बोक्सीको आरोपः महिला दिवसका दिन कुटिएकी कैलालीकी राधा चौधरी फेरि लक्ष्मिपूजाकै दिन कुटिइन्




गत वर्ष फागुनमा ‘बोक्सी’ को आरोपमा कुटिएकी कैलालीको घोडाघोडी नगरपालिका–५, देउकलीकी राधा चौधरीमाथि फेरि कुटपिट भएको छ।

गत वर्ष फागुन २४ गते अन्तर्रा्ष्ट्रिय ‘नारी’ दिवसका दिन ‘बोक्सी’ भन्दै कुटिएकी राधा फेरि लक्ष्मीपूजाको दिन कुटिएकी हुन्।

२१ वर्षीया राधामाथि बुधबार साँझ कुटपिट गरेको आरोपमा स्थानीय २८ वर्षीय कालीचरण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।

सामान्य विवादमा राधालाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको उजुरीका आधारमा कालिचरणलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी हरिबहादुर ओलीले बताए।

‘कुटपिट गर्ने कालीचरणलाई मुकुली अपराध संहिंता २०७४ अन्तर्गत सजाय हुनेछ,’ ओलीले भने।

गत वर्ष फागुन २४ गते नारी दिवसका दिन स्थानीय भोलेबाबा भनेर चिनिने रामबहादुर चौधरीले बोक्सी भगाउने भन्दै राधालाई निर्घाट कुटपिट गरेका थिए।

रामबहादुरसहित उनका सहयोगी दुईजना महिला अहिले पनि कैलाली कारागारमा सजाय भोगिरहेका छन्। सो घटनामा ६ जना पक्राउ परेका थिए।

प्रकाशित २३ कार्तिक २०७५, शुक्रबार | 2018-11-09 10:39:03
Max TV
Max TV
Zen Travels
Vianet

गोकुल जोशीबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जीवन शर्मा

    प्रचण्डलाई सुरक्षा कसले दिएको छ, सत्ताको कुरा त्यहीँनेर आउँछः जीवन शर्मा

    रमण घिमिरेः नारायणगोपालले कुन त्यस्तो गीत गाए जसले गर्दा उनलाई बुर्जुवा गीतका गायक भनियो? जीवन शर्माः चाँदनी शाहले लेखेको गीतले कसको सेवा गर्छ?

  • जितेन्द्र महर्जन

    हङकङका ‘सेल्फ मेड’ नेपाली व्यवसायी ज्याकको अप्रत्यासित अन्त्य

    आफ्नै चौघेरामा रमेको हङकङको नेपाली समुदायमा धेरैका लागि ज्याक महर्जन अपरिचित नै थिए। अनेक स्वार्थ, विवाद, चलखेल, आत्मप्रचार र सम्मानको लेनदेन हुने...

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • खगराज बराल

    विद्यार्थीमाथि हुने ‘बुलिङ’: सबैले भोगे, खगराजले लेखे

    ‘सिकाउने शैली’ पढेर केही दिनअघि विराटनगरका एक शिक्षकले बराललाई फोन गरे। फोनमा उनले पुस्तक पढेर आँखाबाट आँसु नै आएको कुरामात्र सुनाएनन्, पुस्तकले...