो प्राथमिकतामा छ।

वार्ताका लागि शरणार्थी मामिला सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (युएनएचसिआर) सँग सहकार्य गर्न सकिने उल्लेख छ।

युएनएचसिआरका एसिया प्रशान्त क्षेत्र निर्देशक इन्द्रिका रतवाते यही विषयको समाधान खोज्न बुधबार (२८ कार्तिक) देखि नेपालमा छन्। उनले बिहीबार बिहान गृह मन्त्रालयका एकजना उच्च अधिकारीसँग अनौपचारिक छलफल गरेका छन्।

गृह मन्त्रालय स्रोतका अनुसार, बिहीबार (२९ कार्तिक) साँझ लाजिम्पाटस्थित एक होटलमा रतवातेले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र गृहसचिव प्रेमकुमार राईसँग अनौपचारिक भेटवार्ता गर्ने र शुक्रबार मन्त्रालयमा औपचारिक वार्ता गर्ने कार्यक्रम छ।

६ विकल्पमध्ये पहिलोमा घरफिर्ती छ भने दोस्रोमा नेपालबाट तेस्रो देशमा पुनःस्थापना भएका परिवारसँगै उतै पठाउने योजना छ। अन्तिम विकल्पका रुपमा झापाबाट नेपालकै कुनै उपयुक्त स्थानमा आर्थिक उपार्जनको जोहोसहित स्थानान्तरणको विकल्प समेत खुला राखिएको छ।

भुटानी शरणार्थीहरुले पनि नेपालमा काम गर्न श्रम स्वीकृतिको माग गरिरहेका छन्। तर नेपालमा शरणार्थीलाई श्रम स्वीकृति दिने कानून नभएकाले यो विकल्पमा वार्ता हुन नसक्ने गृहका उच्च अधिकारी बताउँछन्।

‘भुटानमा नयाँ सरकार बनेको छ, नेपालमा पनि बलियो सरकार छ। यसपटक समस्या समाधान गर्ने प्रयास अघि बढ्नेछ,’ गृह स्रोतले नेपालखबरसँग भन्यो, ‘श्रम स्वीकृति होइन, घरफिर्तीलाई पहिलो प्राथमिकतामा राखेर वार्ता हुनेछ।’

झापाबाट अमेरिकाको क्यालिफोर्निया पुगेका भुटानी शरणार्थी डम्बर मगर उनको परिवार (तस्बिरः आयशा शाक्य)

यसरी आए नेपालमा भुटानी
नेपाल एकिकरण अगावैको एउटा सम्झौताका कारण भुटानी शरणार्थी समस्या हालको अवस्थामा पुगेको इतिहासविद्हरुको कथन छ। उनीहरुका अनुसार तत्कालिन गोरखा राज्यका राजा राम शाह र तत्कालीन भुटानी राजा जाबरुङ नवाङ नामग्यालबीच सन् १६२४ मा ताम्रपत्रमा हस्ताक्षर भएको थियो, जसमा ४१ नेपाली परिवारलाई भुटान लैजाने उल्लेख छ। सो सम्झौता अनुसार भुटानको दक्षिणी भूभागमा नेपालीभाषीको बसोबास सुरु भएको थियो।

नेपाल र भुटानका राजाबीचमा भएको सम्झौतामा नेपाली परिवारका सदस्यलाई भुटानको नागरिक सरह व्यवहार गरिने बुँदापनि थियो। त्यसैले, सीप र दक्ष नेपालीलाई मात्र स्थायी बसोबासका लागि भुटान लगिएको थियो। भुटान जाने पहिलो नेपाली टोलीको नेतृत्व बिष्णु थापामगरले गरेको बताइन्छ।

उनीहरू महाभारत पर्वतको बाटो भएर भुटान पुगेका थिए। सुन्दर भुटानलाई थप सुन्दर बनाउन यो नेपाली टोलीले मरिमेट्यो। समयक्रममा भुटानमा नेपालीभाषीको संख्या बढ्दै गयो।

नेपालीको संख्या बढेसँगै त्यहाँको श्रम, आर्थिक, सामाजिक र राजनीतिक संरचनामा नेपालीभाषीको उपस्थिति र प्रभावपनि बढ्न थाल्यो। नेपालीहरु सांसद र मन्त्री बने।

