पहिलो विश्वयुद्धका १०० वर्ष: नेपालले के पायो, के गुमायो?



मेसोपोटामियामा युद्धरत गोर्खाली सैनिक, सन् १९१७
मेसोपोटामियामा युद्धरत गोर्खाली सैनिक, सन् १९१७

पहिलो विश्वयुद्ध समाप्तिको एक सय वर्ष अवसर पारेर विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरिएका छन्। युद्धबाट प्रभावित अस्ट्रेलिया, न्युजिल्यान्डदेखि फ्रान्ससम्म विभिन्न कार्यक्रम आयोजना भएका छन्।

युरोपको मुख्य कार्यक्रम भने फ्रान्समा हुँदैछ। कार्यक्रममा सहभागिता जनाउन अमेरिकी राष्ट्रपति डोनोल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्यादिमिर पुटिन, जर्मनीकी चान्सलर एन्जेला मर्केलसहित विश्वका १ सय २० देशका नेताहरु फ्रान्स पुगेका छन्। सो कार्यक्रममा नेपालको तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागीले भाग लिएका छन्।

पहिलो विश्वयुद्धको नामकरण दोस्रो विश्वयुद्धपछि मात्रै भएको हो। खासमा ‘पहिलो विश्वयुद्ध’ भनिएपनि खासमा त्यो युरोपेली युद्ध’ थियो। तर विश्वभर युरोपेली देशको दबदबाको कारण त्यसको प्रभाव सबैतिर पर्‍यो। एक पक्षको नेतृत्व फ्रान्स, रुस र बेलायतले गरे भने अर्कोतर्फको नेतृत्व अस्ट्रिया-हंगेरी र इटलीले गरेका थिए। दुबै पक्षले गरी सो विश्वयुद्धमा ७ करोड सैनिक परिचालन गरेका थिए।

युद्ध न हो, त्यसैले त्यसक्रमा भएको हताहति र युद्धले ठूलो विनास ल्यायो। त्यो युद्धमा डेढ करोडदेखि १ करोड ९१ लाखबीच मृत्यु भएको अनुमान गरिएको छ। त्यसैगरी तीन करोड मानिस घाइते भए।

नेपाली नाता
पहिलो विश्वयुद्ध भनिएपनि त्यो समग्रमा ‘युरोपेली युद्ध’ थियो। तर त्यसबाट युरोप भन्दा धेरै परको नेपाल पनि त्यसबाट अछुतो रहन सकेन। नेपाल अप्रत्यक्ष रुपमा त्यसयुद्धमा सहभागी हुन पुग्यो।

‘ब्रिटिस साम्राज्यका नेपाली मोहरा’ नामक पुस्तकका लेखक झलक सुवेदीका भनाईमा, सैनिक गठबन्धन भएजस्तै गरी पहिलो विश्वयुद्धमा नेपालले बेलायती साम्राज्यलाई सघाएको थियो।

गोर्खालीहरुले ब्रिटिस सेनामा भर्ना भएर युद्धको मोर्चामा प्रत्यक्ष रुपमा नै लडेका थिए। त्यसबाहेक ब्रिटिस सेना अन्यत्र युद्ध गर्न गएपछि खालि भएका स्थानमा गोर्खा सैनिकहरुलाई नै तैनाथ गरिएको थियो। कतिसम्म भने, तत्कालिन राणा सरकारले युद्धका लागि बेलायतलाई हतियार र नगद समेत प्रदान गरेको थियो।

करिब दुई लाख नेपाली युवाहरु ब्रिटिस साम्राज्यको तर्फबाट पहिलो विश्वयुद्धका विभिन्न मोर्चामा लडेका थिए, युद्धमा २० हजार गोर्खालीले ज्यान गुमाएका थिए। अर्थात् युद्धमा तैनाथ भएका प्रत्येक दसजना मध्ये एक नेपालीले ज्यान गुमाए।

गोर्खा भूतपूर्व सैनिक संगठन(गेसो) का अध्यक्ष कृष्णकुमार राई अहिले जस्तो आधुनिक हातहतियार निर्माण नभएको त्यो समय बन्दुक र खुकुरीका भरमा युद्धको अग्रपङ्तिमा बसेर गोर्खालीहरुले युद्ध लडेका थिए। ‘युरोप, मध्यपूर्व र अफ्रिकाका विभिन्न देश पुगेर गोर्खालीले युद्ध लडे’ राईले भने, ‘त्यसक्रममा २० हजार गोर्खाली मारिएको भनिएको छ, तर यो आधिकारिक तथ्याङ्क भने होइन।’

