केशर शमशेरले जूवामा एक लाख जिते र, बनाए यो ‘गार्डेन अफ ड्रिम्स’


Kshamadevi Group


भनिन्छ नि १२ वर्षपछि बगेको खोला पनि फर्कन्छ। बगैँचाको सवालमा पनि त्यस्तै भयो। अष्ट्रियन सरकारले १० लाख डलर सहयोग गरेपछि २०६४ मा यसले पहिलेकै रुप पायो र, गार्डेन अफ ड्रिम्स अर्थात स्वप्न बगैँचा बन्यो।

चारैतिर मानिसको भीडभाड छ। कोही हातमा मोबाइल, क्यामेरा लिएर सुन्दर दृश्यहरु कैद गर्न व्यस्त छन् त कोही मनोरम दृश्यावलोकन गरिरहेका। लाग्छ, शान्त वातावरणले सबैको मनमा उमंग छरेको छ। सबैको मुहारमा खुसी फुलिरहेको छ, जसरी त्यहाँ अनेकथरी बैरंगी फूल फुलेका छन्।

काठमाडौं धूलो, धुवाँ र प्रदुषणको शहर भनेर चिनिन्छ। चारैतिर ठूला घर र कोलाहाल छ। तर, यहाँको भित्री कथा अलि फरक छ। यही काठमाडौंमा विश्व सम्पदा सूचीमा परेका थुप्रै पर्यटकीय स्थलहरुमात्र होइन, प्राक–ऐतिहासिक उद्गमस्थलहरु पनि छन्। जुन स्थलबारे मानिसलाई थाहा त छ तर, त्यसको ऐतिहासिक पक्ष अवगत छैन। त्यस्तै एउटा ठाउँ हो, काठमाडौंको ठमेलमा अवस्थित ‘गार्डेन अफ ड्रिम्स’।

सन् २०१३ मा टाइम पत्रिकाले विश्वका घुम्नैपर्ने १० स्थानमध्ये काठमाडौंको गार्डेन अफ ड्रिम्सको नाम पनि समावेश गर्यो। त्यसले नेपालमा मात्र नभएर विश्वका धेरै देशमा राम्रै चर्चा बटुल्यो। सबैले गार्डेन अफ ड्रिम्सको कलात्मक शैली तथा सौन्दर्यताको प्रशंसा गरे। नेपाली मिडियामा यसबारे समाचार आएपछि त्यहाँ पुग्ने आन्तरिक पर्यटक बढे। अहिले दैनिक सयौँ मानिस गार्डेन अफ ड्रिम्समा पुगेर आनन्द लिन्छन्, तस्बिर खिच्छन्, रमाउँछन्। 

केशर महलको कथा
गार्डेन अफ ड्रिम्सको नाम आउनासाथ त्यससँग केशर महल जोडिन्छ। हाल केशर महल रहेको क्षेत्र कुनैबेला तत्कालिन राणा हस्तीहरु धीर शमशेर, उनका भाइ वीर शमशेर र जित शमशेरको थियो। पछि जित शमशेरले सो क्षेत्र नेपालका पाचौँ राणा प्रधानमन्त्री चन्द्र शमशेरलाई बेचे। उनले त्यहाँ अवस्थित पुरानो संरचना हटाएर सन् १८९५ मा नयाँ संरचना निर्माण गरे। सन् १८९२ मा चन्द्र शमशेरले सो संरचना आफ्ना छोरा केशर शमशेरलाई दिए। त्यसपछि त्यस भवनको नाम केशर महल रहन गयो।

उनले पछि त्यहाँ पुस्ताकालय र बगैँचा निर्माण गरे। केशर शमशेर पुस्तकका निकै सौखिन थिए। त्यहाँ स्थापना गरिएको पुस्तकालयमा करिब ५० हजारभन्दा बढी पुस्तक, पत्रपत्रिका, पाण्डुलिपी र कागजातहरु रहेको विश्वास छ। त्यहाँ रहेका धेरै पुस्तक उनले बेलायत भ्रमणमा जाँदा ल्याएका थिए। ‘कमाण्डर इन चीफ’ समेत भएका उनको बेलायतसँगको साइनो निकै बलियो थियो। पटक–पटक भ्रमणमा गइरहन्थे। उतिबेलाको केशर बगैँचा अर्थात, हालको गार्डेन अफ ड्रिम्स पनि उनको बेलायत भ्रमणका कारण नै बन्न पुगेको मानिन्छ। यसको प्रशंग पनि निकै रोचक छ।

