Exclusive

चिठ्ठा पर्‍यो भन्दै नेपालीलाई ठग्ने भारतीय पत्रकार बिराटनगरमा पक्राउ



सामाजिक सञ्जालका माध्यमबाट नेपालमा ठगी धन्दा चलाउने एक भारतीय क्राईम रिपोटरसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

सामाजिक सञ्जाल, भाइवर, ह्वाटस एपका माध्यमबाट ठूलो धनराशि चिठ्ठा परेको र सो रकम प्राप्त गर्नका लागि बैंकिङ प्रक्रियाका लागि केही पैसा चाहिने ठगी धन्दा चलाउने भारतीय अनलाइन ‘न्यूज क्राइम २४’का रिपोर्टर भारत बिहारका २३ वर्षीय चन्दन कुमार भगतसहित सात जनालाई मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ।

पक्राउ पर्ने अन्यमा भारतको विहार राज्य अररिया जिल्ला फारबेसगन्ज बस्ने २५ वर्षीय मनोजकुमार ठाकुर र २८ वर्षीय पकजकुमार साह रहेका छन्। त्यस्तै मोरङ कटहरी गाउपालिका ४ का २० वर्षीय खगेन्द्रप्रसाद रौनियार, २२ वर्षीय प्रेमकुमार साह, २५ वर्षीय रमेशकुमार साह र जहदा गाउँपालिका ७ का २० वर्षीय टुनटुन साह रहेका छन्।

उनीहरुले विभिन्न व्यक्तिलाई चिठ्ठा परेको भन्दै उक्त केही रकम जम्मा गरेपछि मात्र सो रकम झिक्न पाइने भन्दै प्रलोभनमा पारेर ठगी गर्दै आएको प्रहरीले जनाएको छ। सो रकम उनीहरुले आफ्नो नाममा नभइ विभिन्न व्यक्तिका नाममा जम्मा गर्न लगाइ आफूले झिकेर प्रयोग गर्दै आएको प्रहरीको दावी छ।

पक्राउ परेका उनीहरुको साथबाट नगद ३५ हजार नेपाली रुपैयााँका साथभा , भारू ३० हजार, मोवाइलहरू, न्युजक्राइम २४ डट कमको परिचयपत्र समेत बरामद गरेको मोरङ प्रहरीले जनाएको छ। उनीहरुले विभिन्न व्यक्तिहरुबाट १६ लाख ५७ हजार रूपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ।

पक्राउ परेका सातै जनामाथि मुलुकी अपराध ९संहिता० ऐन २०७४ बमोजिम म्याद थप भई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।

प्रकाशित २९ कार्तिक २०७५, बिहिबार | 2018-11-15 18:08:53
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक र लोकमानसिंह कार्की

    लोकमान–राजनारायणलाई टंगाल पठाएर सूर्यनाथको अपेक्षा?

    अख्तियारमा नियुक्ति पाउन लोकमानसिंह कार्कीले कति रकम खर्च गरेका थिए भन्ने गाइँगुइँ त्यसै चुहिएको छैन। राजनारायण पाठकले अवकाश पाउनासाथ अख्तियारमा...

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

    स्थानीय तह र प्रदेशको करको दर/दायरामा केन्द्र सरकारको नियन्त्रण

    स्थानीय तथा प्रदेश सरकारले उठाएको करको दर र दायराको विषयमा केन्द्र सरकारले एक अध्ययन गरी विभिन्न शीर्षकमा आफूखुसी उठाउँदै आएका करमाथि नियन्त्रण...

  • राजनारायण पाठक

    अख्तियारकाे विशेष टाेलीले पाठकबिरूद्ध थाल्याे अनुसन्धान

    ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध आयोगले नै छानबिन अघि बढाएको छ।

  • सर जिम र्‍याटक्लिफे

    बेलायतका सबैभन्दा धनी व्यापारी ६ खर्ब कर जोगाउन देश छोड्दै

    युरोपेली संघबाट बेलायत अलग्गिने (ब्रेक्जिट) दिन नजिकिइरहेका बेला बेलायतकै सबैभन्दा धनी एक व्यक्ति भने आफ्नो व्यवसाय र सम्पत्तिसहित अर्कै देश सर्न...