अमेरिकामा बन्दूकधारी आक्रमणः १२ जनाको घटनास्थलमै मृत्यु


Kshamadevi Group


क्यालिफाेर्नियाकाे हाउजेन्ड अाेक्स सहरस्थित एउटा रेष्टुराँमा भएकाे अाक्रमणमा बन्दूकधारीसहित १२ जनाकाे मृत्यु भएकाे छ।

बोर्डरलाइन बार एन्ड ग्रिल नामक सो रेष्टुराँमा कलेज विद्यार्थीले पार्टी आयोजना गरिरहँदा घटना भएकाे हाे। सुरक्षा अधिकारीका अनुसार आक्रमणकारी रेष्टुराँभित्रै मृत भेटिएका छन्। रात्री पार्टीमा सहभागी ११ जनाको मृत्यु भएको सिएनएनले जनाएकाे छ।

मध्य रातमा पार्टी चलिरहँदा बन्दूकधारीले फायरिङ खोलेकाे थियाे। क्यालिफोर्नियाको हाउजेन्ड ओक्स सहरको बारमा घटना भएको हो। यो लस एन्जलसबाट ६५ किमी दूरीमा छ।

सुरुवाती जाँचमा प्रहरीले मृतकको संख्या बढ्न सक्ने बताएको छ। बुधबार राति करिब ११ः२० मिनेटमा फायरिङ सुरु भएको थियो। त्यतिबेला सो रेष्टुराँमा करिब २ सय जना मान्छे थिए।

केही रिपोर्टअनुसार हमला अगाडि स्मोक ग्रिनेडको प्रयोग भएको थियो पछि अन्धाधुन्द गोली वर्षाइयो। एक्कासि विपत आइलागेपछि रेष्टुराँमा रहेका मानिसहरु कोही झ्यालको सिसा फुटाएर भागेका थिए। कोही ट्वालेटमा गएर लुकेका थिए।

प्रकाशित २२ कार्तिक २०७५, बिहिबार | 2018-11-08 17:08:30
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...

  • बिना मोक्तान

    टेम्पो चालक बिनाको कलाकार बन्ने सपना अधुरै

    जोरपाटी–चाबहिल–पुरानो बानेश्वर–शंखमुल रुटमा सार्वजनिक यातायात चढ्नेहरुले उनलाई भेट्न सक्छन्।

  • कसरी सम्भव भयो एक वर्ष अगाडि नै भेरी बबई–डाइभर्सनको ‘ब्रेक थ्रु?’

    राष्ट्रिय गौरवको भेरी बबई–डाइभर्सन बहुउद्वेश्यीय आयोजनाको सुरुङमार्ग सम्पन्न गर्नु पर्ने समयभन्दा एक वर्ष अघि नै सम्पन्न भएको छ।

  • बीआरआईमा नेपालको मुख्य प्रश्न केरुङ–काठमाडौं रेलमार्गमा लगानी हो

    चीनको बीआरआईमा नेपालः ऋणपासो कि साझा जित?

    चिनियाँ कम्युनिष्ट पार्टीको विधानमा समेटिएपछि बीआरआईले ‘अमरत्व’ प्राप्त गरिसक्यो। बीआरआईका प्रवर्तक सी चिनफिङको राष्ट्रपतिय कार्यकालको सीमितता...