युद्धका एक सैनिकको मृत्यु हुँदा तीन घाइते हुने अनुमान गरिन्छ। त्यसअनुसार पहिलो विश्वयुद्धमा ६० हजार गोर्खाली घाइते भएका अनुमान छ।

पहिलो विश्वयुद्ध शुरु भएको पाँच महिनाभित्रै गोर्खालीहरुले युद्ध मोर्चामा ज्यान गुमाउन थालिसकेका थिए। अस्ट्रो-हंगेरीले साइबेरियामा आक्रमण गरेको दश दिनपछि भारतमा रहेको ब्रिटिस साम्राज्य अन्तर्गतको गोर्खा बटालियनले युद्धमा जाने आदेश प्राप्त गरेको थियो। दिल्ली, कराँची (हाल पाकिस्तान) हुँदै सो गोर्खा बटालियन फ्रान्सको मार्सेस्थित युद्ध मोर्चामा पुगेको थियो।

युद्ध मोर्चामा पुगेको २४ घण्टा अर्थात् बिसं १४ कार्तिक १९७१ भित्र १ सय ५६ जना गोर्खाली मारिएका थिए। फ्रान्स र बेल्जियममा रहेका युद्ध मोर्चामा खासै प्रगति गर्न नसकेपछि बेलायती साम्राज्यले प्यालेस्टाइन र इजिप्टमा खटाएको थियो।

त्यसक्रममा गोर्खालीहरुलाई टर्कीको ग्याल्लिपोलीको युद्ध मोर्चामा पनि खटाइएको थियो। गोर्खालीहरु मेसोपोटामिया (हालका इराक र ट्युनिसिया) मा पनि खटाइएका थिए।

सरदार भीमबहादुर पाँडेले आफ्नो किताब ‘त्यस बखतका नेपाल’ मा राणा शासनमा सबैभन्दा ठूलो आर्थिक तथा सामाजिक परिवर्तन पहिलो विश्वयुद्धले सिर्जना गरेको बताएका छन्।

‘१९०३-१९८० सालतक नेपालमा जे जति घटनाहरु घटे, ती सबै राजनीतिक उथलपुथलले भन्दा पनि १९७१-१९७५ सालको पहिलो महायुद्धले नेपालमा निकै ठूलो आर्थिक सामाजिक परिवर्तनको सुत्रपात गर्‍यो भने हुन्छ’ पाँडेको पुस्तकमा लेखिएको छ।

सुगौली सन्धिले बेलायती सेनामा भर्ना हुन गोर्खालीका लागि बाटो खोलेको भएपनि करिब एक सय वर्षसम्म बेलायती सेनामा भर्ति हुने नेपालीको संख्या २५ हजारको हाराहारी मात्रै थियो। तर विश्वयुद्धका कारण ब्रिटिस सेनामा भर्ति हुने नेपालीको संख्या व्हात्तै बढ्यो। र, यो तत्कालीन राणा शासकहरुका लागि विदेशी मुद्रा कमाउने र आफ्नो ढुकुटी भर्ने सबैभन्दा ठूलो माध्यम बन्न पुग्यो।

पहिलो राणाप्रधानमन्त्री जंगबहादुरले नेपालीलाई बेलायती सेनामा भर्ति गराउन त्यति नरुचाए पनि वीर शम्शेरको समयदेखि भने भर्नाका लागि प्रोत्साहन दिन थालिएको थियो।

एक सय बर्षअघि जतिबेला पहिलो विश्वयुद्ध सुरु भयो, राणा शासन उत्कर्षमा थियो र श्री ३ महाराज थिए, चन्द्र शमशेर। राणा शासकहरुमध्ये सबैभन्दा चतुर मानिएका उनले पहिलो विश्वयुद्धबाट फाइदा नलिने कुरै भएन। 

