भाइटीकामा रानीपोखरी खुला हुने



रानीपाेखरी
रानीपाेखरी

भाइटीकाको दिन रानीपोखरी खुला हुने भएको छ। काठमाडौं महानगरपालिका र पुरातत्व विभाग विवादका कारण पुर्ननिर्माण रोकिएको रानीपोखरी लामो समयदेखि अस्तव्यस्त छ।

मन्दिरको मूर्ति बाहिरै राखेर पुजा गर्ने तथा टीका लगाउने व्यवस्था मिलाउने पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए।

रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरसमेत निर्माण हुन सकेको छैन। वर्षको एक दिन भाइटीकामा मात्र खुल्ने बालगोपालेश्वर मन्दिर परिसरमा दाजुभाइ र दिदीबहिनी नभएकाहरु टीका लगाउन आउने गर्छन्। मन्दिरको पुर्ननिर्माण नभएकाले रानीपोखरीमा भाइटीका हुने हो होइन भन्ने अन्यौल थियो।

‘हामीले दिदीबहिनी र दाजुभाइ नभएकाहरुको समस्यालाई ध्यानमा राख्दै गत वर्षजस्तै भाइटीकाको दिन संग्राहलयबाट मूर्ति मन्दिर बाहिर राख्ने सहमति महानगरसँग गरेका छौँ’, प्रवक्ता कुँवरले नेपालखबरसँग भने। भाइटीकाको दिन र दिनभर मूर्ति रानीपोखरीमा राख्ने र शनिबार पुनः संग्राहलयमा पुर्याइने उनले बताए।

किन रोकियो रोनीपोखरीको निर्माण ?
काठमाडौं महानगरपालिकाले मन्दिर ग्रन्थकुट शैलीमा नभएर गुम्बज शैलीमा बनाएको र निर्माणका क्रममा सिमेन्ट प्रयोग गरेको भन्दै विवाद आएको थियो। त्यसपछि रोकिएको निर्माण कार्य लामो समय बितिसक्दासम्म सुरु हुन सकेको छैन । स्रोतका अनुसार महानगरले रानीपोखरीको पुर्ननिर्माण व्यापारिक दृष्टिकोणअनुसार आधुनिक शैलीमा गर्न खोजेको छ। विभाग प्राचीन शैली र ऐतिहासिक महत्वलाई कायम राख्नुपर्ने अडानमा छ।

यसै विषयमा गत चैतमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, काठमाडौं महानगरपालिका र पुरातत्व विभागबीच रानीपोखरी पुर्ननिर्माणका सम्बन्धमा सहमति जुटेको थियो। सहमतिअनुसार महानगरले बालगोपालेश्वर मन्दिरमा प्रयोग गरेको आधुनिक निर्माण सामग्री (कंक्रिट) हटाएर पुरानै शैलीमा पुर्ननिर्माण गर्नुपर्ने थियो। तर, सहमति जुट्दासमेत मन्दिरको पुर्ननिर्माण सुरु हुन सकेको छैन।

काठमाडौं महानगर भौतिक पूर्वाधार तथा पुर्ननिर्माण विभागका प्रमुख राम थापा भने छिट्टै रानीपोखरीको पुर्ननिर्माण हुने बताउँछन् ।

प्रकाशित २० कार्तिक २०७५, मंगलबार | 2018-11-06 16:19:14
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

कृष्ण आचार्य नेपालखबर वरिष्ठ संवाददाता हुन्

@novelkrishna

कृष्ण आचार्यबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।