शैक्षिक प्रमाणपत्रमा गोप्य उजुरीपछि उच्च सैनिक जनरलको बढुवा रोकियो



अनुज बस्न्यात
अनुज बस्न्यात

रथी पूर्णचन्द्र थापाको महारथी (प्रधानसेनापति) मा बढुवा भएको पनि दुई महिना बितिसक्यो, तर उनको बढुवापछि जंगी अड्डामा खालि रहेको नेपाली सेनाको एक रथी (लेफ्टिनेन्ट जनरल) को अझै पदपूर्ति हुन सकेको छैन।

प्रधानसेनापतिमा थापाको बढुवासँगै नेपाली सेनामा रथी पदको एक दरबन्दी रिक्त रहेपनि लामो समय बढुवाका लागि रक्षा मन्त्रालयमा फाइल अघि नबढाएपछि जंगी अड्डाभित्र यो विषय निकै चर्चाको विषय बन्न पुगेको छ।

उच्च तहका सैनिक अधिकारीहरु भेट हुनासाथ आजकल यसै विषयमा खासखुस गर्न थालेका छन् कि, उपरथी अनुज बस्नेत जंगी अड्डामा दोस्रो बरियताको रथी पदका दावेदार भएपनि आखिर किन उनको बढुवाको फाइल अघि बढ्न सकेको छैन?

२५ भदौमा पूर्णचन्द्र थापाको महारथीमा बढुवा भएसँगै नेपाली सेनामा एक रथी पदको दरबन्दी खालि छ। प्रधानसेनापति पछिको बरियतामा रहने दुई रथीमध्ये हेमन्तराज कुँवर एक जनामात्र अहिले रथीका रुपमा कार्यरत छन्।

र, अर्का सैन्य अधिकारीलाई रथीमा बढुवा नगरिँदा नेपाली सेनाको बलाधिकृत रथी र बलाध्यक्ष रथी दुबै जिम्मेवारी २५ भदौ यता उनले सम्हालिरहेका छन्। तरपनि तत्काल रथीमा कुनै सैन्य अधिकारीलाई बढुवा गर्ने छेकछन्द छैन।

स्रोतका अनुसार, बरिष्ठताका आधारमा उपरथी अनुज बस्न्यात खालि रहेको रथी पदको दावेदार हुन्। उपरथी बस्न्यात हाल निरीक्षणाधिकृत विभागका प्रमुख छन्।

तर, उनको शैक्षिक योग्यताका सम्बन्धमा प्रश्न उठेपछि प्रधानसेनापति थापा उनको बढुवाको फाइल रक्षा मन्त्रालय पठाउन हिच्किचाइरहेका छन्।

स्रोतका अनुसार, डिप्लोमाको परीक्षा अनलाइनबाट दिएर उतीर्ण गरेका कारण उनको बढुवाको फाइल अघि नबढाइएको हो।

‘लोकसेवा आयोगले अनलाइनबाट र खुला विश्वविद्यालयबाट उतीर्ण भएको प्रमाणपत्रलाई मान्यता दिएको रहेनछ’ स्रोतले भन्यो, ‘उपरथी बस्न्यातले पनि अनलाइनबाट परीक्षा दिएर डिप्लोमा उतीर्ण गरेका रहेछन्। त्यसैले, उनको बढुवा सिफारिस नभएको हो।’

‘अघिल्ला प्रधानसेनापति राजेन्द्र क्षेत्रीझैँ बर्तमान प्रधानसेनापति थापापनि शैक्षिक प्रमाणपत्रका सम्बन्धमा कडाईका साथ प्रस्तुत हुने पक्षमा छन्’ स्रोतले भन्यो, ‘जनरल बस्न्यातको शैक्षिक प्रमाणपत्रका सम्बन्धमा पनि प्रश्न उठेपछि रथीको दरबन्दी खालि रहेको दुई महिना बितिसक्दापनि बस्न्यातको बढुवा सिफारिस नभएको हो।’

स्रोतका अनुसार, नियमित वा प्राइवेट परीक्षा बाहेकलाई मान्यता नदिने लोकसेवा आयोगको नजिरका कारण यसअघि केही सैनिक अधिकारीले बढुवा नपाई अवकास लिनु परेको थियो। खुला विश्वविद्यालयबाट उतीर्ण गरेका उपरथी नैनराज दाहालले त्यही कारण बढुवा नपाई अवकास पाएका थिए।

‘यही नजिरका आधारमा उपरथी बस्न्यातलाई बढुवा गर्न हुँदैन भनेर जंगी अड्डामा उजुरी समेत परेको बुझिएको छ’ स्रोतले भन्यो, ‘उजुरी नै परेपछि यो विषय झन् सम्बेदनशील बनेको छ।’ उजुरी कसले हालेको हो, त्यो चाहिँ खुलेको छैन।

रथीमा उपरथी बस्न्यातको बढुवा हुन नसकेको खण्डमा अर्का उपरथी शेखरसिँह बस्न्यात रथी पदका दावेदार हुन्। तर, उनले पनि उमेर हदका कारण मंसीरमा अवकास पाउने भएकाले जंगी अड्डाले तत्काल अर्का सैनिक अधिकारीलाई बढुवाको सिफारिस गरेको छैन।

बस्न्यातपछिको बरियतामा उपरथी देबकुमार सुवेदी छन्, जो सैनिक इन्जिलिजेन्स हेर्ने महानिर्देशनालय (डिजिएमआई) का प्रमुख छन्। शैक्षिक प्रमाणपत्रलाई आधार बनाउँदै प्रधानसेनापति थापाले अहिलेसम्मको अडान कायम राखे उपरथी सुवेदीले रथी पदको बाजी मार्ने सम्भावना बढेको छ।

प्रकाशित २९ कार्तिक २०७५, बिहिबार | 2018-11-15 17:55:44
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...