भूगोलविद स्व डा. हर्क गुरुङका अनुसार १९४२ पछि ब्रिटिस फौजमा भर्ना हुन प्रोत्साहनमात्रै थियो। तर, चन्द्रशमशेरका पालामा त उर्दी नै जारी गरियो। ‘गोर्खाली भर्ना नेपालका शासकका लागि  कुटनीतिक मुद्रा बन्न पुग्यो। ब्रिटिस सरकारले गोर्खाली सेवाको कदरस्वरुप सन् १९१९ देखि नेपाललाई १० लाख रुपैयाँ वार्षिक सलामी दियो’ लाहुरेका कथा नामक पुस्तकको भूमिकामा गुरुङले लेखेका छन्, ‘गोर्खालीको बहादुरीले नेपालको कीर्ति बढ्यो होला, तर उनीहरू यताका न उताका भए।’

बेलायती सेनामा गोर्खालीहरुलाई भर्ति गर्न पठाएवापत राणा शासकहरुले वार्षिक दस लाख रुपैयाँ सलामीस्वरुप प्राप्त गर्दथे।

गेसोका अध्यक्ष राई युद्धमा लड्न युवाहरुको अभाव भएका कारण भेटिएजति युवाहरुको छाति नापेर बेलायती पठाउने काम तत्कालीन सरकारले गरेको बताउँछन्। उनले भने, ‘एकै पटक बाबु छोरा समेत सैनिकमा भर्ना भएको उदाहरणहरु पनि रहेका छन्।’

नेपालको उपलब्धी
पहिलो विश्वयुद्धका नेपालको राजनीतिक, आर्थिक र सामाजिक रुपमा परेको देखिन्छ। समाजशास्त्री डेभिड सेडनले नेपालको राजनीतिमा लामो समयदेखि रहेको बेलायती प्रभावलाई पहिलो विश्वयुद्धमा नेपालको संलग्नताले थप मजबुत पारेको बताएका छन्। अंग्रेजी साप्ताहिक नेपाली टाइम्समा उनले लेखेका छन्, ‘तर यसले नेपाललाई औपचारिक रुपमा स्वतन्त्र र राणा शासनलाई वैधानिकता प्रदान गर्‍यो।’

त्यसले राणा शासनलाई मात्र बैधानिकता प्रदान गरेन, नेपालको स्वतन्त्रतालाई पनि स्वीकार ग¥यो। जस्तो कि, पहिलो विश्वयुद्ध समाप्तीको ४ बर्षपछि सन् १९२३ मा ब्रिटिस साम्राज्य र नेपालबीच भएको सन्धिमा एकले अर्को देशको स्वतन्त्रतालाई स्वीकार्ने उल्लेख छ।

लेखक सुवेदी पनि पहिलो विश्वयुद्धको उपलब्धि नेपाली सार्वभौमिकतालाई ब्रिटिस साम्राज्यले स्वीकार्नुलाई ठान्दछन्।

अर्काे उपलब्धि पनि नेपाली पक्षले प्राप्त गर्‍यो। पाँडेले ६–७ वर्षको सैनिक जागिरबाट फर्किँदा नेपालीहरुले करिव १३ करोड रुपैया लिएर फर्किएको अनुमाने गरेका छन्। १ सय बर्षअघि नेपालीहरुले आर्जन गरेको रकम चानचुने थिएन।

‘दुई लाख गोर्खाली सिपाहीले छ वर्षसम्म जागीर, पेन्सन, मरुवा पेन्सन गरि सरदर पाँच सय भारतीय रुपैयाँ विदेशमा कमाएर नेपाल उतारेको भए पनि त्यो धन्नै १३ करोड नेपाली रुपैया हुन्थ्यो’ ३१ बर्षअघि प्रकासित त्यो पुस्तकमा पाँडेले लेखेका छन्, ‘यो ठूलो रकमलाई आजकलको दरभाउमा गणना गर्ने हो भने १३ अर्ब रुपैयाँ पुग्छ।’

‘नेपाल जस्तो त्यस बखत एकाघ करोड राजश्व उठ्ने सानो मुलुकको निमित्त त्यो निकै ठूलो रकम थियो, यति ठुलो रकम नेपालभित्र त्यतिञ्जेल कहिले आएको थिएन’ पाण्डेले भनेका छन्, ‘यस्तो विशेष परिस्थिति परेर मात्रै राष्ट्रले आफ्नो लम्बे इतिहासमा यदाकदा, यति ठुलो धनराशी विदेशबाट आर्जन गर्ने मौका पाउँछ।’

प्रकाशित २५ कार्तिक २०७५, आइतबार | 2018-11-11 18:22:34
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...