मूलपानी रंगशालामा १२ वर्षीया बालिकाको सामूहिक बलात्कार


Kshamadevi Group


बलात्कार सांकेतिक इमेज
बलात्कार सांकेतिक इमेज

काठमाडौंको कागेश्वरी नगरपालिका मूलपानीस्थित निर्माणाधीन क्रिकेट रंगशालामा एक १२ वर्षीय बालिकाको सामूहिक बलात्कार भएको छ।

लक्ष्मीपूजाकाे दिन बुधबार याे घटना भएकाे हाे। प्रहरीका अनुसार तीनजना युवकले गोकर्णेश्वर नगरपालिका घर भएकी ती बालिकालाई निर्माणाधीन रंगशालाकाे एउटा कोठामा बलत्कार गरेका हुन्।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले बालिकाको उद्धार गरी स्वास्थ्य जाँचका लागि प्रसुति गृह थापाथलीमा पठाएको छ। घटनामा संलग्न ३ जना पक्राउ परेका छन्।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा धादिङ चैनपुरका २१ वर्षीय रविन इटनी, बर्दिया बगनाह घरभई मूलपानी बस्ने ३० वर्षीय डिल्लीराम थारु र २८ वषीय विक्कु थारुलाई नियन्त्रणमा लिएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीकाअनुसार घटनामा संलग्न तीनै जना निर्माणधीन रंगशालामा कामगर्ने मजदुर हुन्। बालिकासँग परिचित रहेका उनीहरुले बुधबार दिउसो फकाएर कोठामा लगेपछि जबर्जस्ती करणी गरेका थिए।

‘बालिकाको सामुहिक बलात्कार भएको छ। आरोपी नियन्त्रणमा छन्। बालिकाको उपचार भइरहेको छ,’ डिएसपी बोगटीले नेपालखबरसँग भने।

प्रकाशित २१ कार्तिक २०७५, बुधबार | 2018-11-07 17:27:57
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • अपहरण धन्दाका खुँखारहरुः भीमसेन पण्डित, उदय सेट्टी, अमर टण्डन र रोहित पालिवाल

    खुँखार अपहरणकारी पण्डितले सेट्टी भेट्न किन पठाए जेलमा दूत?

    अपहरण र फिरौतीलाई व्यवस्थित र व्यवसायिक बनाएका भिमसेन पण्डित, अमर टण्डन र उदय सेट्टीले एक अर्काबीच सम्पर्क बढाइरहेको गोप्य सूचना प्रहरीले पाएको छ।

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...