चोलेन्द्र श्रीमानको अादेश: चार्ल्स शोभराजलाई किन थुनेको?


Infocus



चार्ल्स शाेभराज
चार्ल्स शाेभराज

दुई वर्षअघि पूनरावेदन अदालत पाटनले भक्तपुर जिल्ला अदालतकै फैसला सदर गर्दै ‘बिकनी किलर’ नामले कुख्यात शोभराजलाई सर्वस्वसहित जन्मकैद फैसला सुनाएको थियो।

सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजलाई थुनामा राख्नुको कारण देखाउन गृह मन्त्रालय र मातहतको कारागार विभागका नाउँमा अादेश जारी गरेकाे छ।

सर्वोच्चका न्यायाधीश चोलेन्द्रसम्शेर जबराको एकल इजलासले मंगलबार गृहमन्त्रालय र मातहतका निकायबिरुद्ध कारण देखाउ आदेश दिएको हो।

विदेशी नागरिक हत्या आरोपमा केन्द्रीय कारागारको गोलघरमा रहेका फ्रान्सेली चाल्र्स गुरुमुख शोभराजका तर्फबाट अधिवक्त सकुन्तला थापाले कार्तिक १९ मा दर्ता गराएको रिट निवेदनको सुनवाईमा अदालतले यस्तो आदेश गरेको हो। अधिवक्त थापाले शोभराजको स्वास्थ्य अवस्थासहित ज्येष्ठ नागरिक ऐन २०६३ र कारागार नियमावलीअनुसार रिहा गर्न परमादेशको आदेश माग गर्दै रिट निवेदन दर्ता गराएकी थिइन्।

मंगलबार न्यायाधीश चोलेन्द्र शम्सेर जबराको एकल इजलासले प्रतिवादी चाल्र्सलाई थुन्नुको कारण माग गरेको हो। रिटमा केन्द्रीय कारागार जगन्नाथदेवल समेतलाई प्रतिवादी बनाइएको थियो। ज्येष्ठ नागरिक ऐन २०६३ को १२ अनुसार ७० वर्ष पुरा भई ७५ ननाघेको कैदीलाई ५० प्रतिशत कैद छुटको व्यवस्था गरेको छ। यो सुविधा नेपाली नागरिकका हकमा मात्र लागू हुन्छ। शोभराज २०८० असोजसम्मका लागि कैद भुक्तान गरिरहेका छन्।

दुई वर्षअघि पूनरावेदन अदालत पाटनले भक्तपुर जिल्ला अदालतकै फैसला सदर गर्दै ‘बिकनी किलर’ नामले कुख्यात शोभराजलाई सर्वस्वसहित जन्मकैद फैसला सुनाएको थियो।

पुनरावेदन अदालतका न्यायाधीश बालकृष्ण उप्रेती र नारायणप्रसाद शाहको संयुक्त इजलासले भक्तपुरकै फैसला सदर गरेको थियो। भक्तपुरमा २०३२ सालमा हत्या गरिएका क्यानेडियन नागरिक लरेन्ट अर्मान्ड क्यारियरको हत्या अभियोगमा भक्तपुर जिल्ला अदालतले २०७२ असोज १ गते सर्वस्व सहित जन्मकैदको फैसला सुनाएको थियो। भक्तपुर जिल्ला अदालतका न्यायाधीश नागेन्द्रलाल कर्णको इजलासले शोभराजलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो।

शोभराजले हदम्याद सकिएको मुद्दामा भक्तपुर अदालतले गरेको फैसलाले अन्याय भएको भन्दै बदर गरिपाउ भनि पुनरावेदनमा २०७३ बैशाख २४ गते मुद्दा दर्ता गरेका थिए।

लरेन्ट हत्या अनुसन्धान प्रतिवेदन
२०३२ पुस ६ गते अरनिको राजमार्गको दक्षिणी भेगमा अनुहार डढाएको शव फेला परेको थियो। भक्तपुर पलाँसेको ढलमा फालिएको शव स्थानीय भरत राना मगरले देखेपछि प्रहरीलाई खबर गरेका थिए। सबै लुगा फुकालिएको र अनुहार चिन्नै नसक्ने शव तत्कालीन अवस्थाका कसको हो खुल्न नसकेपछि भक्तपुरको घटना काठमाडौंसँग जोडिएको थियो।

त्यसको दुई दिनपछि २०३२ पुस ८ गते बिहान ७ बजे गस्तीमा निस्किएका प्रहरीले मनहरा खोला किनारमा पेट्रोल हाली आगो लगाएको र मुटुमा छुरा रोपेर हत्या गरी फालिएको अवस्थामा एक युवतीको शव फेला परेको थियो। टाउकोदेखि पैतालासम्म डढेको, पूरै शरीरको भाग नांगो र मुटुको भागमा चारवटा छुरी रोपको अवस्थामा फेला परेको शव तत्काल पहिचान हुन सकेको थिएन।

त्यही बेला झोँछेको ओरियन्टल लजमा बस्ने दुई विदेशी धुलिखेल घुम्न गएको र नफर्किएको जानकारी आयो। प्रहरीले लजमा बस्ने अस्ट्रेलियन नागरिक क्रिस्टी एम म्याकमिलनलाई मनहरामा शवसँगै फेला परेको झुम्का देखाउँदा उक्त शव अमेरिकी नागरिक कोन्नी ब्रोनिचको भएको खुलेको थियो।