तर, जब सन् १९७० को दशकमा सिक्किमका नेपालीभाषीले सिक्किमलाई भारतमा विलय गराउन निर्णायक भूमिका खेले, सिक्किमको राजपरिवारसँग पारिवारिक सम्बन्ध भएको भुटानी राजपरिवार भुटानले पनि सिक्किमकै जस्तो नियति भोग्नु पर्ने त होइन भन्ने आशंकाले त्रस्त भयो।

सन् १९८० को दशकमा दार्जिलिङमा भएको गोर्खाल्याण्ड आन्दोलन अर्को कारण थियो, जसले भुटानी राजतन्त्रलाई नेपालीप्रति थप त्रस्त बनायो। त्यसैबेला नेपालमा पनि ‘बिशाल नेपाल’ माग हुन थालेको थियो।

सिक्किम–दार्जिलिङका नेपालीभाषी र भुटानका नेपाली मिलेर ‘बिशाल नेपाल’ को नाममा दक्षिण भुटानको नेपाली बहुल क्षेत्रलाई टुक्र्याउने बेतुकको आशंकाका कारण दक्षिण भुटानका ल्होत्साम्पा (नेपाली) हरुलाई लखेट्न सुरु गरियो। सँगसँगै एक भाषा–एक संस्कृती नीतिलाई प्राथमिकतामा राख्दै जोङखा भाषालाई प्राथमिकता दिइयो। नेपालीभाषी भुटानीहरुले भुटान छाड्नुको अर्को एउटा कारण यो पनि बन्यो।

नेपालभाषी भुटानीमाथिको प्रत्यक्ष–अप्रत्यक्ष दमनका विरुद्ध केन्द्रीत नीतिको बिरुद्धमा भुटानको दक्षिणी भागमा बहुसंख्यामा रहेका नेपालीभाषीले शान्तिपूर्ण आन्दोलन सुरु गरे। आन्दोलनले थप दमन निम्त्यायो र देश छाडी नेपाल आउने नेपालीभाषी भुटानीको संख्या ह्वात्तै बढ्यो।

नेपाल र भुटानको बीचमा भारत रहेका कारण नेपालीभाषी ती भुटानीहरु पहिला भारतमा छिरे। तर, भुटानी संस्थापनलाई सहयोग गर्ने भारतीय नीतिका कारण उनीहरु त्यहाँबाट पनि लखेटिए र नेपाल छिरे। यसरी उनीहरुले नेपालमा शरण लिएको पनि २८ वर्ष बितिसकेको छ।

भुटानी शरणार्थीलाई ससम्मान स्वदेश फर्काउने प्रयास नेपालले गरिरह्यो। तर सफलता मिलेन। त्यसैले, अन्तर्राष्ट्रिय संघसंस्थाको प्रयासमा दोस्रो विकल्पका रुपमा उनीहरुलाई तेस्रो मुलुक पुनस्थापनाको विकल्प अघि सारियो।

यसक्रममा नेपालमा रहेका १ लाख ६ हजार भुटानी शरणार्थी तेस्रो देश पुगेका छन्। युएनएचसिआरको तेस्रो देश पुनस्र्थापना कार्यक्रम अन्तर्गत क्यानडा, बेलायत, नेदरल्याण्ड, अमेरिका, नर्वे, डेनमार्क, अस्ट्रेलिया र न्युजिल्याण्डमा पुनस्र्थापित भएका हुन्।

तेस्रो मुलुक पुनस्र्थापना कार्यक्रम अन्र्तगत पुनस्र्थापित भएका १ लाख ६ हजार ३ सय ६८ मध्ये अमेरिकामा ९० हजार ३ सय ५८, क्यानाडामा ६ हजार ७ सय ५९, बेलायतमा ३ सय ५८, नेदरल्याण्डमा ३ सय २९, डेनमार्कमा ८ सय ७५, नर्वेमा ५ सय ७०, अस्ट्रेलियामा ६ हजार ६१ र न्युजिल्यान्डमा १ हजार ५८ भुटानी शरणार्थी पुगेका छन्।

प्रकाशित २९ कार्तिक २०७५, बिहिबार | 2018-11-15 18:53:24
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...