नोबेल पुरस्कारमा 'उपनिवेश' अन्त्यका सर्तहरु


Infocus



यस वर्षको भौतिकशास्त्र र रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई महिलाले पाउँदा विज्ञान समाजका धेरैले खुशीयाली मनाए।

डोना स्ट्रिकल्यान्ड र फ्रान्सेस अर्नोल्ड नोबेल समितिले सम्मानीत गरेका २० र २१ औं नम्बरका महिला वैज्ञानिक हुन्। एक सय वर्षभन्दा लामो इतिहास भएको नोबेल पुरस्कार अहिलेसम्म अश्वेत वैज्ञानिक पाउन सकेको छैनन्। प्रत्येक वर्षजस्तै यो वर्ष अक्टोबर महिनापछि अश्वेत वैज्ञानिकका लागि दुःखद नै रह्यो।

हालसम्म ९ सयभन्दा नोबेल पुरस्कार प्राप्त गरेका छन्। तिनमा अश्वेतको संख्या १४ मात्रै छ। यो संख्या नोबेल विजेताहरुको कुल संख्याको साढे एक प्रतिशत मात्रै हो। जसले अश्वेतहरुका लागि एउटा पीडादायी विषयको रुपमा रहेको छ।

अहिलेसम्म नोबेल पुरस्कार अश्वेतहरु शान्ति पुरस्कार, सहित्य र अर्थशास्त्रतर्फ मात्रै प्राप्त गरेका छन्। शान्तितर्फ दस र साहित्यतर्फ तीन रहेको छ। जब कि विज्ञानको सबै नजिकको भन्दा सामाजिक विज्ञानको क्षेत्रमा एक जनाले प्राप्त गरेका छन्। सन् १९७३ अर्थशास्त्रतर्फको पुरस्कार अर्थर लेबिसले प्राप्त गरेका थिए।

त्यसो त यो पुरस्कार प्राप्त गर्ने एशियालीहरुको संख्या पनि कम छ। अश्वेत र एशियालीका अवस्था भने ठिक विपरित छ। ७० जना एशियालीले नोबेल पुरस्कार पाउँदा अधिकांशले विज्ञानको क्षेत्रबाट प्राप्त गरेका हुन्।

सन् २००० यता नोबेल पुरस्कार प्राप्त गर्ने एशियालीका संख्या उल्लेख रुपमा बढेको छ। यस्तो हुनुपछिको कारण जापानी, कोरियाली, चिनियाँ विश्वविद्यालयको बढ्दो प्रभाव, शक्ति र एशियाली अमेरिकी प्राज्ञिक सफलता नै हो।

प्रतिष्ठित विश्वविद्यालय र धेरै लागनीका विज्ञान परियोजनाहरु नेतृत्व गर्नेलाई नोबेल पुरस्कार प्राप्त गर्न सहज हुन्छ। अश्वेत वैज्ञानिकले किन नोबेल पुरस्कार जित्दैनन् त्यसका पनि खास कारण छन्। उनीहरुको संख्या थोरै छ। विज्ञान विषय रोज्ने मेधावी अश्वेतका संख्याको पर्याप्त छैन। त्यसका साथै अश्वेत अफ्रिकीका लागि अवसर पनि सीमित छ। पश्चिमा देशका आश्वेत पनि विज्ञान विषय कमै पढ्छन्। उनीहरुले उच्च शिक्षा प्राप्त गर्ने सम्भावना पनि कम रहन्छ। त्यसले विज्ञानमा उपलब्धि प्राप्त गर्ने संभावना घटाउँछ।