कोन्नी धुलिखेल घुम्न गएको सूचनाका आधारमा अनुसन्धानमा खटिएका प्रहरीले भक्तपुरमा विदेशी पुरुषको शव फेला परेको सूचना पाए। पहिचानको प्रयास गर्दा उक्त शव कोन्नीका प्रेमी लरेन्टको भएको खुलेको थियो। अनुसन्धान क्रममा कोन्नी र लरेन्ट २०३२ मंसिर २८ बाट झोँछेको ओरियन्टल लजको कोठा नम्बर ९ मा सँगै बस्दै आएको खुलेको थियो।

अनुसन्धानमा यी दुवैको सम्पर्क होटल ओबराय (हालको सोल्टी) मा बस्ने भियतनामीसँग रहेको सूचना फेला पर्यो। यही आधारमा होटलमा पुगेको प्रहरीले भियतनामी नभई भारतीय–चिनियाँ अनुहारसँग मिल्दोजुल्दो जोडी हेनरिकस विन्ताजा र कुकी हेमकरलाई फेला पारेका थिए।

नेपालकै हत्या प्रकृतिसँग मिल्ने गरी सोही समय बैंककमा विदेशी मारिएको सूचना आयो। नशालु पदार्थ खुवाई जीउमा ग्यासोलिन हाली आगो लगाएर हत्यारा भागेका थिए। यो हत्या प्रकृति कोन्नी हत्यासँग मेल खायो।

बैंककको हत्यामा एलेन गोटियरको नाम आयो। प्रहरीको अनुसन्धानमा गोटियर र सोल्टीमा बसेको हेनरिकस विन्ताजा एकैझैं देखिएपछि होटलमै दुवैलाई निगरानीमा राखियो। अनुमति लिएर मात्र होटलबाट बाहिर निस्कन निर्देशन दिइयो। त्यसपछि उनीहरू एकाएक होटलमै सामान छाडेर बेपत्ता भए ।पछि कुकीको असली परिचय मोनिक लेक्लर्क रहेको र हेनरिकस चाल्र्स शोभराज रहेको खुलेको थियो।

२०६० असोज २ गते रोयल क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा चाल्र्स पक्राउ परेपछि काठमाडौंमा रहेको हत्या र फर्जी राहदानीको मुद्दा ब्युँतियो। २०६० मा दोस्रोपटक नेपाल आउने क्रममा पक्राउ परेका शोभराजविरुद्ध कोन्नीको हत्या र फर्जी राहदानीको अभियोग पुष्टि गर्दै जिल्ला अदालत काठमाडौंले सर्वस्वसहित जन्मकैदको सजाय सुनायो। लरेन्टको मुद्दा भने मुलतवीमै रहेको थियो।

कोन्नी र लरेन्टको हत्याको प्रकृति एकै भएकाले कोन्नीको हत्या अनुसन्धानमा फेला परेका प्रमाण नै लरेन्ट हत्यामा प्रमाणका रूपमा प्रस्तुत गरिएको छ। सुरुमा चाल्र्सले कोन्नी र लरेन्टलाई आफूले नचिन्ने दाबी गरेका थिए। पछि प्रहरीसँगको बयान क्रममा उनले कोन्नी र लरेन्ट एकै गेस्ट हाउसमा बस्ने गरेको जानकारी दिएका थिए।

काठमाडौंमा भएको अमेरिकी नागरिक कोन्नी ब्रोनिच हत्या अभियोग पुष्टिसँगै शोभराज ११ वर्षदेखि केन्द्रीय कारागारमा छन्। पछिल्लो करिब तीनवर्ष देखि उनलाई गोलघरमा राखिएको छ।

शोभराजलाई ब्रोनिचको हत्यामा सर्वस्वसहित जन्मकैदको फैसला भएको छ। अदालतको फैसलाअनुसार २०७१ मा शोभराजको कैद भुक्तान पूरा भए पनि त्यही समय लरेन्टको मुद्दाको कारवाही प्रक्रिया अगाडी बढेको हो। पुनरावेदनले भक्तपुर अदालतकै फैसला सदर गरेसँगै शोभराज थप ९ वर्ष नेपालकै कारागारमा रहने छन्। 

प्रकाशित २१ कार्तिक २०७५, बुधबार | 2018-11-07 14:17:16
Max TV
Max TV
Zen Travels
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • भेगन

    के माछामासु नखाने मानिस बढी बाँच्छन्?

    विश्वमा माछामासु दूध दही नखानेहरुको जनसंख्या बढ्दो छ। पश्चिमा मुलुकहरुमा भेगन हुने लहर नै चलेको छ।

  • सुदर्शन रन्जित

    पोखरा चिनाउने फोटोग्राफर

    पोखरा रामबजारमा रहेको उनको घरको बैठक कोठामा प्रवेश गर्ने जोकसैलाई भित्तामा झुण्डाईएको ठूलो फ्रेमिङले तान्छ।

  • मेसोपोटामियामा युद्धरत गोर्खाली सैनिक, सन् १९१७

    पहिलो विश्वयुद्धका १०० वर्ष: नेपालले के पायो, के गुमायो?

    बेलायती सेनामा गोर्खालीहरुलाई भर्ति गर्न पठाएवापत राणा शासकहरुले वार्षिक दस लाख रुपैयाँ सलामीस्वरुप प्राप्त गर्दथे।

  • केपी शर्मा ओली

    २५ अर्ब माथिका सबै योजना अब प्रधानमन्त्री कार्यालय मातहत

    दुई तिहाई बहुमत लिएर प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयलाई झन् झन् शक्तिशाली बनाउँदै लगेका छन्।