मीठो खाना र नयाँ लुगाको त्यो दशैँ


Kshamadevi Group


लिंगे पिङ
लिंगे पिङ

‘ढुंगा बिच्छ्याइएको यहाँको साँघुरो बाटोमा कुनै बेला खुट्टा टेक्ने ठाउँ हुँदैनथ्यो’, ५१ वर्षदेखि पोखराको मोहोरिया टोलमा फेन्सी पसल चलाउँदै आएका अम्बर तुलाचन पुराना दिन सम्झिन्छन्, ‘दशैँको बेलामा त यहाँ भारी खेप्ने र खच्चडको ताँती मात्र हुन्थ्यो।’

उनका अनुसार त्यतिबेला बेला अहिलेजस्तो जहिले चाह्यो त्यही बेला कपडा र सामान किन्ने चलन थिएन। ‘मान्छेहरु नयाँ लुगा किन्न र मीठो खानाका लागि दशैँलाई पर्खिन्थे’, उनी सम्झिन्छन्,‘मान्छेसँग धेरै पैसै हुँदैनथ्यो। त्यही भएर पो दशैँको महत्व बढी हुन्थ्यो।’

मोटो थानको कपडा धेरै बिक्री हुने समय थियो, त्यो। अम्बरलाई त्यतिबेल दशैँमा सामान बेच्ने फुर्सद हुँदैनथ्यो। कुन सामान कसरी बेच्ने भनेरै पूर्व तयारी गर्नुपथ्र्यो। नुन, तेल, मसला, चामल किन्नेहरु उत्तिकै हुन्थे।

समय फेरियो। पोखराले आफ्नो स्वरुप बदल्यो। अम्बर तुलाचन ७१ वर्ष लागे। उनले चलाउँदै आएको अम्बर फेन्सी अहिले ५१ वर्षको भयो। पोखराको व्यापार केन्द्र नयाँ ठाउँमा स¥यो। उनी भने पुरानो घरबाटै नाम बदलेर अम्बर इम्पोरियम सञ्चालन गरिरहेछन्।

‘पुराना ग्राहक आउँछन्, मलाई धेरै कमाउने लोभ छैन’, उनी आफूलाई इमान्दार भन्न रुचाउँछन्, ‘मान्छेहरु बूढाले ठग्दैन भन्छ्न्।’

अम्बर तुलाचन

अम्बर तुलाचन

उनको जन्म हिमाली जिल्ला थाकखोला, मुस्ताङमा भएको हो। २०१३ सालतिर अम्बर अध्ययनका लागि पोखरा झरे। एसएलसीदेखि बिएसम्म पढेर गाउँ फर्किए। २ वर्ष मास्टरी गरेपछि उनलाई व्यापर नगरी केही होलाजस्तो लागेन। पोखरा झरेर लुगा पसल सुरु गरे। उनी पसलमा टाइ बाँधेर बस्थे रे। त्यो पञ्चायतको बेला थियो। स्नातक कोटामा ४ जना राष्ट्रिय पञ्चायतमा जान पाउँथे। टाइ बाँधेको मान्छेलाई स्नातक नभन्ने कुरै थिएन। ‘मेरोमा प्रकाशचन्द्र लोहनीदेखि अरु नेता भोट माग्न आउँथे। मलाई राजनीतितिर रुचि भएन’, उनी सुनाउँछन्।

फूलपातिसम्म भ्याई नभ्याई काम गरेपछि फुर्सद मिल्थ्यो। थकालीहरु परम्परादेखि नै बौद्धमार्गी हुन्। त्यही भएर उनलाई दशैँभन्दा तोरन्ला पर्वले बढी तान्थ्यो। तर हिमाली भेगका बौद्धमार्गी मासु खान्छन्। ‘तर यहाँ आएर व्यापार गर्न थालेदेखि जुन दिन बढी व्यापार हुन्छ त्यही दिन चाडबाड जस्तो लाग्न थाल्यो। च्याङ्ग्रा काट्ने मासु खाने दशैँको रमाइलोसँग मन सहसियो’, उनी सुनाउँछन्, ‘दशैँ तिहारमा पुरानो बजारको रौनक पनि असाध्यै रमाइलो हुन्थ्यो। तिहारको बेला त जुवा पनि खुला हुन्थ्यो।’

राणाकालदेखि चल्दै आएको तिहारमा ५ दिन जुवा फुकाउने चलन पञ्चायतकालमा पनि हटेको थिएन। त्यो विषय सम्झँदा अम्बर अहिले पनि रोमाञ्चित हुन्छन्। ‘कौडा हान्नेहरु, च्याँखे दाउ लाउनेहरुले जुवाको खाललाई रौनकता थप्थे’, उनी भन्छन्। नवरात्रमा विन्ध्यवासिनी मन्दिर जानेहरुको भिड लाग्थ्यो। बिहानै मन्दिर जानेहरुको हल्लाले उनको निद्रा बिथोलिन्थ्यो। अब समय फेरियो। पोखराले स्वरुपै बदल्यो। ‘के भन्नु खै, अहिले पहिलाको जस्तो दशैँ हुँदैन। सधैँ मीठो मसिनो खान पाउने, सधैँ नयाँ लुगा लगाउने चलन आयो’, उनी भन्छन्, ‘व्यापार एउटा कुरा हो तर त्यस्तो दशैँ त्यो रनौक अहिले हुन छोडेको छ।’

प्रकाशित १ कार्तिक २०७५, बिहिबार | 2018-10-18 15:50:59
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...

  • बिना मोक्तान

    टेम्पो चालक बिनाको कलाकार बन्ने सपना अधुरै

    जोरपाटी–चाबहिल–पुरानो बानेश्वर–शंखमुल रुटमा सार्वजनिक यातायात चढ्नेहरुले उनलाई भेट्न सक्छन्।

  • कसरी सम्भव भयो एक वर्ष अगाडि नै भेरी बबई–डाइभर्सनको ‘ब्रेक थ्रु?’

    राष्ट्रिय गौरवको भेरी बबई–डाइभर्सन बहुउद्वेश्यीय आयोजनाको सुरुङमार्ग सम्पन्न गर्नु पर्ने समयभन्दा एक वर्ष अघि नै सम्पन्न भएको छ।

  • बीआरआईमा नेपालको मुख्य प्रश्न केरुङ–काठमाडौं रेलमार्गमा लगानी हो

    चीनको बीआरआईमा नेपालः ऋणपासो कि साझा जित?

    चिनियाँ कम्युनिष्ट पार्टीको विधानमा समेटिएपछि बीआरआईले ‘अमरत्व’ प्राप्त गरिसक्यो। बीआरआईका प्रवर्तक सी चिनफिङको राष्ट्रपतिय कार्यकालको सीमितता...