नोबेल पुरस्कार प्राप्त गर्ने संभावना हुनका लागि कुनै विषयमा मुख्य खोजकर्ता वा प्रमुख शैक्षिक संस्थाको प्राध्यापक हुन आवश्यक छ। कुनै अश्वेत विज्ञानमा ग्य्राजुएट भए भने पनि जीवनमा धेरै समस्याको समाना गर्नुपर्ने हुन्छ। धेरै अश्वेत प्राज्ञले पदोन्नती र स्रोतमा पहुँच प्राप्त गर्न नसक्ने समाना गर्नुपर्छ। त्यही कारणले प्राज्ञिक क्षेत्रको उचाइमा आफूलाई पु¥याउन समस्या हुन्छ। उदाहरणका लागि अमेरिकाका अश्वेत वैज्ञानिकले स्वास्थ्य अनुसन्धान कोषमा सहयोग प्राप्त गर्ने संभावना कम रहेको अनुसन्धानहरुले देखाएको छ। 

प्राध्यापक बन्न आफूले काम गर्ने संस्था मात्रै होइन बाहिरका अन्य प्राज्ञहरुबाट पनि उत्तिकै सहयोग आवश्यक पर्छ। प्राध्यापक हुन अन्य संस्थाका कम्तिमा चार जना प्राध्यापकले सम्बन्धित क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याती प्राप्त गरेको व्यक्ति हो भन्ने दाबी गर्ने निवेदनलाई अनुमोदन गर्नुपर्ने आवश्यक हुन्छ। जसका लागि आन्तरिक र बाह्य दुवै क्षेत्रमा बृहत नेटवर्क आवश्यक पर्छ। धेरै कारणहरुले गर्दा, प्राज्ञिक क्षेत्रमा काम गर्ने अश्वेतले त्यस प्रकारको सम्मान र नेटवर्क बनाउन सक्दैनन्। त्यस कारण उनीहरु प्राध्यापकमा पदोन्नती हुने सम्भावना कम हुन्छ।

अश्वेतहरु विज्ञान क्षेत्रको उच्चस्थानमा पुग्न सक्दैनन् भन्ने पूर्वधारणाले पनि उनीहरुलाई निरुत्साही गरिरहेछ।

विज्ञानका क्षेत्रमा अश्वेतलाई सफलता प्राप्तिका लागि कुनै न कुनै माध्यमबाट प्रभावित गरिरहेको हुन्छ । अनुसन्धानले के देखाएको छ भने महिलाका रोल मोडलले महिलालाई विज्ञानमा आफ्नो भविष्य खोज्नका लागि प्रेरित गरिरहेका हुन्छन्। अश्वेतका लागि पनि केही हदसम्म यो लागू हुन्छ। अश्वेत नोबेल पुरस्कार विजेताले पनि अश्वेतलाई प्राध्यापक बन्न र विज्ञानका विषयमा अध्ययन गर्नका लागि प्रेरित गर्नुपर्छ।

कलेजमा पहिलो कक्षामा सहभागी हुँदा प्राध्यापकले नोबेल विजेताको प्रेरणादायी कामको व्याख्या गर्दै शुरु गरेका थिए। ती सबैजसो श्वेत मात्रै थिए। ती व्यक्तिहरुलाई सुपर ह्युमानको श्रेणीमा पुगिसकेका हुन्छन्। उनीहरुले सोही क्षेत्रमा प्रवेश गर्न चाहने नव प्रवेशीहरुलाई प्रेरित गरिरहेका हुन्छन्। त्यसले मलाई वैज्ञानिक बन्नस्पष्टसँग आकर्षण गरेको थियो। 

तर त्यही समयमा एउटा अश्वेत विद्यार्थी यो स्तरको सफलतासम्म पुग्न निकै कठिन विषय थियो। किनभने त्यसमा कुनै पनि अश्वेत नोबेल बिजेताको रुपमा देखिँदैनथे। यद्धपि यो विषयको प्रभाव हुनेछ भन्ने जान्दा जान्दै पनि मलाई त्यसले वैज्ञानिक बन्नबाट निरुत्साही गर्न सकेन।

एउटा अश्वेत नोबेल विजेता हुन्थ्यो भने यी सबैमा त्यसले सजिलो बनाउने थियो। मलाई पनि उनीहरुले सम्भावित उच्च सफलता प्राप्त गर्नेका रुपमा हेर्दथे। अन्य कुरा त्यसैअनुसार व्यवहार गर्ने हुने थिए।

