घुस बराबरको रकम धरौटी बुझाएर छुटे डिएसपी श्यामकुमार राई



घुस रकमसहित रंगेहात पक्राउ परेका डिएसपी श्यामकुमार राईलाई विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।

अदालतका न्यायाधीशत्रय द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ (वैद्य)को संयुक्त इजलासले राईलाई एकलाख ४० हजार रूपैयाँ धरौटीमा रिह गर्न बिहीबार आदेश गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० असोजमा वृत्तबाट रंगेहात पक्राउ गरेका राईले लिएको १ लाख ४० हजार बिगो मागदाबी सहित बुधबार बिशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। बिहीबार संयुक्त इजलासमा थुनछेक बहस भएको हो।

आयोगले राईले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम कसुर गरेको दाबी सहित मुद्दा दर्ता गरेको हो।

उनलाई ऐनको उपदफा १ को घ बमोजिम सजाय माग गरिएको हो। ऐनमा राष्ट्र सेवक कर्मचारीले घुस रिस्वत लिएको प्रमाणित भएमा ६ महिनादेखी १ वर्षसम्म सजाय हुने उल्लेख छ।

निलम्बित डिएसपी राईले आफुलाई टेलिभिजन आवश्यक रहेको भन्दै खरिद गरेर एकजना सेवाग्राहीलाई भुक्तानीका लागि दवाब दिएका थिए।

१ लाख ४० हजारको बिल भुक्तानी लिँदालिदैं आयोगको टोलीले उनलाई पक्रेको हो।

प्रकाशित २९ कार्तिक २०७५, बिहिबार | 2018-11-15 18:02:22
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...