जूवामा जितेको पैसाले बगैँचा
केशर शमशेर एकपटक बेलायत भ्रमणमा गएका थिए। उनले त्यहाँ बेलायती राजा एडवार्ड सातौँको बगैँचा (एडवार्डियन गार्डेन) देखे। जसबाट उनी निकै प्रभावित भए। उनलाई नेपालमा पनि त्यस्तै बगैँचा बनाउन मन लाग्यो, अझ आफ्नै केशर महलमा। सो कुरा उनले आफ्ना बाबु चन्द्र शमशेरलाई सुनाए।

‘शेखर शमशेर बेलायत भ्रमणमा गइरहनु हुन्थ्यो, सोही क्रममा त्यहाँका राजाले बनाएको गार्डेन देखेर केशर महलमा पनि त्यस्तै गार्डेन बनाउने ईच्छा उहाँले आफ्नो बाबुलाई सुनाउनुभयो र बन्यो पनि’, गार्डेन अफ ड्रिम्स विकास समितिका बोर्ड सदस्य फिन्जो शेर्पाले नेपालखबरसँग भने।

तर, शेर्पाले भनेजस्तै सजिलोगरी भने बनेको होइन केशर बगैँचा। केशरले बगैँचा बनाउन चन्द्र शमशेरलाई अनुरोध गरे तापनि चन्द्रले उनको अनुरोध स्वीकारेनन्। त्यसपछि केही समय यो कुरा त्यत्तिकै सेलायो।

राणाहरु जूवा खेल्नमा निकै रुची राख्थे। विशेष चाडपर्वमा त अझ परिवारका मुख्य सदस्य भेला भएर कौडा खेल्थे। चन्द्र शमशेरसँग जूवा खेल्दा केशर शमशेरले एक लाख रुपैयाँ जिते। र, त्यस पैसाले केशर महलमा एडवार्डियन गार्डेनजस्तै बगैँचा बनाउन लगाए।

‘खास बगैँचा बन्नुको रहस्य त यस्तो रहेछ नि?’ बोर्ड सदस्य शेर्पाले प्रश्नपछि मुख खोले, ‘हामीले पनि त्यही सुनेका हौँ, आँखाले देखेको चाहिँ होइन। धेरै इतिहासका जानकारहरुले यसै भन्ने गर्नुहुन्छ। त्यसलाई आधार मानेर हामीले पनि अहिलेसम्म मानेकै छौँ।’

संस्कृतविद् सत्यमोहन जोशी उतिबेला राणाहरु यमपञ्चमीमा विशेष महत्वका साथ जूवा खेल्ने गरेको स्वीकार्छन्। नेपालखबरसँग जोशीले भने, ‘राणाहरु तिहारमा खुबै जूवा खेल्थे, जूवामा जितेको पैसाले खुसीयाली मनाउन केशर शमशेरले बगैँचा बनाएका हुन सक्छन्।’

बगैँचाभित्रै कौडा
बगैँचा जूवा खेलेर जितेको पैसाले बनाएको प्रमाण बगैँचाभित्र पनि छ। त्यहाँ धनकी देवी लक्ष्मीको मूर्ति छ। त्यसकै आडमा कौडाको तस्बिर छ। त्यसको संकेत के हो त ? बगैँचाको रेखदेखमा झन्डै १८ वर्ष बिताएका तारा दाहाललाई यसको राज थाहा छ। भन्छन्, ‘केशर शमशेरले आफ्ना बाबुसँग जूवामा एक लाख रुपैयाँ जितेर यो बगैँचा बनाउनु भएको हो। जूवामा पैसा जितेकाले उहाँले यसको श्रेय धनकी लक्ष्मीलाई दिनुभयो र लक्ष्मीको मूर्तिसँगै कौडाको बिम्व पनि बनाउन लगाउनु भयो।’