हामी किन एक्सन चाहन्छौ ?
नोबेल पुरस्कार कुनै अश्वेतले प्राप्त गरे यो अश्वेत विद्यार्थीको समानता र जीतका लागि मात्रै हुने होइन यसले बृहत समाजमा फाइदा पुग्ने थियो। उदाहरणका लागि, मधुमेह, मुटु रोग, क्यान्सर र अन्य धेरै रोगहरु अश्वेत वा अफ्रिकी परिवारहरुमा धेरै देखिएको छ। अध्ययन भने गेराहरुमा हुने गरेको छ। एक प्रकारका आग्रह छ। नेतृत्वदायी स्थानमा अश्वेत वैज्ञानिकहरु हुन्थे भने उनीहरुले ती अवस्थाबारे थप बुझाई र बढी ध्यान केन्द्रीत अनुसन्धान गर्दथे। त्यसले विज्ञानलाई उपनिवेशन हुनबाट रोक्ने थियो। र बृहत रुपमा समाजले फाइदा पुग्ने थियो।

त्यस्तो हो भने हामीले अश्वेत वैज्ञानिक पनि नोबेल पुरस्कार विजेता बन्ने संभावनालाई कसरी बढाउने? एशियाजस्तै अफ्रिका पनि आर्थिक र राजनीतिक शक्ति बन्नेसम्म प्रतिक्षा गर्न सक्दैन। ४९ जना महिलाले नोबेल पुरस्कार प्राप्त गर्दा २१ जनाले मात्रै विज्ञानमा प्राप्त गरेका छन्। त्यसमा पनि तीन जनाले मात्रै भौतिकशास्त्रमा प्राप्त गरेका छन्। यसमा पनि अश्वेतको जस्तै चुनौती छ। तर विज्ञान क्षेत्रमा महिलाको संख्या वृद्धिका लागि विभिन्न अभियानहरु सफलापूर्वक सञ्चालन गरिए। यसका सफलताका लागि राजनीतिक तहका निर्णयहरुले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

त्यसपछि मात्र हो प्रमुख संस्था तथा नेतृत्वमा महिला पुग्न सफल भएको। त्यसले नोबेल पुरस्कार प्राप्त गर्नेमा महिलाको संख्या बढाउन सक्ने देखाएको छ। यदि अश्वेत वैज्ञानिकले नोबेल जितोस भन्ने चाहनुहुन्छ भनेर यसै प्रकारका रणनीतिक उपायको खोजी गरिनुपर्छ।

द कन्भर्सेसन डट कमबाट अनुवाद

प्रकाशित २ कार्तिक २०७५, शुक्रबार | 2018-10-19 07:24:15
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • भेगन

    के माछामासु नखाने मानिस बढी बाँच्छन्?

    विश्वमा माछामासु दूध दही नखानेहरुको जनसंख्या बढ्दो छ। पश्चिमा मुलुकहरुमा भेगन हुने लहर नै चलेको छ।

  • सुदर्शन रन्जित

    पोखरा चिनाउने फोटोग्राफर

    पोखरा रामबजारमा रहेको उनको घरको बैठक कोठामा प्रवेश गर्ने जोकसैलाई भित्तामा झुण्डाईएको ठूलो फ्रेमिङले तान्छ।

  • मेसोपोटामियामा युद्धरत गोर्खाली सैनिक, सन् १९१७

    पहिलो विश्वयुद्धका १०० वर्ष: नेपालले के पायो, के गुमायो?

    बेलायती सेनामा गोर्खालीहरुलाई भर्ति गर्न पठाएवापत राणा शासकहरुले वार्षिक दस लाख रुपैयाँ सलामीस्वरुप प्राप्त गर्दथे।

  • केपी शर्मा ओली

    २५ अर्ब माथिका सबै योजना अब प्रधानमन्त्री कार्यालय मातहत

    दुई तिहाई बहुमत लिएर प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयलाई झन् झन् शक्तिशाली बनाउँदै लगेका छन्।