म्हेपीमा खाल लुटने असईलाई जुवा मुद्दा



प्रहरी सहायक निरीक्षक बिचित्र थापा मगर। तस्विर स्राेत: उनकै फेसबुक
प्रहरी सहायक निरीक्षक बिचित्र थापा मगर। तस्विर स्राेत: उनकै फेसबुक

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कार्तिक ५ मा म्हेपीको एकघरबाट जुवाको खाल लुटने असई बिचित्र थापा मगरलाई जुवा ऐनमा कारवाही गरेको छ।

प्रमुख जिल्ला अधिकारी रामप्रसाद आर्चायको इजलासले असई थापा मगरसहित जुवा काण्डमा संलग्न रहेका रोसन लामा र दिनेश पराजुलीलाई जनही २० हजार धरौटी माग गरेको हो।

प्रजिअ आर्चायको इजलासले कार्तिक १७ मा असई राष्ट्र सेवक कर्मचारी भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत कारवाहीका लागि पठाउन आदेश गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौंले म्हेपीमा जुवाको खाल लुटेको आरोप लागेका असई थापा मगरलाई निलम्बन गरेर कारवाही थालेको थियो।

प्रहरीले विभागिय कारवाहीका लागि अनुसन्धान गरिरहेका बेला सरकारी वकिलको कार्यालयले लामा र पराजुलीसहित असई बिचित्रलाई प्रतिवादी बनाएर मुद्दा बुझाएको थियो। परिसरका डिएसपी होविन्द्र बोगटीले विभागीय कारवाहीको तयारी भइरहेकाे समयमा जुवा ऐनमा कारवाही सुरु भएकाले हाललाई स्थगित भएको बताए।

उनले धरौटी बुझाएर रिहा भएका असई बिचित्रलाई प्रशासनको फैसला लगत्तै अख्तियारमा बुझाउने बताए। पहिलाे कारवाहीस्वरूप २० हजार रूपैयाँ धराैटी मागेकाे जिप्रकाले अन्तिम निर्णय सुनाउन बाँकी छ। जुवा एेनमा प्रजिअले एक महिनामा थुनामा राख्नेगरी अादेश दिन सक्छन्।

प्रहरी नियमावलीअनुसार एक दिन पनि कैद सजाय भएमा प्रहरी कर्मचारी जागिरबाट स्वत बर्खास्त हुन्छन्। महानगरीय प्रहरी परिसरको अनुसन्धानबाट असई बिचित्रले कार्तिक ५ मा रकम लुटेको पुष्टि भएको थियो। यद्यपि थापाले आफू लुटमा संलग्न नरहेको दाबी गरेका थिए। अनुसन्धान अधिकारीका अनुसार उनले लुटेको रकममध्ये २५ हजार प्रहरी जवान शुशीलकुमार कार्कीलाई दिएका थिए। सो रकम समेत बरामद भएको छ।

म्हेपी अस्थायी प्रहरी बिटका इन्चार्ज प्रहरी सहायक निरीक्षक बिचित्र थापा मगरको टोलीले कार्तिक ५ को मध्यराती राती म्हेपी रेडन कलेज नजिकको घरमा जुवा चलिरहँदा छापा मारेको थियो। असई थापा नेतृत्वको टोली जुवाघरमा प्रवेश गरेपछि मध्यराति भागदौड मच्चिएको थियो। जुवाडे त्यहाँबाट निस्केपछि खालमा रहेको रकम झोलामा हालेर उनी त्यहाँबाट निस्किएका थिए।

अनुसन्धानमा देखिएअनुसार खालमा करिब १७ लाख रुपैयाँ थियो। जुवा खेलाउने समूहले दुई लाख रुपैयाँ लिएर बाँकी रुपैयाँ फिर्ता दिन अनुरोध गरेको थियो। 

प्रकाशित २९ कार्तिक २०७५, बिहिबार | 2018-11-15 10:52:55
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...