उनको कुरामा साँच्चीकै दम छ। हरेक ऐतिहासिक स्थलमा कुनै न कुनै प्रतिकात्मक चिन्ह लुकेका छन्। जुन कुरा गार्डेन अफ ड्रिम्समा पनि छ। तर, धेरैले यसको अन्दाज लगाएका छैनन्। 

यसरी बन्यो केशर बगैँचा गार्डेन अफ ड्रिम्स
सन् १९२० को दशकमा बनेको केशर बगैँचा केशर शमशेरले आफ्नो मृत्यु (सन् १९६४) अघि तत्कालिन श्री ५ को सरकारलाई हस्तान्तरण गरे। केशर शमशेरको मृत्युपछि बगैँचा अस्तव्यस्त बनिसकेको थियो। लामो समय बगैँचाको स्वरुप खन्डहरजस्तै रह्यो। भनिन्छ नि १२ वर्षपछि बगेको खोला पनि फर्कन्छ। बगैँचाको सवालमा पनि त्यस्तै भयो। अष्ट्रियन सरकारले १० लाख डलर सहयोग गरेपछि नेपाल भ्रमण वर्ष २०६४ मा आएर यसले पहिलेकै रुप पायो र, गार्डेन अफ ड्रिम्स अर्थात स्वप्न बगैँचा बन्यो। त्यसपछि यो सर्वसाधारणका लागि खुला गरियो। २०७२ सालको भूकम्पले क्षति पुर्याएपछि बन्द भएको पुस्तकालय चाहिँ अझै खुलेको छैन।

‘२०७२ को भूकम्पका कारण केही ऐतिहासिक कुराहरु भत्किएका छन्’ बोर्ड सदस्य शेर्पा भन्छन्, ‘तर, धेरै त हामीले पुर्ननिर्माण गरिसकेका छौँ।’

हाल दैनिक पाँच सयको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटकहरु गार्डेन अफ ड्रिम्स पुग्छन्। काठमाडौंको केन्द्रमा रहेको यो स्वप्न बगैँचा युवाहरूबीच ‘डेटिङ स्पट’ पनि बनेको छ। तारा दाहालको यहाँनिर केही गुनासो छ। भन्छन्, ‘आगन्तुकहरुले नियो–क्लासिकल गार्डेनलाई केवल मनोरञ्जनस्थलको रुपमा मात्र बुझेका छन्। यसको ऐतिहासिक पक्षबारे पनि ज्ञान हुनु आवश्यक छ।’

पर्यटकीय केन्द्र ठमेलको प्रवेशद्वारमै १२ रोपनी क्षेत्रफलमा फैलिएको बगैँचा निकै मनमोहक छ। यो प्राकृतिक सौन्दर्यको एउटा अनुपम संग्रह पनि बनेको छ। त्यहाँभित्र रहेका चरा बस्ने घरहरु, कमल पोखरी, कृत्रिम झरना, बसन्त, गृष्म र शरद ऋतुको झझल्को दिनेगरी बनाइएका सदनहरु, विभिन्न प्रकृतिका वनस्पती फूलहरुले धेरैको मन पुलकित बनाउँछ। 

अझ यहाँ रहेको आर्ट ग्यालरीमा शेखर शमशेरको पालाका तस्बिरहरु हेर्न पाइन्छ। र, गार्डेन घुमिसकेपछि भन्न मन लाग्छ– वाह, क्या सुन्दर!

प्रकाशित २२ कार्तिक २०७५, बिहिबार | 2018-11-08 10:38:16
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • अपहरण धन्दाका खुँखारहरुः भीमसेन पण्डित, उदय सेट्टी, अमर टण्डन र रोहित पालिवाल

    खुँखार अपहरणकारी पण्डितले सेट्टी भेट्न किन पठाए जेलमा दूत?

    अपहरण र फिरौतीलाई व्यवस्थित र व्यवसायिक बनाएका भिमसेन पण्डित, अमर टण्डन र उदय सेट्टीले एक अर्काबीच सम्पर्क बढाइरहेको गोप्य सूचना प्रहरीले पाएको छ।

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...